मोरङः अवैध रुपमा हुण्डीको कारोबार गरेको अभियोगमा प्रहरीले बिराटनगर महानगरपालिका–११ बस्ने २४ वर्षीय निरन्जन कुमार साहसहित ४ जनालाई पक्राउ गरेको छ ।
कार्यालय नै खोलेर अबैधरूपमा हुन्डीको कारोबार गरिरहेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिहीबार ३६ लाख १८ हजार २ सय ५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेकोहो ।
उनीहरुको साथबाट भारतीय एयरटेल कम्पनीको एउटा सिम कार्ड र डायरी लगायतका कागजात बरामद भएका छन् । उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि सम्पति शुद्धिकरण अनुसन्धान बिभाग पुलचोक ललितपुरमा पठाएको छ ।
annapurnapost


