×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भारतीय पेट्रोलियम पाइपलाइन चितवन ल्याउन सम्भव

  •  
  • शुक्रबार, माघ १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • अमलेखगञ्जबाट चितवन ल्याउँदा ७ अर्ब लाग्ने अनुमान
    रविन्द्र घिमिरे

    १२ माघ, काठमाडौं । अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइनको प्रारम्भिक रुट सर्वे सकिएको छ । उक्त अध्ययनले भारतबाट आउने तेलको पाइपलाइन चितवनसम्मै ल्याउन सकिने देखाएको छ ।

    नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी)ले यससम्बन्धि अध्ययन गरेका हुन् । रुट सर्वेबाट केही स्थानमा प्राविधिक जटिलता हुने देखाएको छ । तर, त्यो ठूलो चुनौतीका रुपमा नदेखिएको भट्टराई बताउँछन् ।भारतबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने तयारी भइरहेको छ । त्यसलाई चितवनसम्म विस्तार गर्न आईओसीले नै इच्छा देखाएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन् ।

    प्रस्ताव अनुसार काम अगाडि बढे अमलेखगञ्जबाट चितवनसम्म ५९ किलोमिटर पाइपलाइन थपिनेछ । हाल भारत मोतीहारीदेखि अमलेखगञ्जसम्म ३७ किलोमिटर पाइप बिछ्याउन लागिएको छ । ‘हेटौंडा बजारलगायत केही क्षेत्रमा समस्या हुने देखिएको छ । तर, पूर्वपश्चिम राजमार्गको रुटमै आधारित भएर अध्ययन गरेका छौं,’ भट्टराई भन्छन्, ‘पाइपलाइन चितवनसम्म ल्याउन सकिने अवस्था देखियो ।’

    सात अर्ब लागत अनुमान

    प्रस्तावअनुसार चितवनको लोथर बजार नजिकसम्म पाइपलाइन आउनेछ । त्यहाँ निगमले नयाँ भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गरेको छ । तर, खरिदमा अनियमितता भएको विवाद कायमै छ । उक्त स्थान मकवानपुर र चितवनको सिमाना हो ।

    निगमले चितवनमा आधुनिक तेल डिपो बनाउन र त्यहाँसम्म पाइपलाइन ल्याउन सात अर्ब खर्च लाग्ने आनुमन गरेको छ । सरकारीस्तरमा सहमति भए सम्भाव्यता अध्ययन शुरु हुनेछ ।

    ग्यासपाइप बिछ्याउन पनि सम्भव

    रुट सर्वेबाट ग्यास पाइपलाइन पनि बिछ्याउन सकिने देखाएको छ । दुवै पाइपलाइन सँगसँगै बिछ्याउन सकिने देखिएको छ ।

    ‘चितवनमा तेलसँगै ग्यासको डिपो पनि राख्न आईओसीका अधिकारीहरु उत्साहित छन्,’ भट्टराई भन्छन्, ‘त्यसो भयो भने तेल र ग्यास पाइपलाइबीच राख्ने दूरी तीन मिटर फरक पारेर एकैपटक बिछ्याउन सकिन्छ ।’

    पछि बिछ्याउँदा पाँच मिटर अन्तर कायम गर्नुपर्ने र सडकमा आवागमनमा पनि समस्या ल्याउने उनी बताउँछन् ।

    नेपालले गत चैतमै मोतीहारीबाट अमलेखगञ्जसम्म बिछ्याइने पाइपलाइनलाई चितवनसम्म ल्याउन भारतसँग प्रस्ताव गरेको थियो । पाँच वर्षे इन्धन आपूर्ति सम्झौताका लागि भारत गएका बेला तत्कालीन मन्त्री दीपक बोहराले भारतीय समकक्षी धर्मेन्द्र प्रधानसँग त्यसबारे प्रस्ताव गरेका थिए ।

    प्रदेश–३ लक्षित आयोजना

    पेट्रोलियम र ग्यास पाइपलाइन चितवनसम्म आउँदा काठमाडौंसहित पहाडी जिल्लामा ढुवानी र वितरण सहज हुने निगमको विश्वास छ ।

    निगमका एक अधिकारीको भनाइमा अमलेखगञ्ज डिपोले प्रदेश–२ को आपूर्ति सहज गर्छ । ‘काठमाडौंका लागि चितवनमै इन्धन भण्डारण गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसबाट प्रदेश–३ को आपूर्ति व्यवस्था सहज हुनेछ ।’

    उक्त पाइपलाइन योजना कार्यान्वयनमा आउँदा राज्यको ढुवानी भाडा ह्वात्तै घट्नेछ भने उपभोक्तालाई पनि राहत मिल्नेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.