×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

काम खोज्दै एक लाख ८५ हजार युवा ‘मुग्लान’ भासिए

  •  
  • बुधबार, माघ १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • गत वर्षको तुलनामा दुई प्रतिशत कम
    रविन्द्र घिमिरे
    १० माघ, काठमाडौं । यस वर्ष काम खोज्दै विदेश जाने कामदारको संख्यामा कमि आएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा बिदेसिने कामदार संख्या करिब दुई प्रतिशत कम देखिएको छ ।

    यस वर्ष पुससम्म एक लाख ८६ हजार ८२ नेपाली युवा काम खोज्दै बिदेसिएका छन् । यो संख्या गत वर्षको पहिलो ६ महिनामा एक लाख ८९ हजार चार सय ३३ थियो । दुई वर्षको तुलना गर्दा यो संख्या करिब चार हजार कम हो ।

    ‘यो सुखद् कुरा हो । हाम्रा अदक्ष कामदार नै विदेश जाने हुन्,’ पण्डित भन्छन्, ‘उनीहरु बिदेसिएनन् भने यहाँ उत्पादकत्व बढ्छ ।’बिदेसिने महिला कामदारको संख्या भने बढिरहेको छ । कामदार संख्या सामान्य रुपमा घट्नु स्वाभाविक भएको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् ।

    कुन महिनामा कति उडे ?

    यस वर्ष सबैभन्दा धेरै भदौमा ३३ हजार आठ सय ७८ कामदार बिदेसिएका थिए भने असोजमा सबैभन्दा कम २७ हजार पाँच सय ३५ जना बाहिरिए ।

    साउनमा ३१ हजार तीन सय नौ जनाले देश छाड्दा कात्तिकमा ३१ हजार सात सय ९६, मंसिरमा ३० हजार आठ सय ६३ र पुसमा ३० हजार ६ सय ६१ जना युवा ‘मुग्लान’ भासिए ।

    वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा नियमित उतारचढाव मात्र आइरहेको छ । ठूलो उतारचढाव नदेखिएकाले यस वर्ष समग्रमा बिदेसिने कामदारको संख्यामा ठूलै दरमा कमि नआउने विभागका अधिकारीहरुको विश्वास छ ।

    गत आवमा विदेश जाने युवाको संख्यामा पाँच प्रतिशतले कमि आएको थियो । गत वर्ष तीन लाख ९८ हजार युवाले कामका लागि देश छाडेका थिए ।

    आकर्षणमा मलेसिया

    तथ्यांकअनुसार पछिल्लो समयमा साउदी अरेबिया नेपाली कामदारको रोजाइमा पर्न छाडेको छ । चालु आवको पहिलो ६ महिनामा २३ हजार चार सय ८९ जना कामदार साउदी पुगेका छन् । गत वर्ष साउदीमा ७८ हजार युवा पुगेका थिए ।

     

    अहिलेकै दर कायम रहे यस वर्ष साउदी नेपालीको चौथो श्रम गन्तव्य बन्ने देखिएको छ । दुई वर्षअघि मलेसियामा आर्थिक मन्दी छाउँदा साउदी अरेबिया नेपाली कामदारको पहिलो गन्तव्य बनेको थियो ।

    अहिले आफैं आर्थिक मन्दीबाट गुज्रिरहेको साउदीमा जान नेपाली युवा लालायित छैनन् । त्यहाँका कम्पनीबाट पनि कामदारको माग घटेको म्यानपावर व्यवसायीहरु बताउँछन् ।

    वैदेशिक रोजगार विभागका अधिकारीहरु भन्छन्– यो नियमित उतारचढाव हो, बिदेसिने कामदारको संख्यामा ठूलै दरमा कमि आउने सम्भावना छैन

    मलेसिया पनि नेपाली कामदारका लागि खासै राम्रो गन्तव्य मानिँदैन । तर, साउदी र कतारमा समस्या देखिएपछि नेपाली कामदारले मलेसिया नै अरुभन्दा उपयुक्त हुने मान्ने गरेको विज्ञ पण्डित बताउँछन् ।

    ‘मलेसियामा नेपाली कामदारलाई समस्या कम भएको छैन । तर, कतारमा महँगी बढेको र साउदीका कम्पनीहरुमै समस्या आएपछि मलेसिया नगए अन्त जान नपाइने भयो,’ उनी भन्छन्, ‘त्यसैले मलेसियामा कामदारको आकर्षण बढेको देखिएको हो ।’

    पहिलो ६ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै नेपाली कामदार मलेसिया पुगेका छन् । पुससम्म ५९ हजार कामदारले वैदेशिक रोजगार विभागबाट मलेसिया जाने श्रम स्वीकृति लिएका छन् ।

    अन्य खाडी मुलुकले नाकाबन्दी लगाउँदा पनि कतार जाने नेपालीको संख्या भने उत्साहजनक नै छ । पुससम्म ४८ हजार नौ सय ५७ कामदार त्यहाँ पुगेका छन् ।

    यो अवधिमा ३१ हजार ६ सय ५८ कामदार संयुक्त अरब इमिरेट्स (यूएई)मा काम खोज्दै पुगेका छन् । पाँचौं मुख्य श्रम गन्तव्य कुवेतमा पुगेर सात हजार सात सय ५१ जनाले जागिर खान थालेका छन् ।

    बिदेसिने महिला बढे


    चालु आवको पुससम्म विदेश जानेको महिलाको संख्या भने बढेको छ । यस वर्ष पुससम्म ११ हजार पाँच सय ३० महिला वैधानिक रुपमा विदेशमा रोजगारीका लागि पुगेका छन् ।

    गत वर्षको पुससम्म भने यो संख्या नौ हजार चार सय ९१ थियो । यो अवधिमा कुल विदेशिने पुरुष र महिलाको अनुपात क्रमशः ९४ र ६ प्रतिशतमा छ ।

    ‘महिला कामदार वैधानिक रुपमा जाने क्रम बढ्नु सुखद् हो । अहिले धेरै देशमा अवैध रुपमा महिला घरेलु कामदार पुगिरहेका छन्,’ विज्ञ पण्डित भन्छन्, ‘महिला कामदारको वृद्धि पनि नियमित उतारचढावकै शृंखला हो ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.