×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

३० जिल्ला न्यायाधीशका लागि ४२४ प्रतिस्पर्धी

  •  
  • बुधबार, माघ १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, माघ १० गते । पहिलोपटक खुला प्रतिस्पर्धाबाट छानिन लागेका ३० जना जिल्ला न्यायाधीशका लागि ४२४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । समानुपातिक समावेशी रूपमा नियुक्त गर्नेगरी न्याय परिषद्ले पहिलोपटक खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश चयन प्रक्रिया अघि बढाएको थियो । जिल्ला न्यायाधीशको परीक्षा आउँदो बिहीबारदेखि हुनेछ ।

    न्यायसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमअनुसार प्रतिस्पर्धीले चार विषयमा परीक्षा दिनुपर्नेछ । त्यसका लागि आयोगले परीक्षा तालिकासमेत सार्वजनिक गरिसकेको छ । उत्तीर्ण परीक्षार्थीको विवरण आयोगले न्यायपरिषद्मा पेश गर्नेछ । आयोगको सिफारिसअनुसार न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सचिव राजन भट्टराईले जानकारी दिनुभयो ।

    हाल जिल्ला न्यायाधीशमा ४१ वटा पद रिक्त छ । रिक्तमध्ये २० प्रतिशत अर्थात् ११ जना जिल्ला न्यायाधीश यसअघिकै व्यवस्थाअनुसार पदपूर्ति हुनेछ । यस अघि न्यायसेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनको आधारमा नियुक्त हुन्छ । यसका लागि भने छुट्टै प्रक्रिया हुनेछ ।
    यसरी २० प्रतिशत अर्थात् ११ जना दरबन्दी छुट्याएपछि बाँकी रहेको ८० प्रतिशतमा ४० प्रतिशत अर्थात १५ जना आन्तरिक प्रतिस्पर्धाबाट र ४० प्रतिशत अर्थात थप १५ जना खुला प्रतिस्पर्धाबाट नियुक्त गरिनेछ । आन्तरिकतर्फको १५ जनामध्ये न्याय, कानुन र सरकारी वकिल समूहमा उपसचिव भई न्यूनतम तीन वर्ष अनुभव भएका उम्मेदवारले प्रतिस्पर्धा गर्न पाउनेछन् । यसका लागि १२५ जना प्रतिस्पर्धामा छन् । बाँकी रहेको १५ जनामध्ये सबैले प्रतिस्पर्धा गर्न पाउने खुलातर्फ आठ जना, समावेशीतर्फ महिला दुई जना, आदिवासी जनजाति दुई जना, मधेशी दुई जना र दलितका लागि एउटा कोटा निर्धारण गरिएको छ । यसरी समावेशीसहितको खुलातर्फ १५ कोटामा २९९ जना प्रतिस्पर्धामा छन् ।
    जसमा कम्तीमा आठ वर्ष वकालत गरेका अधिवक्ताले परीक्षामा सामेल हुन पाउनेछन् । यस्तै कानुनमा स्नातक गरी न्यायसेवाको राजपत्रांकित पदमा कम्तीमा आठ वर्ष काम गरेका कर्मचारी, कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी कुनै क्षेत्रमा निरन्तर आठ वर्ष काम गरेका व्यक्ति पनि जिल्ला न्यायाधीशको खुला प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । अन्तरिम संविधानले नै खुला प्रतिस्पर्धा समेतबाट जिल्ला न्यायाधीशको पदपूर्ति गर्ने व्यवस्था गरेको भए पनि कानुन अभावमा कार्यान्वयन हुन सकेको थिएन । नेपालको संविधानले पनि उक्त व्यवस्थालाई निरन्तरता दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.