×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दिल्लीमा पेट्रोलको मूल्य आकाशियो, नेपालमा तस्करीको डर

  •  
  • बुधबार, माघ ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • भारतभन्दा नेपालमा २७ रुपैयाँ सस्तो !
    सुवास भट्ट

    ३ माघ, काठमाडौं । भारतीय बजारमा यतिखेर पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । भारतीय आयल निगम (आईओसी) ले आफ्नो आधिकारिक वेवसाइटमा उल्लेख गरेअनुसार राजधानी नयाँ दिल्लीमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा (भारतीय रुपैयाँ) पुगेको छ । त्यस्तै, डिजेलको यस्तो मूल्य ६२ रुपैयाँ ६ पैसा भारु पुगेको छ ।

    दिनदिनै उकालो चढ्दैदिल्लीमा कायम भएको बुधबारको मूल्यसूची अनुसार डिजेलले ऐतिहासिक रेकर्ड चुमेको छ । पेट्रोल भने साढे तीन वर्षयताकै उच्च बिन्दूमा पुगेको छ । १६ साउन २०७१ मा पेट्रोलको मूल्य प्रतिलिटर ७२ रुपैयाँ ५१ पैसा भारु थियो ।

    भारतमा यतिखेर पेट्रोलियमको मूल्य दिनदिनै उकालो चढिरहेको छ । गत आइतवार ७१ रुपैयाँ ६ पैसा भारु प्रतिलिटर रहेको पेट्रोलको मूल्य सोमबार ७१ रुपैयाँ १८ पैसा भारु र मंगलवार ७१ रुपैयाँ २७ पैसा भारु पुग्यो । त्यस्तै, आइतवार डिजेलको मूल्य ६१ रुपैयाँ ५६ पैसा भारु रहेकामा सोमबार ६१ रुपैयाँ ७४ पैसा भारु हुँदै मंगलबार ६१ रुपैयाँ ८८ पैसा भारु पुग्यो ।

    करिव १५ दिनको अवधिमा त्यहाँ पेट्रोलको मूल्य प्रतिलिटर झण्डै डेढ रुपैयाँले बढेको छ भने डिजेल झण्डै अढाई रुपैयाँले बढेको छ ।

    भारतमा डिजेलको मूल्य गत गत जुलाईमा ५३ रुपैयाँ ३३ पैसा भारु थियो । त्यसयता अगस्टमा ५५ रुपैयाँ ५८ पैसा, सेप्टेम्बरमा ५७ रुपैयाँ १३ पैसा र अक्टोबरमा ५८ रुपैयाँ ९२ पैसा पुगेको थियो । गत नोभेम्बरमा प्रतिलिटर डिजेलको यस्तो मूल्य घटेर ५७ रुपैयाँ ७३ पैसा पुगे पनि डिसेम्बरमै ५८ रुपैयाँ ४० पैसा पुगेर जनवरीमा थप बढ्न पुगेको छ ।

    गत जुलाईमै भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ६३ रुपैयाँ ९ पैसा भारु थियो । गत अगष्टमा प्रतिलिटर पेट्रोलको मूल्य ६५ रुपैयाँ ४० पैसा, सेप्टेम्बरमा ६९ रुपैयाँ २६ पैसा, अक्टोबरमा ७० रुपैयाँ ७६ पैसा पुगेको थियो । नोभेम्बरमा उक्त मूल्य घटेर ६९ रुपैयाँ १४ पुगे पनि डिसेम्बरमा फेरि बढेर ६९ रुपैयाँ २२ पैसा पुगेको थियो ।

    नेपालमा २७ रुपैयाँसम्म सस्तो, तस्करीको जोखिम

    नेपाल आयल निगमका अनुसार आईओसीले मंगलबार पठाएको मूल्यसूचीअनुसार नेपालमा हाल पेट्रोलको मूल्य भारतीय बजारमाभन्दा २१ रुपैयाँ ४६ पैसा र डिजेल २७ रुपैयाँ ३८ पैसा सस्तो छ । हाल रक्सौलमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १२० रुपैयाँ ९६ पैसा छ भने वीरगञ्जमा त्यही पेट्रोल ९९ रुपैयाँ ५० पैसामा पाइन्छ । त्यस्तै, रक्सौलमा १०४ रुपैयाँ ८८ पैसा प्रतिलिटर पर्ने डिजेल विरगञ्जमा ७७ रुपैयाँ ५० पैसामा किन्न पाइन्छ ।

    भारतीय बजारको भन्दा निकै सस्तो भएकाले नेपाल आएको पेट्रोलियम तस्करी वा अन्य विभिन्न माध्यमबाट भारत नै फर्किने गरेको निगम बताउँछ । त्यसको चापले माग धान्न निगमलाई निकै सकस पर्दै आएको निगमका अधिकारीहरू बताउँछन् । ‘अहिले जति डिजेल ल्याए पनि पुर्‍याउनै धौधौ परिरहेको छ,’ निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन् ।

    किन बढ्यो पेट्रोलियमको मूल्य ?

    हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर पुगेको छ ।

    पछिल्लो समयमा संसारका प्रमुख तेल उत्पादक मुलुकहरूको साझा संस्था (ओपेक) ले उत्पादन कटौती गरिरहेका छन् । ती मुलुकले उत्पादनमा कटौती गर्दा माग बढी मूल्य वृद्धि भएको हो ।

    ओपेकको उत्पादन कटौती गर्ने निर्णयमा तेल उत्पादक तर ओपेकमा अावद्ध नभएकाे (ननओपेक) रुसले पनि साथ दिइरहेको छ । ननओपेकमा सबैभन्दा बढी तेल उत्पादन रुसले गर्छ । अहिले साउदी र रुसको स्वार्थ मिलेपछि मूल्य बढाउन सहयोगी भएको छ ।

    पहिले अमेरिकाले ओपेक र रुसलाई दुई कित्तामा विभाजन गरेर मूल्य घटाउने रणनीति लिए पनि पछिल्लो समय अमेरिका यसमा असफल भएको छ । त्यसमा साउदी अरबको साथ थियो । पछिल्लो समय अस्वाभाविक मूल्य घट्दा अर्थतन्त्रमा नकारात्मक असर परेपछि साउदीले उत्पादन कटौती गर्ने निर्णयमा पुगेको बताइन्छ ।

    पछिल्लो समय ओपेक र रुस रणनीतिक रुपमै पेट्रोलियमको मूल्य बढाउन लागेका छन् । मूल्य बजारले तोक्ने भएपनि उत्पादनमा कटौती ल्याउनेवित्तिकै त्यसको असर मूल्यमा पर्छ ।

    उत्पादन कटौतीसँग अहिले अमेरिकाको पेट्रोलियम भण्डारण घटेको छ । त्यसले पनि बजारमा मूल्य निर्धारणका लागि ठूलो भूमिका खेल्दै आएको छ ।

    एकातिर संसारभरी पेट्रोलियमको माग बढ्नु अर्कोतिर उत्पादन कटौतीले तेलको मूल्य लगातार आकाशिएको छ ।

    अन्तर्राष्ट्रिय मूल्यका आधारमा भारतले आन्तरिक बजारमा पेट्रोलियम मूल्य समायोजन गर्छ, त्यसैका आधारमा नेपालमा पनि मूल्य निर्धारण गर्ने परिपाटी छ ।

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा छिटो -छिटो उतारचडाव आउन थालेपछि भारतले पछिल्लो समय दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारतले जुन १६ देखियता दैनिक मूल्य समायोजनमा गएको हो । त्यसअघि भारतले पनि १५/१५ दिनमा मूल्य समायोजन गर्थ्याे । नेपालमा भने अझै १५/१५ दिनमा मूल्य समायोजन गर्छ ।

    एक लिटरमै पाँच रुपैयाँ घाटा

    निगमका अनुसार मंगलवार भारतबाट नयाँ मूल्यसूची आएपछि घाटा थप चुलिएर जाने भएको छ । नयाँ मूल्यसूची अनुसार निगमलाई अब डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ १९ रुपैयाँ घाटा पुगेको छ भने पेट्रोलमा एक रुपैयाँ २ पैसामात्र नाफा छ ।

    यसअघि निगमलाई प्रतिलिटर डिजेलमा दुई रुपैयाँ ७१ पैसा घाटा थियो भने पेट्रोलमा दुई रुपैयाँ ८३ पैसा नाफा थियो । आईओसीबाट नयाँ मूल्यसूची आएपछि निगमको मासिक घाटा नै करिब ६८ करोड रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

    यससँगै अब निगमलाई डिजेलमा करीव अढाई रुपैयाँ र पेट्रोलमा २ रुपैयाँको अतिरिक्त चाप परेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.