×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कांग्रेसमा तिक्तता चुलियो

  •  
  • मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चिरञ्जीवी ढुंगाना 

    काठमाडौं : आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कांग्रेस शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे छलफल भएको थियो ।

    बैठकमा आफूले कांग्रेस विधानविपरीत गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति खोरजीको माग गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।‘मलाई विश्वास छ, सभापतिजीले यो कार्य चाँडोभन्दा चाँडो गर्नुहुनेछ’, पौडेलले सोमबार साँझ अन्नपूर्णसँग भने । कांग्रेस विधानमा संसदीय समिति बढीमा १४ सदस्यीय हुने प्रावधान रहे पनि अहिले २४ जना र कार्यसम्पादन समितिमा २९ जना छन्।पौडेलले भने, ‘मेरो माग केन्द्रीय समिति बैठक तत्काल बोलाएर कांग्रेसलाई एकढिक्कामा राख्नुपर्ने पनि छ ।’

    गाउँ इकाइदेखि केन्द्रसम्म पार्टीलाई करेक्सन गर्नुको विकल्प नभएको पौडेलले बताए । पार्टीका ४२ विभाग र चार वटा समितिलाई पूर्णता दिनुपर्नेमा पनि आफूले जोड दिएको जानकारी पौडेलले दिए । देउवाका मनोनयनप्रति पनि पौडेलले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । देउवाको मनोनयन विधानविपरीत भएको दाबी पौडेलको छ । केन्द्रीय समितिको बैठक बोलाउने आफ्नो मागसम्बन्धमा सभापति देउवाले ठोस जवाफ नदिएको पौडेलले बताए ।

    कांग्रेसका शीर्ष नेताबीच यही माघ २४ गते हुने राष्ट्रियसभा चुनावमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बालुवाटार बैठकमा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको कार्यस्थलबारे पनि छलफल भएको प्रवक्ता शर्माले बताए । शर्माका अनुसार कांग्रेसले राष्ट्रियसभा चुनावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत नेता सहभागी थिए ।

    प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले अपेक्षित सफलता हात नपारेपछि चुनावको समीक्षा गर्न केन्द्रीय समिति बैठक, महासमिति बैठक वा विशेष महाधिवेशन नै बोलाउनुपर्ने माग कांग्रेसभित्र भइरहेको छ ।

    बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र प्रदेशको कार्यस्थल तोक्ने जानकारी बैठकलाई दिएका थिए । प्रधानमन्त्री देउवाले विभिन्न राजनीतिक दलसँग प्रदेश प्रमुख तथा प्रदेश कार्यस्थल तोक्नेबारे छलफल गरी सहमतिका लागि प्रयास गरिरहेको पनि शीर्ष नेतालाई अवगत गराएका थिए ।

    देउवाले अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले छिट्टै प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यस्थल तोक्ने प्रतिबद्धता जनाएका थिए । यद्यपि, देउवाले प्रतिबद्धताअनुसार निर्णय भने लिन सकेका छैनन् ।

    राष्ट्रियसभा चुनावका लागि तत्काल प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने बाध्यतामा सरकार छ । राष्ट्रियसभा चुनावका मतदाता प्रदेशसभा सदस्यले मतदानका लागि प्रदेश प्रमुखबाट शपथ लिनुपर्छ ।

    नेतृत्वले चुनावको समीक्षा गर्ने अवसर नदिएको भन्दै कांग्रेसका युवा नेताले समूहगत भेला र गोप्य बैठक गर्दै आएका छन् । उनीहरूले चुनाव पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने भन्दै दबाब सिर्जना गर्दै आएका छन् ।

    चुनावका सबै नतिजा सार्वजनिक नहुँदै युवा नेता गगन थापाले प्रारम्भ गरेको अभियानमा सहभागी युवा पुस्ताले पार्टीभित्र नेतृत्व हस्तान्तरणको आवाज उठाइरहेको छ । पार्टीभित्र नेतृत्व हस्तान्तरणको गोप्य अभियानमा लागेका पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि देउवाको खुलेरै आलोचना गर्दै आफू नेतृत्व लिन सक्षम भएको दाबी प्रस्तुत गर्दै आएका छन् । सिंह पनि देउवाले पार्टी सभापति पदबाट राजीनामा दिनुपर्ने अभियानमा सरिक छन् ।

    देउवा गुटमा बालकृष्ण खाँड, प्रकाशशरण महत, महेन्द्र यादव, मीन विश्वकर्मालगायत नेता सक्रिय छन् । यो समूहले महासमिति बैठक, विशेष महाधिवेशन तथा केन्द्रीय समितिको बैठक डाक्नुपर्र्ने युवा पुस्ताको मागमा बेवास्ता गर्दै आएको छ ।

    देउवा समूहमा सक्रिय यादवले आवश्यक समयमा केन्द्रीय समिति बैठक बस्ने बताए । उनले भने, ‘महासमितिको बैठक पनि बस्छ तर विशेष महाधिवेशन वा शीघ्र महाधिवेशन भने सम्भव छैन । हुँदैन पनि ।’

    महामन्त्री पनि देउवासँग असन्तुष्ट

    स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावी परिणाम कांग्रेसको पक्षमा नआएपछि पार्टी नेतृत्वप्रति कोइराला परिवारले पनि असन्तुष्टि देखाएको छ । कांग्रेसभित्र कोइरालाको विरासत थामेको दाबी गर्ने महामन्त्री डा.शशांक कोइराला, सुजाता कोइराला र डा.शेखर कोइराला नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छुट्टै रणनीति बनाउने तयारीमा जुटेका छन् । कोइरालात्रयबीच आइतबारका लागि तय भएको बैठक विशेष कारणले स्थगन भएको थियो । बैठक यसै साता बस्ने स्रोतले जानकारी दिएको छ ।

    शशांक, शेखर र सुजातामध्ये एकबाट पार्टीको नेतृत्व हुनुपर्ने तथा कोइराला परिवारकै अग्रसरमा पार्टी सुदृढीकरण अभियान थालिनुपर्ने माग स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव परिणामबाट आहत बनेका कांग्रेसी कार्यकर्ताले गरेको कोइरालात्रयको दाबी छ ।

    कांग्रेसलाई जनताको पार्टी बनाउन तथा कांग्रेसको विरासत कोइराला परिवारबाटै थाम्नुपर्ने धारणा कार्यकर्ताको रहेको मूल्यांकनका साथ कोइरालात्रयले यसै साता छलफल गर्ने भएका छन् ।

    कोइरालात्रयको बैठकले संसदीय दलको नेतृत्व महामन्त्री शशांक र पार्टी संगठनको नेतृत्व डा.शेखरले सञ्चालन गर्ने सहमतिसहितको गृहकार्य भइरहेको दाबी स्रोतले गरेको छ ।

    कांग्रेसका युवा नेता बद्री पाण्डेले केन्द्रीय समिति र त्यसमार्फत महासमिति बैठक आह्वान नभएसम्म आफूहरूले चाहँदैमा केही हुन नसक्ने प्रतिक्रिया दिए ।

    महासमिति बैठक बोलाएमा पार्टीभित्रका नीतिगत र विधानगत त्रुटि सच्याउँदै अघि बढ्न सक्ने जानकारी उनले दिए ।

    अर्का नेता प्रदीप पौडेलले पार्टीका अधिकांश युवाको एउटै माग चुनावमा भोग्नुपरेको पराजयको समीक्षा नै रहेको बताए ।

    उनले भने, ‘चुनाव पराजयको समीक्षासम्मका लागि नेतृत्व तयार नहुनु कांग्रेसलाई अझै ठूलो खाडलमा पु¥याउनु हो । आफूहरूको माग केन्द्रीय समितिको बैठक, त्यसमार्फत महासमिति र विशेष महाधिवेशन वा शीघ्र महाधिवेशन नै हो ।’

    महासमिति बैठक बोलाउन दबाब

    कांग्रेसका १० जिल्लाका नेताहरूले स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टीले व्यहोर्नुपरेको हारको समीक्षा र कांग्रेसलाई सुदृढीकरण गरी भविष्यमा कांग्रेसलाई बलियो र सशक्त बनाउन वैचारिक जागरण अभियान प्रारम्भ गर्न नेतृत्वसमक्ष माग गरेका छन् । उनीहरूले पार्टी रूपान्तरणका लागि १५ वटा माग अघि सारेका छन् ।

    आपसी भ्रातृत्वको विकास गरी गुटबन्दी अन्त्य, केन्द्रदेखि गाउँ तहसम्म विचार, सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान, तत्काल महासमिति बैठक, निर्वाचनमा भोगेको पराजको जिम्मेवारी सिंगो केन्द्रीय समितिले लिनुपर्ने उनीहरूको जिकिर छ ।

    बीपी कोइरालाको विचार र प्रजातान्त्रिक समाजवादबाट पन्छिएर कांग्रेस राष्ट्रिय मुद्दामा अलमल र अनिर्णयको बन्दी हुन मिल्दैन, हरेक राष्ट्रिय मुद्दामा कांग्रेस प्रस्ट अडानसाथ अघि बढ्नुपर्ने, पार्टी सदस्य संख्याका आधारमा पार्टी जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमितिको आकार बढाउनुपर्नेलगायत माग उनीहरूको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.