×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अन्नपूर्ण क्षेत्रमा ‘हालसम्मकै धेरै पर्यटक’

  •  
  • मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०१७ मा पदयात्री पर्यटकको संख्या बढेर नयाँ कीर्तिमान कायम भएको छ।

    ७,६०० वर्गकिलोमिटर भूभागमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि आकर्षणको केन्द्र रहँदै आएको छ।

    सन् २०१७ मा अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा झण्डै ३९ प्रतिशतले वृद्धि भएको हो।

    यो हालसम्मकै बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्यले बताइन्।

    उनले भनिन्, “सन् २०१६ मा १ लाख १४ हजार १ सय ८७ जना पर्यटक भित्रिएका थिए भने सन् २०१७ मा १ लाख ५८ हजार ५ सय ८८ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको तथ्याङ्क छ।”

    उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा गर्ने उद्देश्यले नेपाल भित्रिने करिब ६० प्रतिशत पर्यटकको पहिलो रोजाइ प्रदेश नं. ४ मा पर्ने अन्नपूर्ण क्षेत्र पर्ने गरेको छ।

    हिमआँधी लगायतका कारणले हुने दुर्घटना विगतमा जस्तो हुन नदिने उद्देश्यले सूचना प्रणाली यस क्षेत्रमा सुदृढ गरिएको छ।

    पदमार्ग

    आयोजनाका सूचना अधिकृत आचार्यले भनिन्, “कुनै दुर्घटना हुन सक्ला भनेर पर्यटकको अवस्था पत्ता लगाउनका लागि हामीले एउटा संयन्त्रको विकास चाँडै शुरु गर्दैछौँ।”

    उक्त क्षेत्रमा विगतमा हिमआँधीका कारण पनि धेरै पर्यटक र पथप्रदर्शकको मृत्यु भएको थियो।

    त्यसबारे थोराङ ला पास गर्ने बेलामा मौसमबारे पूर्वजानकारी दिने केही तयारी भएको छ कि छैन? जवाफमा आचार्यले भनिन्, “अन्नपूर्ण आधार शिविर र घान्द्रुक घोरेपानीको चाहिँ ६ दिनको मौसमको अनुमान गर्न सकेका छौँ र आगामी दिनमा थोरङ, मनाङ, मुस्ताङमा पनि शुरु गर्ने योजना छ।”

    अन्नपूर्ण आधारशिविर, एबीसी थोराङ्ला भञ्ज्याङ, मुक्तिनाथ, उपल्लो मुस्ताङ, मनाङ, घोरेपानी, मर्दी हिमाल, घान्द्रुक घोरेपानी लगायतका ठाउँ पदयात्रा पर्यटनका आकर्षक गन्तव्य हुन्।

    पर्यटकहरूको संख्यामा देखिएको उत्साहजनक वृद्धिप्रति पर्यटन व्यवसायीले खुशी व्यक्त गरेका छन्।

    सन् २०१७ मा ९ लाख ४० हजारभन्दा बढी पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ।

    अधिकारीहरूका अनुसार १० लाख पर्यटक भित्र्याउने सन् २०१६ को लक्ष्य भेट्टाउन नसके पनि यो संख्या अहिलेसम्मकै धेरै हो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.