×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भूकम्प सुरक्षा दिवस मनाइँदै

  •  
  • मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, माघ २ गते । आज माघ २ गते । विगत वर्षझैँ यस वर्ष पनि भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि.सं. १९९० को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको हो । यस वर्ष ‘सबल समुदाय र स्थानीय सरकार : भूकम्पीय सुरक्षाको बलियो आधार’ लाई मूल नारा बनाइएको छ ।  माघ २ गते अब थोरै मानिसको मानसपटलमा मात्र विसं १९९० सालको महाभूकम्पको त्रासदीपूर्ण क्षणको स्मरण बाँकी होला । नेपाल भारत र तिब्बतलाई असर पार्ने गरी गएको ८ रेक्टर स्केलको उक्त भूकम्पले त्यतिबेला करिब आठ हजार नेपालीको ज्यान लिएको इतिहास पाइन्छ ।

    काठमाडौँको भूगोलपार्कमा राखिएको भूकम्पको स्मारकले उक्त दिनका स्मरण जो कोहीलाई गराउँछ । सोही दिनको स्मरण गर्दै गृह मन्त्रालयले हरेक वर्ष माघ २ गतेका दिन राष्ट्रव्यापी रूपमा भूकम्प सुरक्षा दिवस मनाउँँदै आएको छ । नेपाल हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केल सम्मका भूकम्प जाने गरेको भूगर्वविदहरूले बताउँदै आएका छन् ।
    भूकम्पीय दृष्टिले अति जोखिमयुक्त क्षेत्रमा परेको नेपालमा भूकम्पको इतिहास हेर्ने हो भने सन् १२५५ देखिको इतिहास पाइन्छ । काठमाडौँलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पले दुई हजार दुई सयभन्दा बढीको ज्यान लिएको इतिहासमा उल्लेख छ ।
    त्यस्तै, सन् १२६० मा गएको भूकम्पले एक सय र १३४४ मा गएको भूकम्पले १ करिब १ सय व्यक्तिको ज्यान लिएको इतिहासमा उल्लेख छ । ती दुई भूकम्प क्रम ७ दशमलब १ र ७ दशमलब ९ रेक्टरस्केलसम्मको थिए ।
    त्यस्तै सन् १४०८, १५०५, १६८१, १७६७, १८३३, १८६९, १९१६ मा पनि विनासकारी भूकम्पले हजाराँै मानिसको ज्यान गएको पाइन्छ । १९३४ पछि पनि १९६६, १९८०, १९८८ मा नेपालमा ६ दशमलब ६ देखि ६ दशमलब ६ रेक्टर स्केलसम्मका भूकम्प गएको पाइन्छ ।
    सन् २०११ मा सिक्किम क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको पूर्वी भूभागलाई क्षति पु¥याएको पाइन्छ । सन् २०१५ अप्रिल २५ अर्थात् वैशाख १२, २०७२ को भूकम्प र त्यसपछिका पराकम्पको प्रभाव अझै पनि नेपालले झेलिरहँदा मङ्गलबार भूकम्प दिवस मनाइँदै छ ।
    भूकम्पका कराण भत्किएका निजी, सार्वजनिक र संस्कृतिक सम्पदा पु्नर्निर्माणमा भएको ढिलासुस्तीले सम्पूर्ण नेपालीलाई गिज्याइरहेकै छ । सरकारले प्राधिकरण नै गठन गरेर पुनर्निर्माणको कार्य अगाडि बढाउन खोजे पनि त्यो सन्तोषजनक रूपमा हुन नसकेको चौतर्फी आलोचना खेप्दै आएको छ । पाँच वर्षको समयमा सम्पूर्ण संरचना निर्माण गरिसक्ने लक्ष्य हासिल गर्न सरकारलाई निकै ठूलो चुनौतीको सामना गरिरहनुपरेको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.