×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्थानीय तहको खर्च विवरण आएन

  •  
  • मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नगेन्द्र सापकोटा

    काठमाडौंँ, माघ २ गते । स्थानीय तहको निर्वाचन सम्पन्न भएको सात महिना बितिसक्दा स्थानीय तहको खर्चको विवरणको एकीन तथ्याङ्क कुनै निकायसँग छैन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयसँगसमेत स्थानीय तहको खर्चको विवरणको तथ्याङ्क छैन ।
    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया स्थानीय तहको खर्च भएको बजेटको तथ्याङ्क अहिले मन्त्रालयसँग नहुने बताउनुहुन्छ । स्थानीय तह आफै सरकार भएकाले उहाँहरूले गरेको कामको प्रगति हामीले जबरजस्ती माग्न मिल्दैन ।
    यसअघि स्थानीय निकाय हुँदा त्रैमासिक रूपमा भने सबै स्थानीय निकायले मन्त्रालयमा कामको प्रगतिको विवरण पठाउने गर्थे अहिले पठाउँदैनन् उहाँले भन्नुभयो, ‘छिट्टै मन्त्रालयले त्यो सफट्वेयरको विकास गर्दैछ, त्यसपछि प्रत्येक स्थानीय तहको गतिविधिका बारेमा मन्त्रालय अपडेट हुन्छ । ’
    महालेखा नियन्त्रक कार्यालयका सहायक प्रवक्ता सूर्यमणि गौतम महालेखा नियन्त्रक कार्यालयसँग स्थानीय तहले गरेका खर्चको अलग्गै विवरण नहुने बताउनुभयो । उहाँले जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले एकमुष्ट रूपमा जिल्ला भएको कार्यालयको खर्च विवरण महालेखामा पठाउँछन्, सोको भने दैनिकको तथ्याङ्क महालेखासँग हुन्छ ।
    स्थानीय तह आफैमा स्वायक्त निकाय भएकाले उहाँहरूले खर्चको विवरण आफैले राख्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो । स्थानीय तहको निर्वाचित जनप्रतिनिधिहरू स्थानीय तहमा सात महिनामा करिब १७ प्रतिशत मात्र बजेट खर्च भएको अनुमान गर्नुहुन्छ ।
    स्थानीय तहको निर्वाचन तीन चरणमा हुनु, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख र प्राविधिक कर्मचारीको अभाव हुँदा स्थानीय तहको बजेट अहिलेसम्म बढीमा १७ प्रतिशत मात्र खर्च भएको अनुमान उहाँहरूको छ ।
    गाउँपालिका महासङ्घ ५ नं. प्रदेशका संयोजक एवम् गुल्मीस्थित छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त अहिलेम्म स्थानीय तहमा बढीमा १७ प्रतिशत मात्र बजेट खर्च भएको बताउनुभयो । उहाँले स्थानीय तहमा प्राविधिक कर्मचारीकै अभावले बजेट खर्च हुन नसकेको हो । पन्तले भन्नुभयो– ‘स्थानीय तहमा बजेट छ, कर्मचारी छैनन्, निर्वाचित जनप्रतिनिधिहरू आफै अलमलमा हुँदा स्थानीय तहको बजेट खर्च हुन नसकेको हो । ’
    सरकारले स्थानीय तहका लागि विविध शीर्षकमा एक खर्ब, ४९ अर्ब र सशर्त शीर्षकमा ७६ खर्ब गरी दुई खर्ब २५ अर्ब रुपियाँ पठाएको छ । सरकारले स्थानीय तहमा जनसङ्ख्या, क्षेत्रफल, भूगोल, गरिबी, आन्तरिक कर सङ्कलन गर्ने सक्ने क्षमतलगायत आधार मानी स्थानीय तहमा बजेट पठाएको थियो । नेपाल नगरपालिका महासङ्घका उपसंयोजक एवम् धादिङस्थित नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना अहिलेसम्म स्थानीय तहमा अपेक्षा गरे भन्दा कम मात्र बजेट खर्च भएको बताउनुभयो । उहाँका अनुसार बढीमा स्थानीय तहमा १५ देखि २० प्रतिशत बजेट खर्च भएको अनुमान गर्न सकिन्छ । सात महिनामा यति बजेट खर्च हुनु बिडम्बना हो । खास गरी स्थानीय तहमा कर्मचारीको अभाव र विषयगत कार्यालय स्थानीय तहमा समायोजन नहुनु स्थानीय तहमा बजेट खर्च नहुनुको मुख्य कारक तत्व हुन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.