×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मकर सङ्क्रान्तिमा नुवाकोटमा चालीस हल गोरु जुधाइँदै

  •  
  • सोमबार, माघ ०१, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रामहरि न्यौपाने

    नुवाकोट,  माघ १ गते ।  माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो ।

    ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका–३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाउन लागिएको माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    गोरु जुधाई प्रतियोगिताको नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतिस्पर्धाका लागि दर्ता भएका गोरुको श्रेणीमा विभाजन गरिएको छ । विशिष्ट श्रेणीमा दुई हल, (क) श्रेणीमा १० हल र (ख) श्रेणीमा आठ हल गोरु विभाजन गरिएको छ । आयोजक संस्थाका अध्यक्ष अधिकारीका अनुसार गोरुको उचाइ, मोटाइ र क्षमताका आधारमा श्रेणी विभाजन गरिएको हो ।

    नुवाकोटको बुधसिङ, तारुका, धादिङको खाल्टे, कल्लेरी र धुवाकोटका किसानले पालेका गोरु जुधाउन दर्ता गरेका छन् । प्रतिस्पर्धामा विजेता गोरुधनीलाई रु पाँच हजार र उपविजेतालाई रु तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गर्ने गोरु जुधाई संरक्षण संस्थाका सल्लाहकार एवं तार्केश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले जानकारी दिनुभयो ।

    “बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिएका हाँै” उहाँले भन्नुभयो, “गोरु जुधाईलाई २०६२ सालदेखि स्थानीयवासी युवाको पहलमा मेला र पर्वका रुपमा मनाउन थालिएको हो ।”

    ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको छ । तारुकाको गोरु जुधाई जात्रा नेपालीमूलको स्पेनी ‘बुल फाइट’को रुपमा परिचित छ । गोरु जुधाई भीडन्तको अवलोकन गर्न मकरसङ्क्रान्ति पर्वको दिन भएकाले धार्मिक र सांस्कृतिक, प्रतिस्पर्धाका रुपमा खेल पर्यटनको प्रवद्र्धनमा टेवा पुग्दै आएको स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले बताउनुभयो ।

    गोरु जुधाई मेला व्यवस्थापनका लागि माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्था गएको वर्ष जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । चन्दनीबारीमा आयोजित गोरु जुधाई मेलास्थलमा पार्किङस्थल, स्वच्छ खानेपानी, खाना–खाजाको प्रबन्ध उचित रहेको वडाध्यक्ष आलेमगरले बताउनुभयो ।

    उहाँको अनुसार नेपालको पहिलो र एकमात्र गोरु जुधाई प्रतियोगितालाई संस्कृति, परम्परा र पर्यटनसँग जोडेर विश्वभर परिचित बनेकाले यसलाई थप व्यवस्थित हुँदै आएको छ ।

    तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईस्थलमा पुग्न पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट चार पाङ्ग्रे सवारीसाधनलाई १० किमीको दूुरी पार गरी महादेवफाँटमा आएर त्रिशूली नदीको पक्की पुल पार गरी नौ किमी कच्ची सडक पार गर्नुपर्नेछ । दुई पाङ्ग्रे सवारीसाधनलाई गल्छीबाट तारुकासम्म सात किमी पक्की सडकपश्चात् तारुकाघाटमा रहेको झोलुङ्गे पुलमार्फत त्रिशूली नदी पार गरी पाँच किमी कच्ची सडकमार्फत पुग्न सकिन्छ ।

    आफ्नै सवारीसाधन नहुनेले गल्छी–देवीघाट सडकखण्डको सार्वजनिक यातायातमार्फत तारुकाघाटसम्मको यात्रा गरी एक घण्टाको पैदल दूरीमा पुग्नसक्ने व्यवस्था छ ।

    ऐतिहासिक स्थलमा बेत्रावतीमा दश हल गोरु जुधाइने

    यसैबीच, मकरसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा पनि आज दश हल गोरु जुधाउन लागिएको छ । विदुर नगरपालिका–१० बेत्रावतीमा नुवाकोट र रसुवाका किसानले पालेको १० हल गोरु जुधाउन दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो ।

    प्रतिस्पर्धामा विजेता गोरुको धनीलाई रु तीन हजार र उपविजेतालाई रु दुई हजार ५०० नगदसहित सम्मानपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

    नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा भएको बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न जोरु जुधाईलाई निरन्तरता दिएको क्लबका अध्यक्ष लबटको भनाइ छ ।

    बेत्रावतीमा २०६७ सालदेखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरुपमा गोरु जुधाउन थालिएको हो । बेत्रावतीस्थित गोरु जुधाईस्थल पुग्न सदरमुकाम विदुरबाट १० किमी पक्की सडकमार्फत सहजरुपमा पुग्न सक्ने व्यवस्था छ ।

    पञ्चकन्यामा पनि १० हल गोरु जुध्दै

    माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्याको पीपलडाँडामा पनि १० हल गोरु जुधाउन लागिएको छ ।

    नवप्रतिभा युवा समूहको आयोजना नुवाकोटको विभिन्न स्थानका किसानले पालेको गोरु जुधाउन लागिएको समूहका अध्यक्ष शिवहरि विष्टले जानकारी दिनुभयो ।

    गोरु जुधाउन थप्रेक, समुन्द्रादेवी, पञ्चकन्या, भद्रुटार र महाकालीका किसानले सहभागी हुन आफ्नो गोरुको नाम दर्ता गराएका छन् । प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई रु १० हजार र दोस्रोलाई रु सात हजार नगद पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताको प्रचारप्रसार समितिका संयोजक प्रदीप दाहालको अनुसार पञ्चकन्यामा जुधाईने गोरु बाइसे चौबीसे राज्य सञ्चालनको समयमा घले राजाले मनोरञ्जन लिन गोरुलगायतका पशु चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको हो ।

    यहाँ विसं २०७२ देखि जनकल्याण युवा समाजको सक्रियतामा नवप्रतिभा युवा समूहमार्फत गोरु जुधाई मेला चल्दै आएको छ । पञ्चकन्याको गोरु जुधाई मेला अवलोकनका लागि टोखा–छहरे सडकखण्डको छहरेबजारबाट पाँच किमी कच्ची सडकमा चार पाङ्ग्रे सवारीसाधनमा नै सजिलै पुग्न सकिन्छ ।

    मकर सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको विभिन्न स्थान, धादिङको खाल्टेमा समेत गोरु जुधाई प्रतिस्पर्धा एवं परम्परालाई निरन्तरता दिन लागिएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.