×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रिडीमा माघे सङ्क्रान्ति मेला शुरु

  •  
  • सोमबार, माघ ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गुल्मी, माघ १ गते । विगतका वर्षमा जस्तै यस पटक पनि गुल्मीको धार्मिक क्षेत्र रिडीमा आजदेखि माघे सङ्क्रान्ति मेला शुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको रिडीमा वर्षेनी तीन दिनसम्म भव्यरुपमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ ।

    रुरु क्षेत्र विकास समितिको व्यवस्थापनमा सञ्चालन हुन गइरहेको उक्त मेलालाई थप व्यवस्थित बनाउन यस पटक कालीगण्डकीको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाइएको छ । समितिको पहलमा पहिलो पटक रिडी क्षेत्र धाममा आउने तीर्थयात्रीलाई ऋषीकेश मन्दिर परिसरमा निःशुल्क भोजन गर्ने व्यवस्था समेत मिलाइएकोे रुरु क्षेत्र विकास विकास समितिका अध्यक्ष रामलाल विश्वकर्माले बताउनुभयो ।

    मेलाको अवसरमा टाढाटाढाबाट व्यापार गर्न आउने व्यवसायीका लागि समितिले स्टल निर्माण गर्ने काम सम्पन्न गरिसकेको छ । विगतमा व्यवसायीलाई खाली जग्गालाई व्यवसाय सञ्चालनका लागि भाडामा उपलब्ध गराउँदै आएकोमा यस पटकदेखि समितिको पहलमा २०० स्टल निर्माण गरिएको हो ।

    स्थानीय रुरु फ्रेण्डस क्लबले रिडीको खेल मैदानमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागेको छ । मेलामा बाल उद्यान, कृषि सामग्री प्रदर्शनी, स्थानीय खाद्य परिकारलगायत पहिलो पटक फोटो प्रदर्शनी राखिने भएको छ । स्थानीय युवाको पहलमा प्रदर्शनीमा रुरु क्षेत्रसँग सम्बन्धित पुराना र नयाँ तस्वीर प्रदर्शनीमा राखिने बताइएको छ ।

    विशेष गरी जेठी, माइली र कान्छी सङ्क्रान्ति गरी तीन दिनसम्म सञ्चालन हुने माघे सङ्क्रान्तिको पहिलो दिन दिनभर कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । रुरु क्षेत्रअन्तर्गत रिडीस्थित कालीगण्डकी नदिमा स्नान गरेपछि श्रद्धालु कालीगण्डकी नदी नजिकै रहेको ऋषीकेश मन्दिरमा पुगी पूजाआजा गर्ने गर्दछन् ।

    माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित गर्नका लागि गुल्मी, पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधिले चक्रिय प्रणालीमा नेतृत्व लिने गरी रुरु क्षेत्र विकास समितिको गठन गरिएको छ । रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले धार्मिक एवं पर्यटकीयस्थल रिडी क्षेत्रको विकास, त्यसको प्रचारप्रसारका साथै मेलाको व्यवस्थापन कार्यमा सहयोग पुराउँदै आएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी अधिकृत नरेश भण्डारीले बताउनुभएको छ ।

    माघे सङ्क्रान्तिको दिनमा कालीगण्डकीमा गएर स्नान गरेपछि मानिसले अन्जानका गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ । त्यसै विश्वासका आधारमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषी ऋण तिरिने धार्मिक मान्यताका कारण हजारौँ श्रद्धालु रिडी क्षेत्र धाममा आउने गर्दछन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.