×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बन्दै गरेको झोलुंगे पुलबाट खसेर दुई मजदुरको मृत्यु

  •  
  • मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोपाल छन्त्याल

    बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका-५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका-४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिनादेखि निर्माणाधीन रहेको छ ।

    ‘निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बाँदुक तर्फबाट बास बस्न फर्कनेबेलामा चिप्लिएर उनीहरु पुलबाट खसेका थिए । त्यसको एकघण्टापछि १ सय ५० मिटर तल खोला किनारमा उनीहरुको शव भेटिएको वडाअध्यक्ष फगामीले जानकारी दिए ।

    अन्तिम चरणमा पुगेको पुलबाट मजदुरको खसेर मृत्यु भएपछि स्थानीयबासीसमेत दुखित भएको फगामीले बताए । दिनभरि पुल निर्माणका लागि सिमेन्ट बोकेका क्षेत्री र थापा साढे पाँच बजे पुलबाट बाँदुक जाने क्रममा खसेका थिए । पुल निर्माणमा संलग्न अन्य कामदा, जनप्रतिनिधि, स्थानीयबासी घटनास्थलमा पुगेपछि प्रहरीलाई जानकारी गराएका थिए । बेगखोला गाउँबाट बाँदुग जोड्ने झोलुङ्गे पुलको लठा तान्ने, दुवैतर्फको मेन ब्लकका साथै मुख्य संरचनाको निर्माण कार्य सकिएपछि फिनिसिङको काम भइरहेको थियो । उक्त पुलको काम १० प्रतिशत मात्रै बाँकी रहेको निर्माणमा संलग्नले बताएका छन् । प्रहरी निरीक्षक सन्तोष रोकाले पोष्टमार्टमका लागि मृतकका शव जिल्ला अस्पताल बेनी ल्याउन प्रहरी टोली परिचालन भएको जानकारी दिएका छन्। कैलालीबाट आएका आफन्तहरुलाई मंगलबार नै शव जिम्मा लगाउने तयारी भएको पनि रोकाले जनाए ।

    पुल निर्माणको क्रममा सुरक्षालाई विषेश ध्यान दिएपनि तारबार नगरिएको स्थानबाट आवतजावत गर्ने प्रयास गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक रोकाले बताए। कुल ३ करोड ३२ लाख लागतमा निर्माण हुन लागेको पुल ३६५.८० मिटर लम्बाई रहेको छ । साविकको बेगखोला गाविसमा रहेका १-६ र बादुकका ७, ८ र ९ वडाका बासिन्दालाई लक्षित पुल निर्माण भएपछि रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले, चिमखोला, दग्नामका साथै अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, नारच्याङ, हिस्तानका बासिन्दालाई समेत आवतजावतमा सहज हुने वडाअध्यक्ष फगामीले जानकारी दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.