काठमाडौँ — अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वोच्च प्रशासनले बयान सुरु गर्न केही समय अझै केही लाग्ने र उनलाई केही असहज महसुस भएपछि एम्बुलेन्समा आराम गर्न दिइएको छ ।
मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएका डा. केसीले केही असहज महसुस गरेको बताएपछि उनलाई आराम गर्न एम्बुलेन्समा राखेर सर्वोच्च पछाडिको खालि स्थानमा लगिएको छ।
केसीसँग सुरुमा बयान लिने र बयान सकिए अवहेलना मुद्दामा सुनुवाइ सुरु हुने सर्वोच्च स्रोतले जनाएको छ। तर पेसी सूचीमा केसीको मुद्दा परेको छैन।
बयान सकिए मंगलबार नै पूरक पेसी सूची सार्वजनिक हुनेछ वा अर्को दिन सुनुवाइ हुनेछ। केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी उपस्थित छन्।
केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको थियो।


