काठमाडौँ — अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई अहिले सर्वोच्च अदालत पुर्याइएको छ । केसीलाई बिहान साढे ९ बजे मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको छ ।
केसीलाई बिहान साढे ९ बजे मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको छ। उनीसँगै कानुन व्यवसायी सुरेन्द्र भण्डारी मुद्दा महाशाखामा उपस्थित छन्।
केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको हो। सर्वोच्च अदालत वरपर मंगलबार बिहानदेखि नै सुरक्षा कडा गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली साढे ९ बजे अदालत आए पनि पेसी सूची सार्वजनिक भएको छैन। सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए।
केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो।
ekantipur


