×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

  •  
  • मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, पुस २५ गते । निर्वाचन आयोगले २०७४ माघ २४ गते बुधबार सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको आन्तरिक तयारीलाई तीव्र बनाएको छ । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले गोरखापत्रसँग सोमबार कुरा गर्नुहुँदै निर्वाचनका लागि नियमावली, निर्देशिका निर्माण गर्ने, जनशक्तिको व्यवस्थापनलगायत कार्यको तयारीमा तदारुकताका साथ आयोग जुटेको छ भन्नुभयो । उहाँले राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम पनि आयोगले एक÷दुई दिनभित्रै सार्वजनिक गर्ने बताउनुभयो ।

    सातवटै प्रदेशमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति गर्नुपर्ने भएकाले आयोगले न्याय परिषद्सँगको परामर्शमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
    नेपाल सरकारले प्रदेशहरूको अस्थायी राजधानी नतोकेका कारण राष्ट्रियसभा निर्वाचनको मतदानस्थल कहाँ राख्ने भन्ने टुङ्गो भने लागेको छैन । आयोग स्रोतका अनुसार जहाँजहाँ उच्च अदालत रहेका छन्, तिनै जिल्लामा मतदान गराउने कि भन्ने तयारी गरिए पनि कुनै टुङ्गो लागेको छैन ।
    आयोगले सोमबार निर्वाचनको मतदान र मतगणना कसरी गर्न सकिन्छ भनेर प्रारम्भिक चरणमा मतदान र मतगणना गराएको छ । मतदान र मतगणना कार्यमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, सचिव बेगेन्द्रराज शर्मा पौड्याल तथा आयोगका अन्य उच्चपदस्थ कर्मचारीसमेत सहभागी हुनुभएको थियो ।
    राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन एकल सङ्क्रमणीय मत प्रणालीद्वारा हुने व्यवस्था छ । प्रत्येक प्रदेशबाट तीन जना महिला, एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक तथा अन्य तीन गरी जम्मा आठ जना निर्वाचित हुने व्यवस्था छ ।
    अध्यादेशमा कुनै समूहबाट एक जनामात्रै सदस्य निर्वाचित गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने थप व्यवस्था गरेकाले निर्वाचन प्रणाली दुईथरीको हुनेछ ।
    आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नियमावली र निर्देशिकालाई अन्तिम रूप दिनुअघि मतपत्र, कलम र कागजको सहयोगमा मतगणना गर्ने, त्यसैबाट कसरी मत अर्को उम्मेदवारमा सर्छ भन्ने विषयमा अध्ययनका लागि नमुना मतदान र गणना सञ्चालन गरेको बताइएको छ ।
    राष्ट्रियसभाको निर्वाचनमा सात प्रदेशबाट निर्वाचित हुने ५५० जना र ७५३ वटा स्थानीय तहबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख एवं उपप्रमुख गरी एक हजार ५०६ सहित जम्मा दुई हजार ५६ जना मतदाताले मतदान गर्नुहुनेछ ।
    त्यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको छ । यस हिसाबले प्रदेशसभाको मतभार २४ हजार चार सय र स्थानीय तहको मतभार २७ हजार १०८ गरी जम्मा ५३ हजार ५०८ मतभारबाट जम्मा ५६ जना सदस्य निर्वाचित हुनेछन् । ५९ सदस्यीय रहेको राष्ट्रियसभामा एक महिलासहित तीन जनालाई राष्ट्रपतिबाट मनोनीत गरिने व्यवस्था छ ।
    मतदान गर्दा मतदाताले पहिलो, दोस्रो र तेस्रो प्राथमिकता तोकेर मतदान गर्नुपर्नेछ । आयोग र राजनीतिक दलहरूले मतदातालाई राम्रो प्रशिक्षण दिएमा मात्रै बदर मत कम भई निर्वाचनमा अपेक्षित नतिजा आउने छ ।
    काँग्रेससहित नौ दल दर्ता
    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सोमबारसम्म नौवटा राजनीतिक दलले दल दर्ता गराएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो ।
    आयोगमा नेपाली काँग्रेस, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नौलो जनवादी पार्टीले निवेदन दर्ता गराएका छन् ।
    प्रवक्ता ढकालका अनुसार यही पुस २८ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिनुभयो । हरेक निर्वाचनमा दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । प्रदेशसभा र स्थानीय तहको एक स्थान पनि नजितेका दलले पनि दल दर्ता गराएका छन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.