गोरखा समाचारदाता
पुस २५ गते । बह्मकुमारी राजयोग ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र आँबुखैरेनीले ५ दिवसीय राजयोग प्रशिक्षण शिविर संचालन गर्ने भएको छ ।
यही माघ १० गते देखि माघ १४ गते सम्म नेपालका ख्याती प्राप्त राजयोग प्रशिक्षक राजु घलेद्धारा ओम शान्ति भवनमा राजयोग प्रशिक्षण शिविर संचालन गरिने भएको हो ।
केन्द्रका संचालिका ब्रह्मकुमारी ईन्दिरा पौंडेलको अध्यक्षतामा बसेको बैंठकले राजयोग प्रशिक्षण शिविर कसरी संचालन गर्ने, शिविरमा कसरी स्थानीय जनसहभागिता बढी गराउने विषयमा छलफल भएको थियो ।
प्रशिक्षक राजु घलले शिविरमा सकरात्मक सोचको विकास, सन्तुलित जीवन, तनाव मुक्त लगाएतका विषयमा प्रशिक्षण गराउने केन्द्रका संचालिका ब्रह्मकुमारी ईन्दिरा पौंडेलले जानकारी दिनुभएको छ ।




















