×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सामुदायिकको सिकाइ ‘निराशाजनक’

  •  
  • मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • कक्षा २ र ३ का विद्यार्थीलाई वाक्य लेख्नै आउँदैन : शिक्षा मन्त्रालयको अध्ययन

    मकर श्रेष्ठ

    काठमाडौँ — सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्ययनले ६० प्रतिशत विद्यार्थीले नेपालीमै सरल वाक्य लेख्नसमेत नसकेको औंल्याएको हो ।

    ईआरओले ११ जिल्लाका २ हजार ६ सय ५ सामुदायिक विद्यालयका ७२ हजार ५ सय ३८ विद्यार्थीमाथि अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो । कक्षा २ का ३५ हजार ९ सय ८३ र कक्षा ३ का ३६ हजार ५ सय ५५ विद्यार्थीमाथि अनुसन्धान गरिएको थियो । परीक्षणका क्रममा श्रुति लेखनमा सबभन्दा कमजोर पाइएको हो । कक्षा २ का विद्यार्थीको कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन सीप परीक्षण गर्दा यस्तो वाक्य लेखनको सिकाइ उपलब्धि ४० मात्रै छ । यसमा शिक्षकले ‘म फलफूल खान्छु, पिउने पानी सफा हुनुपर्छ, पाकेको आँप गुलियो हुन्छ, रामले झोलामा आफ्नो किताब राख्यो’ जस्ता वाक्य उच्चारण गरेर विद्यार्थीलाई लेख्न लगाइएको थियो ।
    यस्ता वाक्य लेख्न नजान्नेमा धनकुटामा ६० प्रतिशत, सप्तरीमा ५८, पर्सामा ५३, भक्तपुरमा ४५, कास्कीमा ४८, मनाङमा ७६, दाङमा ६७, बाँकेमा ६५, बर्दियामा ७४, कञ्चनपुरमा ६५ प्रतिशत विद्यार्थी छन् । कक्षा ३ मा श्रुतिबोधमा भँगेरा र भँगेरीको कविता सुनाएर प्रश्न सोधिएको थियो । यसमा पनि सिकाइ उपलब्धि औसतमा ४९ प्रतिशत मात्रै थियो । औसत अंक पनि नल्याउनेमा सप्तरी, दाङ, बाँके, बर्दिया, कञ्चनपुरका विद्यार्थी छन् ।
    ईआरओले कक्षा २ का विद्यार्थीको अक्षर मात्राको पहिचान, परिचित शब्द लेखन, श्रुतिबोध, सरल वाक्य गठन, शब्द भण्डार, सरल वाक्य र शब्द पठन बोध, जोडिएको शब्द छुट्याउने, श्रुति लेखन, क्यालेन्डरको जानकारीको परीक्षण गरिएको थियो । जोडा मिलाउनेमा ६२, जोडिएको अक्षर छुट्याउनेमा ५२, वाक्य लेखनमा ४० प्रतिशत पास भए । कक्षा ३ मा शब्द र वाक्य पठन, सही शब्द छनोट, चित्र वर्णन, शब्द छुट्याउने, श्रुति लेखन, पोस्टर पढ्न, कविता पढ्न, पात्रो हेर्न सक्छन् कि सक्दैनन् भन्ने परीक्षण गरिएको थियो । यसमध्ये चित्र वर्णमा सिकाइ उपलब्धि ४९, जोडिएको शब्द छुट्याउनेमा ५९, वाक्य लेखनमा ४६, पोस्ट पठनमा ६५, कविता पठनमा ४९ प्रतिशत औसत सिकाइ देखियो ।
    कक्षा २ का विद्यार्थीलाई तयार पारेको प्रश्नमा जोडा मिलाउन बायाँतिरको लहरमा समूह ‘क’ मा शिर, ज्योति, अन्धकार, उचाली शब्द राखिएको थियो भने समूह ‘ख’ दायाँतिरको लहरमा अँध्यारो, उठाएर, टाउको, उज्यालो र शरीर शब्द राखिएको थियो । शिर शब्द टाउकोसँग मिल्छ भनेपछि बालबालिकालाई ज्योति केसँग मिल्छ होला भनी प्रश्न गरिएको थियो । विद्यार्थीलाई २ मिनेट प्रश्न पढ्न लगाएर उत्तर दिन लगाइएको थियो । यसको मूल्यांकनमा औसतमा ३८ प्रतिशतले जोडा मिलाउनै सकेनन् । धनकुटाका ५३ प्रतिशत, सप्तरीका ६८, पर्साका ७१, भक्तपुरका ७७, कास्कीका ७१, मनाङका ७०, मुस्ताङका ६६, दाङका ५६, बाँकेका ५९, बर्दियाका ४९ र कञ्चनपुरका ५७ प्रतिशत विद्यार्थीले मात्रै जोडा मिलाए ।
    त्यस्तै २० मिनेटको समय दिएर जोडिएका शब्द छुट्याउने कार्यको पनि परीक्षण भएको छ । ‘मेरोघरछ’, ‘घरमाभाइछ’ जस्ता वाक्य छुट्याउन लगाइएको थियो । यो विधामा औसत ५१ प्रतिशत मात्रै सिकाइ रहेको पाइएको छ । यसको सिकाइ परीक्षण गर्दा मनाङको ७५, भक्तपुरको ७१ र कास्कीको ६९ प्रतिशत सिकाइ उपलब्धि रहेको पाइयो । अक्षर छुट्याउन कमजोर हुनेमा धनकुटा, सप्तरी, पर्सा, मुस्ताङ, दाङ, बाँके, बर्दिया र कञ्चनपुरका विद्यार्थी छन् ।
    ईआरओको अध्ययनमा ३२ हजार ७ सय ११ छात्र र ३९ हजार ८ सय २७ छात्रा सहभागी थिए । कक्षा २ र ३ को सिकाइ औसत ६५ प्रतिशतमा सीमित रहेको पाइएको छ । शिक्षकलाई नै सहभागी गराएर यो अध्ययन गरिएको ईआरओले जनाएको छ । जुन दिन परीक्षा लिएको हो, त्यही दिन अभिभावकलाई जानकारीसमेत गराइएको थियो । ‘यो अध्ययनले आफ्ना बालबालिका कुन विधामा कमजोर छन् भन्ने शिक्षक र अभिभावकले समेत थाहा पाएका छन्,’ परीक्षण केन्द्रका प्रमुख लेखनाथ पौडेलले भने, ‘यो स्थानीय तहमा विद्यालय सुधार गर्न सकिने आधार हो ।’
    अक्षर मात्राको पहिचानमा ३३ प्रतिशतले केही पनि नजानेको पाइयो । मनाङका विद्यार्थीमा यो आधारमा राम्रो सिकाइ रहेको पाइएको छ । परिचित शब्द लेखन (खाउ, आउ, जाउ) जस्ता शब्द चिन्ने विद्यार्थी अन्य जिल्लाको भन्दा मनाङ र मुस्ताङको योग्य पाइएको छ । ईआरओका अनुसार मनाङमा ९२ र ९० प्रतिशतसम्म सिकाइ उपलब्धि रहेको पाइएको छ । सरल वाक्य पठनमा औसतमा ६८ प्रतिशत मात्रै छ । दाङ, बाँके, बर्दिया, कञ्चनपुरको औसत सिकाइसमेत नरहेको पाइएको छ । यसमा वाक्य चिन्नुपर्ने थियो । शब्द भण्डारको सिकाइ उपलब्धि ७१ प्रतिशत मात्रै छ । यो विधामा पनि मनाङकै विद्यार्थी योग्य देखिए । मनाङको ९१ र सबैभन्दा कम बर्दियाको ६४ प्रतिशत सिकाइ रहेको पाइएको छ । शब्द पठनमा अन्य विधाको भन्दा कमजोर पाइएको छ । यो विधामा औसत सिकाइ नै ६५ प्रतिशत छ । औसतसमेत पूरा नगर्नेमा धनकुटा, मुस्ताङ, दाङ, बाँके, बर्दिया र कञ्चनपुर छन् । भक्तपुरमा सबभन्दा बढी ७६ प्रतिशत सिकाइ उपलब्धि पाइएको छ ।
    पौडेलले एउटा कक्षामा २ र ३ मा कम्तीमा ५ जना विद्यार्थी भएका ११ जिल्लाका सबै विद्यालयको अध्ययन गर्दा यस्ता नतिजा आएको जानकारी दिए । ‘सुधार गर्नुपर्ने क्षेत्र कुन हो ? भन्ने स्पष्ट भएको छ,’ उनले भने, ‘सिकाइ कमजोर हुनुमा स्थानीय भाषाले पनि हुन सक्छ ।’
    ‘६७ प्रतिशतले घरमा नेपाली बोल्दैनन्’
    कक्षा २ र ३ का ६७ प्रतिशत विद्यार्थीले घरमा नेपालीबाहेकका भाषा बोल्ने गरेको पाइएको छ । ईआरओले ११ जिल्लाको २ हजार ६ सय ५ विद्यालयका ७२ हजार ५ सय ३८ विद्यार्थी माथि अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो । अध्ययन गरिएका विद्यार्थीमध्ये ४८ हजार ४ सय ५७ अर्थात् ६७ प्रतिशतले घरमा नेपालीबाहेकका भाषा प्रयोग गर्ने गरेको पाइएको हो । ईआरओले धनकुटा, पर्सा, सप्तरी, भक्तपुर, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, कञ्चनपुरको कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन सीप परीक्षण गर्दा यस्तो पाइएको हो । अध्ययनअनुुसार बाँकेमा ७२ प्रतिशत बालबालिकाले घरमा नेपालीबाहेकका भाषा प्रयोग गर्ने गरेको पाइएको छ । सप्तरीमा सबभन्दा बढी ९८ प्रतिशत विद्यार्थीले घरमा आफ्नै भाषा प्रयोग गरेको पाइएको छ । पर्सामा ९४, मनाङमा ७९, कञ्चनपुरमा ७७, बर्दियामा ६६ प्रतिशतले घरमा आफ्नै भाषा प्रयोग गरेको पाइएको हो । कास्कीमा सबभन्दा बढी ९० प्रतिशत विद्यार्थीले नेपाली भाषा प्रयोग गर्ने गरेको पाइएको छ । ईआरओएले कक्षा २ र ३ का विद्यार्थीमाथि अध्ययन गरेको हो । अध्ययनअनुसार कक्षा २ का विद्यार्थीमध्ये ६७ प्रतिशत र ३ का ६६ प्रतिशतले घरमा आफ्नै भाषा प्रयोग गर्ने गरेको पाइएको छ ।
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.