×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रानीपोखरीमा भेटिएला खजाना ?

  •  
  • सोमबार, पुष २४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, पुस २४ गते । राणाकालमा रानीपोखरीमा के धनमाल खसालिएको थियो होला ? खसालिएको थियो भने त्यो धनमाल पाइएला कि नपाइएला ? पुरातत्व विभागले रानीपोखरीमा उत्खनन सुरु गरेपछि अहिले धेरैमा यस्तै कौतुहल उत्पन्न भएको छ ।

    मल्लकालीन राजा प्रताप मल्लले बनाउन लगाएको रानीपोखरीमा राणाकालीन निर्माणको समेत अवशेष पाइएपछि यो कौतुहल देखापरेको हो । उत्खननमा संलग्न पुरातत्व अधिकारी भाष्कर ज्ञवालीका अनुसार तत्काल उत्खनन गर्दा पोखरीको निर्माणको कालक्रमलाई मात्र हेरिएको छ ।
    ज्ञवालीले भन्नुभयो, उत्खननमा संलग्न समितिले पोखरीमा रहेको पानीको स्रोत र यसको निकासबारे अध्ययन हुन आवश्यक रहेको भनी प्रतिवेदन दिएको छ । पानीको निकास र स्रोत खोतल्दा गरिनुपर्ने उत्खननले रानीपोखरीमा वास्तवमै धनमाल गरगहना खसालिएको थियो, थिएन भन्ने खुल्न सक्छ । श्री ३ जङ्ग संस्थाका अध्यक्ष ७९ वर्षीय यमजितप्रताप जङ्गबहादुर राणा भन्नुहुन्छ, राणाकालमा जङ्ग र शमसेर खलकबीचको काटामारमा देश छाडी भाग्नुपर्दा राणा खलकबाट धनमाल गरगहना रानीपोखरीमा खसाली गएका भनी राणा खानदानमा सुनिँदै आएको हो । ’ उहाँका अनुसार रानीपोखरीमा धनमालका कन्तुर, सन्दुक छ कि छैन भनेर जाँच गर्ने नियतले टुँडिखेलमा घोडा दौडाइरहेका श्री ३ चन्द्रशमसेरका नाति ब्रह्मशमसेरले घोडासहित पोखरीमा हामफालेका थिए ।
    यो घटनापछि मात्र रानीपोखरीमा पर्खाल लगाइएको हो । पुरातत्वको उत्खनन समितिले पर्खाललाई राणकालमै निर्माण भएको प्रतिवेदन दिएको छ भने पर्खालभन्दा तलको भागलाई मल्लकालीन निर्माण भनेको छ । श्री ३ जङ्गबहादुरद्वारा भगाएर ल्याइएका राजपूत गोरखपुरे महारानी र उनका साथमा रहेको धनमाल तथा लखनउमा लुटिएका नवाबका धनमाल कालक्रममा रानीपोखरीमा खसालिएको छ भन्ने गाइँगुइँ पछिसम्म पनि सुनिँदै आएको अध्यक्ष यमजितप्रताप जङ्गबहादुर राणा बताउनुहुन्छ ।
    राणा भन्नुहुन्छ, गोरखपुरे महारानीको कालमोचनमा सालिक बनाइदिन दुईपल्ट आरति उतार्ने व्यवस्था सायद यिनै धनमालको कारणले पनि हुनसक्छ, यो चलन आजपर्यन्त चलिरहेको छ । यिनै महारानीका साथमा आएको कोहीनुरजस्तै हीरा पशुपतिनाथको ढुकुटीमा रहेको तथ्य उजागर भइसकेको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.