शिब बञ्जारा/अष्ट्रेलिया
गोरखा समाज अष्ट्रेलियाको दोस्रो साधरण सभा यहि ६ जनवरी २०१८ मा सिड्नीको Ashfield Park मा भब्य बार्बिक्यूका साथ सम्पन्न भएको छ । साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ कार्यकारी समितिको सर्बसम्मत मनोनयन गरेको छ ।

त्रिलोचन पोखरेलको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिबमा प्रकाश बस्ताकोटी, सचिबमा शिब बन्जारा, कोषाध्यक्षमा ऋतु श्रेष्ठ र सह-कोषाध्यक्षमा राजु पोखरेललाई मनोनित गरिएको छ ।

यस्तै अन्य कार्यकारी सदस्यहरुमा सुरेन्द्र दुवाडी, ईश्वर दाहाल, संजित श्रेष्ठ, जय श्रेष्ठ, सजिता श्रेष्ठ, कृष्ण भट्टराई, दिजा श्रेष्ठ, संजय श्रेष्ठ, शर्मिला धिताल, दिनेश श्रेष्ठ, योगेन्द्र जोशी, दिपक देबकोटा, संजिप खत्रि, कृष्ण भट्ट र प्रज्वल श्रेष्ठ रहनु भएको छ ।

सँस्थालाई अष्ट्रेलियाको अन्य स्टेटहरूमा समेत बिस्तार गर्ने योजना अनुरूप अन्य स्टेटबाट पनि एक/एक संयोजक रहने र उक्त संयोजक मुख्य कार्यसमितिको उपाध्यक्ष रहने गरि बिधान संशोधन गरिएको छ ।


