बाम एकता पछि बन्ने पार्टीको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने माओवादी नेता बि बि खरालले दावी गरेका छन् । नेकपा माओवादी केन्द्रले कतारको सनैयामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा खरालले यस्तो बताएका हुन् ।
‘पार्र्टी एकता सम्मान जनक हुने र पार्र्टीको नेतृत्व प्रचण्डले गर्ने र सरकारको नेतृत्व केपि ओलीले गर्नेछन्’ युवा नेता खरालले भने । जनताले बाम गठबन्धनलाई दिएको जनमतको कदर हुने भन्दै उनले स्थायी सरकार बनेपछि देशमा संबृद्धि आउने दावी गरेका छन् ।
प्रवासमा रहेका नेपाली श्रमिकहरुको हक हित र अधिकारका लागि सधै काम गर्ने बताउदै नेता खरालले सोझा नेपाली श्रमिकमाथी दलाली नगर्न चेतावनी दिएका छन् । सरकारले फ्री भिसा फ्री टिकट भनेता पनि मेनपावर र दलालले लाखौ असुल्ने गरेको भन्दै उनले राज्य गैरजिम्वेवार बनेको आरोप लगाएका छन् ।


