×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अपांगतामैत्री छैनन् स्कुल

  •  
  • आइतबार, पुष २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सूर्यप्रसाद पाण्डे 

    काठमाडौं : काभ्रे, महादेवस्थानस्थित कालीदेवी प्राविको भवन दुई वर्षअघिको भूकम्पले भत्काएपछि एसियाली विकास बैंकको सहयोगमा भर्खरै सुविधासम्पन्न भवन बनेको छ । तीन करोड लागतमा बनेको भवनमा अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आवतजावत गर्न र्‍याम्प (ह्विलचियरमा हिँड्ने बाटो) पनि बनाइयो । तर, अपांगता भएका विद्यार्थीलाई शौचालयको गेटसम्म पुगेपछि शौच गर्न छुट्टै संरचना बनाइएन । अपांगता र बालमैत्री रहे पनि शौच गर्ने ठाउँ अभाव हुँदा यस्ता व्यक्तिलाई समस्या परेको छ । ‘शौचालयभित्र अपांगता भएका विद्यार्थीलाई समाउने स्ट्यान्ड बनाउनेबारे ठेकेदार कम्पनीसँग कुरा गर्दा बजेट अभाव रहेको जवाफ आयो’, विद्यालयका प्रधानाध्यापक प्रेमलाल श्रेष्ठले भने ।

    अपांगता भएका विद्यार्थीलाई आवतजावत गर्न भिरालो जग्गामा र्‍याम्प बनाइएको छ । शरीर नै धान्नसमेत समस्या पर्ने गरी बनाइएको र्‍याम्पबाट ह्विल चियरमार्फत आवतजावत गर्न कठिन छ । यति मात्र होइन, विद्यालय भवनको मुख्य द्वार बलियो गरी बनाइएको छ । सँगै सुरक्षागार्डका लागि क्वार्टर पनि छ ।

    तर, भवनलाई छेकबार गर्ने बजेट स्कुलसँग नहुँदा विद्यार्थी भिरालो ठाउँबाट लड्ने त्रासमा पठनपाठन गरिरहेका छन् । ‘स्कुल भवन बालमैत्री र अपांगतामैत्री भनेर के गर्नु ? सबल विद्यार्थीलाई त नियमित आवतजावत गर्न कठिन छ । अपांगता भएकाको समस्या कसले बुझ्ने ? ’ श्रेष्ठले भने । ठेकेदारसँग सम्झौता भएको समयमा विद्यालयलाई दिएको कागजमा भवनसँगै कम्पाउन्ड पनि बनाउने र खाली रहेको जग्गामा दुबो रोप्ने उल्लेख गरिए पनि अन्तिममा ठेकेदार पन्छिएको श्रेष्ठले बताए । सबल विद्यार्थीसँगै बौद्धिक अपांगता भएकालाई पढाइरहे पनि स्रोत अभावमा धान्न मुस्किल परेको प्रधानाध्यापक श्रेष्ठको गुनासो छ ।

    सरकारले नयाँ बन्ने भवन अनिवार्य रूपमा अपांगतामैत्री र बालमैत्री हुनुपर्ने व्यवस्था गरे पनि अधिकांश संरचना देखावटी मात्रै छन् ।

    धादिङ, सिद्धलेकस्थित सत्यवती माविमा पनि फोकस नेपाल नामको गैरसरकारी संस्थाले आधुनिक शौचालय कोठा बनाइदिएको छ । शौचालयसम्म आउने–जानेका लागि ह्विलचियर गुड्ने र्‍याम्प पनि छ । तर, शौचालयभित्र ह्विलचियर छिराउने बाटो छैन । त्यहाँभित्रको संरचना पनि अपांगता भएका व्यक्तिका लागि प्रयोग गर्न नसकिने किसिमको छ ।

    ‘हामीलाई सबै कुराको ज्ञान भएन । भवन डिजाइन गर्ने इन्जिनियर र सम्बन्धित संस्थाले पनि हेक्का राख्न सकेन’, प्रधानाध्यापक रामबहादुर खतिवडाले भने, ‘बाहिर संरचना हेर्दा अपांगतामैत्री शौचालय भन्न सकिने किसिमको छ तर भित्री संरचना फरक छ ।’

    तत्कालका लागि ह्विलचियरबाटै आवतजावत गर्नुपर्ने विद्यार्थी नभए पनि पछि आएका अवस्थामा अहिलेको शौचालय प्रयोग गर्न नसक्ने खतिवडाले बताए । विद्यालयको संरचना सुहाउँदो नभएकै कारण कतिपय ठाउँमा अपांगता भएका विद्यार्थीले पढ्नै नपाएको समाचार आउन थालेपछि सरकारले नयाँ बन्ने भवन अनिवार्य रूपमा अपांगतामैत्री र बालमैत्री हुनुपर्ने व्यवस्था गरेको छ । तर, अधिकांश नयाँ भवनमा बनेको अपांगतामैत्री संरचना देखावटी मात्र छन् । सरोकारवाला निकायको निगरानी हुन नसक्दा यस्तो समस्या देखिएको हो।

    ‘शारीरिक अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आउजाउ गर्न ह्विलचियर गुड्ने बाटो बनाउनुपर्ने सरकारी नीति छ । केहीमा समस्या देखिएको भए सुधार गर्न लगाइन्छ ।’ – गणेश पौडेल, प्रमुख, समावेशी शिक्षा शाखा, शिक्षा विभाग

    अपांगता भएका र विद्यालयसम्म सहज आवतजावत गर्न नसक्ने विद्यार्थीलाई शिक्षा विभागले मासिक ४० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ । सहज रूपमा घरबाट आउने-जाने व्यवस्था नभएका विद्यार्थीलाई भने आवासीय स्रोत केन्द्रमार्फत विभागले पढाउँदै आएको छ ।

    विभागका समावेशी शिक्षा शाखाप्रमुख तथा उपनिर्देशक गणेश पौडेलका अनुसार मुलुकभर तीन सय ८० वटा यस्ता स्रोत केन्द्र छन् । उनले भने, ‘शारीरिक अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आउजाउ गर्न ह्विलचियर गुड्ने बाटो बनाउनुपर्ने सरकारी नीति छ । अधिकांश नयाँ भवनमा यस्तो संरचना पनि छ । केहीमा समस्या देखिएको भए सुधार गर्न लगाइन्छ ।’

    भूकम्पले भत्काएको भवन बनाउन शिक्षा मन्त्रालयले गठन गरेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका कार्यकारी निर्देशक इमानारायण श्रेष्ठले अपांगता भएका विद्यार्थीलाई नै लक्ष्य गरेर धेरै संरचना बनाइएको दाबी गरे ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.