×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

२३ दिनदेखि किस्ट ठप्प

  •  
  • शनिबार, पुष २२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशान्त माली

    ललितपुर — ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल २३ दिनदेखि ठप्प छ । अस्पतालमा कार्यरत नर्सलगायत कर्मचारीले कलेज व्यवस्थापनले आफ्नो माग सुनुवाइ नगरेको भन्दै आन्दोलन गरेपछि अस्पताल ठप्प भएको हो ।

    अस्पताल ठप्प हुँदा बिरामीको उपचार मात्र रोकिएको होइन, कलेजमा अध्ययरत एमबीबीएस पाँचौं र बीडीएस (डेन्टल) चौथो वर्षमा अध्ययरत विद्यार्थीको प्रयोगात्मक परीक्षा पनि प्रभावित भएको छ । उपचार गराउन आउने बिरामी त्यसै फर्कन बाध्य छन् । फलोअपमा आउने बिरामी पनि मर्कामा छन् । अहिले अस्पताल बिरामीविहीन भएको छ ।
    कर्मचारीले अस्पतालको विनियमावली श्रम ऐनअनुसार हुनुपर्ने, तलबभत्ता समयनुकूल वृद्धि, औषधोपचार र जोखिम भत्ता नपाइएको बताएका छन् । यस अलावा अस्पतालमा ठेकेदारमार्फत कर्मचारी आपूर्ति बन्द गर्नुपर्नेलगायत १५ बुँदे माग राखेर उनीहरूले आन्दोलन गरेका हुन् । कर्मचारीको सेवासुविधाबारे अस्पताल प्रशासनसँग दुई वर्षअघि सम्झौता भएको थियो । कर्मचारले सम्झौता कार्यान्वयन गर्न ६ महिनादेखि अस्पताल व्यवस्थापनलाई ध्यानआर्कषण गराउँदै आएको बताएका छन् । तर, अस्पताल प्रशासनले समस्या समाधान गर्न चासो नदिएकाले कडा रूपमा प्रस्तुत भएको कर्मचारीको भनाइ छ ।
    अखिल नेपाल स्वास्थ्य श्रमिक संघ किस्ट अस्पतालका अध्यक्ष रूपेश केसीले अस्पताल प्रशासनले पटक–पटक माग पूरा गरिदिने आश्वासन दिए पनि कार्यान्वयन नगरेको बताए । ‘कर्मचारी वार्तामा बस्न तयार छन्,’ उनले भने, ‘तर माग सुनुवाइ गर्नुपर्ने डरले अस्पालत व्यवस्थापन पक्ष सम्पर्कविहीन भएको छ ।’ उनले अस्पतालका वरिष्ठ प्रशासक अक्षयप्रसाद गौतमलगायत कर्मचारीसँग धेरै पटक वार्तामा बसिकेको बताए । ‘कर्मचारीको माग अस्पताल सञ्चालकसमक्ष पुर्‍याउने आश्वासनबाहेक वार्तामा कुनै प्रगति भएन,’ उनले भने, ‘त्यसैले अब सीधै सञ्चालकसँग मात्र वार्तामा बस्छौं ।’ उनले सेवा बन्दले
    मर्कामा परेका बिरामी र विद्यार्थी पक्षको जिम्मेवारी अस्पताल व्यवस्थापन पक्षले लिनुपर्ने बताए ।
    अस्पतालमा ३ सय ७५ कर्मचारी छन् । कर्मचारीका अनुसार २०७२ असारबाट प्रत्येक कर्मचारीको मासिक तलबबाट १.५ प्रतिशत र अस्पताल व्यवस्थापनबाट १ प्रतिशत रकम व्यहोर्ने गरी कर्मचारी कल्याणकारी कोष खडा गरिएको थियो । अहिले कोषमा जम्मा भएको रकमबारे कर्मचारी अनभिज्ञ छन् । अस्पताल व्यवस्थापन पक्षसँग सम्झौता अनुसार कर्मचारी स्वयंले उपचार गराएबापत पाउने ८० प्रतिशत र परिवारलाई गराएबापत पाउने ४० प्रतिशत छुट पनि पाएका छैनन् । किस्टबाट अर्को अस्पतालमा रिफर गर्नुपरेमा कर्मचारीले पाउने २ लाख रुपैयाँ पनि नपाएको कर्मचारीको गुनासो छ ।
    नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन किस्ट अस्पतालका अध्यक्ष यमबहादुर श्रेष्ठले सञ्चालकको व्यक्तिगत स्वार्थका कारणले अस्पताल परिसरको फार्मेसीसमेत व्यक्तिलाई सञ्चालन गर्न दिएको आरोप लगाए । ‘फार्मेसी सेवाग्राहीको हितका लागि अस्पताल प्रशासन आफंैले सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘अस्पताल प्रशासनले व्यक्तिगत स्वार्थका लागि ठेकेदार कम्पनी ग्लोबल टेन्डर संस्थाबाट कर्मचारी आपूर्ति गर्ने गरेको छ ।’ उनले बिहान, दिवा र राति काम गर्ने कर्मचारीलाई खाना खान जानसमेत समय छुट्याइएको बताए । ‘कर्मचारी तनाव र चापमा काम गर्न बाध्य छन्,’ उनले भने, ‘उनीहरूलाई जोखिम भत्ता पनि छैन ।’
    अस्पताल प्रशासनले भने कलेजमा १ सय ५० जना विद्यार्थी मात्र भर्ना गर्न पाइएकाले कर्मचारीको माग पूरा गर्न नसकिने दाबी गर्दै आएको छ । अस्पतालका वरिष्ठ प्रशासक गौतमले सरकारले विद्यार्थी भर्ना सिट र शुल्क सीमित गरिदिँदा समस्या भएको बताए । ‘अस्पतालको आम्दानी कम भएकाले माग पूरा गर्न गाह्रो परेको हो,’ उनले भने, ‘कलेज ऋणमार्फत सञ्चालन भइरहेको छ ।’ उनले अस्पताल परिसरको फार्मेसी निजी–सार्वजनिक–साझेदारी (पीपीपी) मोडेल अनुसार सञ्चालनमा ल्याएको दाबी गरे । ‘कर्मचारी कल्याणकारी कोषको रकम पनि सुरक्षित छ,’ उनले भने, ‘कर्मचारी काममा नफर्केकाले वार्ता हुन नसकेको हो ।’
    श्रम विभागले वार्तामार्फत् समस्या समाधान गर्न आग्रह गर्दै अस्पालतको नाममा शुक्रबार काटेको पत्र अस्पताल सञ्चालकले बुझ्न मानेनन् । श्रम विभागका प्रवक्ता रुद्रप्रसाद पौडेलले किस्टका सञ्चालकले पत्र बुझ्न नमानेपछि अस्पताल परिसरको सूचना बोर्डमा टाँस गरिएको बताए । ‘पत्र बुझ्न नमानेकाले कानुनी प्रक्रिया अनुसारअगाडि बढाएका छौं,’ उनले भने, ‘पत्रमार्फत अस्पतालका सञ्चालकलाई सोमबार कर्मचारीसँग वार्ता बस्न अनुरोध गरेका छौं ।’
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष २२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.