गोरखा समाचारदाता
पुुस २१ गते । सरकारले आउँदो माघ २४ गते राष्ट्रियसभाको चुनाव गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते चुनाव गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने बारे पनि छलफल भएको छ। समायावधि कति थप्ने भन्नेबारे भने आगामी सोमबार बस्ने मन्त्रिपिरषदको बैठकले निर्णय गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


