×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीलाई प्रदेश १ को राजधानी बनाउन मन्त्रीलाई दबाब

  •  
  • शुक्रबार, पुष २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रत्नप्रसाद आचार्य

    धरान : सुनसरीबासीले प्रदेश राजधानी घोषण विषयलाई लिएर सुनसरीबाट प्रतिनिधित्व गर्ने तीनजना मन्त्रीको भूमिका खोज्न थालेका छन्। प्रदेश १ को राजधानीका दाबेदार जिल्ला सुनसरी, मोरङ र धनकुटाले आन्दोलन चर्काइरहेका बेला सुनसरीको टोली भने जिल्लाबाटै निर्वाचित भएका उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्र कार्की र वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्मालाई भेट्न काठमाडौं पुगेको छ।

    सरकारले प्रदेशको अस्थायी राजधानी घोषण गर्ने अन्तिम तयारी गरिहेका बेला सुनसरीबासीले जिल्लाबाट प्रतिनिधित्व गर्ने तीनैजना मन्त्रीलाई सुनसरीलाई राजधानी बनाउन महत्वपूर्ण भूमिका खेल्न दबाब दिएका हुन्।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने अन्तिम तयारी गरिरहेका बेला सुनसरीलाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै सुनसरीबाट धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीको नेतृत्वमा सर्वदलीय टोली काठमाडौं पुगेको हो। टोलीले सुनसरीलाई राजधानी घोषना गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ज्ञापनपत्र बुझाइ सकेको छ।

    भण्डारीको टोलीमा एमालेका नारायण सुवेदी, कांग्रेसका किशोर राई, माओवादीका अइन्द्रविक्रम बेघा र संघीय समाजवादी फोरमका ताजुव लिम्बुलगायतका नेता सहभागी छन्। उनीहरुले सुनसरी क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित संसद समेत रहेका उपप्रधानमन्त्री गच्छदार, अथमन्त्री कार्की र वाणिज्यमन्त्री विकलाई भेटेर सुनसरीलाई प्रदेश राजधानी घोषण गर्न दबाब दिएका हुन्।

    सुनसरीलाई प्रदेश राजधानी बनाउनका लागि कांग्रेस सुनसरीका सभापति राजिव कोइराला, अर्का नेता चन्द्रप्रसाद श्रेष्ठ र नेविसंघ महामन्त्री सरोज थापालेसमेत प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री गच्छदार, अर्थमन्त्री कार्की र वाणिज्य मन्त्रीलाई दवाव दिन काठमाडौं गएका हुन्।

    यस पटकको निर्वाचनमा एमाले किल्ला भत्काएर प्रतिनिधिसभातर्फ तीन सिट र प्रदेशसभातर्फ तीन सिट जितेर देशभरकै जिल्ला मध्य सुनसरीले उत्कृष्ट नतिजा ल्याएको अवसरमा सुनसरीलाई प्रदेश राजधानी बनाउदा जनतामाझ कांग्रेसले अझ लोकप्रियता कमाउने कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले बताए। सुनसरीलाई प्रदेश राजधानी बनाउदा भौतिक, शैक्षिक, स्वास्थ्य, वातावरणीय हिसाबले मात्र उपयुक्त नभएर ताप्लेजुङदेखि सोलखुम्बुका लागि पनि केन्द्र हुने उनको भनाइ छ।

    धरान, इटहरी, झुम्का, इनरुवा, दुहवीलगायत सहरमा भौतिक पूर्वाधार र सम्भावना रहेको भन्दै सुनसरीबाट गएको टोलीले मन्त्रीहरुलाई ध्यानाकर्षण गराएको एमालेका धरान अध्यक्ष नारायण सुवेदीले जानकारी दिए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.