×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पोर्न एडिक्सन्

  •  
  • शुक्रबार, पुष २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    केही विषयलाई विश्वव्यापी सत्यका रूपमा लिइन्छ। मान्छेका भाषा फरक छन्। उनीहरूले खाने परिकार फरक छन्। व्यवहार फरक छन्। यो फरकबीच पनि सत्यचाहिँ के हो भने संसारभर करोडौंले ‘पोर्न मुभी’ हेर्छन्। मान्छेलाई मनोरञ्जन (आनन्द) दिने यही पोर्नलाई समाजमा नकारात्मक प्रभाव पार्ने प्रमुख कारकका रूपमा पनि लिइन्छ।

    इन्टरनेटमा सहजै उपलब्ध हुने भएकाले पनि विगत केही दशकदेखि पोर्न हेर्ने दर्शकको वृद्धि भइरहेको छ। मान्छे ‘भर्जुअल’ दुनियाँमै मस्त देखिन्छन्। केही समयपहिले बेलायतको ‘न्युकास्टल युनिभर्सिटी’का केही अनुसन्धानदाताले पोर्नोग्राफीलाई लिएर अनुसन्धान गरे। पोर्नले मान्छेको सम्बन्धमा असर पार्नसक्ने उनीहरूको निष्कर्ष रह्यो। नियमित पोर्नोग्राफी हेर्नेहरू वास्तविकता र भर्चुअल दुनियाँ छुट्याउन नसकेरै अलमलिने उनीहरूको भनाइ छ।

    पोर्नोग्राफीले असर गर्छ कि गर्दैन भन्ने खास आधार के हो त ? पोर्नोग्राफीका अनुसन्धानदातासँग केही उत्तर छ ? पोर्नको प्रभाव बुझ्न पोर्नोग्राफी नियमित हेर्नेहरूकै कुरा पत्याउनुपर्ने बाध्यता छ। अरू विकल्प कुनै छ र ! प्रयोगशाला (ल्याब)मा लगेर जाँचबुझ गर्न मिल्दैन। त्यसो गर्न खोजिन्छ भने त्यो हाँसउठ्दो र बेवकुफी काम हो।

    सेक्सुअल भ्वाइलेन्स

    पोर्नको लत लागेकालाई समाजमा बारम्बार यौन अपराधसँग जोडेर हेरिन्छ। पोर्नले तीव्र यौन इच्छालाई साम्य पार्छ कि बलात्कार गर्न प्रेरित गर्छ ?पोर्नले यौन अपराध बढाउने सम्भावनालाई लिएर चर्चा-परिचर्चा हुने गर्छ। एउटा उदाहरण लिऔं— सन् १९७० मा ‘युनिभर्सिटी अफ कोपनहेगन’का प्रोफेसर बर्ल कुटचिन्स्कीले पोर्नको विषयमा अनुसन्धान गरे। ६० को दशकमा डेनमार्क, स्विडेन र जर्मनीले पोर्नलाई कानुनी रूपमा वैधानिकता दिएलगत्तै उनले उक्त अनुसन्धान गरेका थिए। पोर्नोग्राफीलाई स्वीकृति दिएपछि बलात्कार, बाल यौनशोषण तथा अन्य यौन अपराधको घटबडबारे उनको अध्ययन थियो। उनको अनुसन्धानले पोर्नोग्राफी र यौन अपराधबीच खासै सम्बन्ध देखेन।

    sex-love-life-2013-12-02-couple-lying-in-bed-main

    सन् १९९५ मा एउटा अर्को अनुसन्धान भयो, ‘मेटा एनालाइसिस अफ ट्वेन्टिफोर स्टडिज।’ यसमा चार हजार सहभागीलाई लिएर पोर्न र यौन अपराधका सम्बन्धमा अध्ययन गरिएको थियो। बलात्कारको परम्परागत विचारलाई आधार मानेर अनुसन्धानलाई अगाडि बढाइयो। ‘एउटी महिला पहिलो डेटिङका रूपमा पुरुषको अपार्टमेन्टमा जान्छे भने उक्त महिलासँग यौन इच्छा हुन्छ’ भन्ने विचारसँग सहभागीहरूको राय मागिएको थियो, अनुसन्धानमा। पोर्नोग्राफीलाई लिएर यस्ता धेरै अध्ययन, अनुसन्धान भएका छन्।

    जे होस्, पछिल्ला वर्षमा पोर्नलाई यौन अपराधको खुड्किलोको रूपमा हेर्नेहरू प्रशस्तै छन्। एक पोर्नस्टारले केही समयपहिले सार्वजनिक भएको आफ्नो ‘डकुमेन्ट्री’मा भनेकी छन्, ‘पोर्न भनेको ओछ्यानमा प्रेम देखाउनु हो।’ २०१० मा तीन सयभन्दा धेरै पोर्न दृश्यको अनुसन्धानबाट के पत्ता लाग्यो भने ८८ प्रतिशत पोर्न भिडियोमा शारीरिक आक्रामकता देखिन्छ। आक्रामक हुनेहरू धेरै पुरुष नै छन् र उनीहरू महिलामाथि लक्षित भएका छन्। पोर्नमा किन त्यति धेरै आक्रोशित भन्ने प्रश्नमा पोर्नस्टारहरूको भनाइ हुन्छ- दर्शकहरूलाई मजा दिनुपर्‍यो नि !

    पोर्नको लत लागेकालाई समाजमा बारम्बार यौन अपराधसँग जोडेर हेरिन्छ। पोर्नले तीव्र यौन इच्छालाई साम्य पार्छ कि बलात्कार गर्न प्रेरित गर्छ ?

    सन् २००९ का ८० भन्दा धेरै अनुसन्धानले पोर्न र यौन दुव्र्यवहारबीच थोरै मात्र सम्बन्ध रहेको बताएका छन्। बरु यस सम्बन्धमा अनावश्यक हल्ला फिँजाउन ‘मिडिया’ र ‘पोलिटिक्स’ले ठूलो भूमिका खेलिरहेका छन्। यसै अनुसन्धानको पुस्तकमा रिचार्ड डी. हार्टलीले भनेका छन्, ‘अब अनुमानका आधारमा जथाभावी बोल्ने समय छैन। पोर्न र यौन दुव्र्यवहारबीच कुनै गहकिलो सम्बन्ध देखिँदैन।’

    ‘युनिभर्सिटी अफ क्यालिफेर्निया’का नेल मालामुथले पनि पोर्न र यौन हिंसालाई लिएर केही अनुसन्धान गरे। झन्डै तीन सय जनामा गरिएको अनुसन्धानमा भनिएको छ— जोसँग पहिलेदेखि नै तीव्र यौनइच्छा छ र ऊ सेक्सकै लागि जस्तोसुकै कदम उठाउन पनि सक्छ, त्यस्ता व्यक्तिले पोर्नोग्राफी हेरे भने यौन दुव्र्यवहार÷शोषण हुने सम्भावना हुन्छ। पोर्नकै कारणले यौन दुव्र्यवहार हुन्छ भन्ने कुरामा उनी सहमत देखिँदैनन्। सन् २०१३ मा ‘बीबीसी रेडियो ४’ ले पोर्न हेर्नुलाई अल्कोहलसँग तुलना गर्‍यो। यो त्यति खतरनाक बन्छ जति अरू समस्या शरीरमा पहिलेदेखि नै हुन्छन्। अर्थात्, तपाईंमा पहिलेदेखि नै केही समस्या छ भने पोर्न र अल्कोहलले त्यसलाई बढावा दिने मात्र हो।

    सम्बन्धका कुरा

    ‘मैले पोर्नस्टारको जस्तै कपडा लगाऊँ र उनीहरूको जस्तै व्यवहार देखाऊँ भन्ने मेरो ‘ब्वाइफ्रेन्ड’को चाहना छ। अहिले पोर्न सहज छ। गाडीमा हिँड्दादेखि ‘क्लास रुम’मा बस्दासम्म हेर्न सकिन्छ।’ बेलायती सरकारले गरेको यौनसँग सम्बन्धित अनुसन्धानमा १७ वर्षे एउटी केटीले भनेका कुरा हुन् यी। अनुसन्धान विशेषतः तन्नेरीमा केन्द्रित थियो। उनीहरूको पोर्नसँगको आकर्षण र व्यवहार अनुसन्धानको मुख्य विषय थियो।

    अत्यधिक पोर्न हेर्नेहरू आफ्नो साथीसँग सेक्सको मामलामा कम सन्तुष्ट हुने बताउँछन् डोग्लास केनरिक। सन् १९८९ मा उनले पोर्नलाई केन्द्रित गरेर आफ्नो अनुसन्धान टुंग्याएका थिए। यो अनुसन्धान त्यति बेला ‘साइकोलोजी’ विषयमा निकै महŒवका साथ हेरिएको बताउँछिन्, ‘युनिभर्सिटी अफ वेस्टर्न ओन्टोरियो’का डोग्लास। उनले पछि फेरि एक सय ५० जना महिला र चार सय पुरुषबीच अनुसन्धान गरिन्। यसबाट केही विवादास्पद परिणाम आयो। उनीहरूलाई नांगा महिला र नांगा पुरुषको फोटो देखाएर कति माया लाग्यो, कति यौनभावना जागृत भयो भनेर सोधियो। यो अनुसन्धानबाट आएको परिणाम १९८९ को भन्दा केही फरक थियो।

    पोर्नोग्राफी हेर्नेहरू डिभोर्ससम्म पुग्छन् भन्ने अनुसन्धानको परिणाम थियो। अमेरिकामा पोर्नोग्राफी हेर्न सुरु भएपछि डिभोर्स गर्नेहरू झन्डै दोब्बरले बढे। महिनामा दुईतीनपटक पोर्न हेर्नेहरू आफ्नो जीवनसाथीसँग छुट्टिन चाहे। ‘लाइफ पार्टनर’सँगको असन्तुष्टि पोर्नोग्राफीकै कारणले भएको हो भन्ने आधार के ? यस बारेमा चाहिँ अनुसन्धान चुप छ। अर्कातिर के निष्कर्ष निक्लियो भने दैनिक पोर्न हेर्नेहरू (दिनमा कम्तीमा एक भिडियो) चाहिँ डिभोर्स गर्न रुचाउँदैनन्। पोर्न हेरेर सम्बन्धविच्छेद गर्नेभन्दा पोर्न नहेरी सम्बन्धविच्छेद गर्नेहरू बढी भए।

    यौन जिन्दगी

    श्रीमान र श्रीमतीबीच फाटो ल्याउन पोर्नले ठूलो भूमिका खेल्छ भन्ने आरोप लाग्दै आएको छ। यो कुराचाहिँ र्पाेर्नलाई कुन रूपमा हेरिन्छ र कसरी प्रयोग गरिन्छ भन्नेमा भर पर्ने बताउँछन् अनुसन्धानदाता। पुरुषहरू जति धेरै पोर्न हेर्छन्, उनीहरू उति नै महिलासँग असन्तुष्ट हुने विभिन्न अनुन्धानको निष्कर्ष छ। तर, महिलाको मामलामा भने यो ठीक विपरीत हुन्छ।

    महिलाहरू एक्लैभन्दा साथीसँग बसेर पोर्न हेर्न रुचाउने भनाइ छ। तर, पुरुष भने साथीसँग बसेर पोर्नोग्राफी हेर्न रुचाउँदैनन्। एक्लै बसेर गोप्य रूपमा हेर्ने उनीहरूको चाहना हुन्छ। अनुसन्धानले भन्छ— एक्लै बसेर हेर्नेहरूको भन्दा ‘लाइफ पार्टनर’सँग बसेर पोर्न हेर्नेहरूको सम्बन्ध झनै गहकिलो हुन्छ।

    पार्नोग्राफीको लत हुन्छ कि हुँदैन ? अल्कोहल एडिक्सन र पोर्न एडिक्सनलाई जोडेर विभिन्न अनुसन्धान भएका छन्। यी दुवैले ‘ब्रेन’लाई उस्तैउस्तै प्रभाव पार्ने बताइन्छ।

    यौन व्यवहार

    पोर्नोग्राफीले मान्छेलाई ‘ओपन माइन्डेड’ बनाउनुका साथै सेक्सका लागि सजिलो (कम्फर्टटेबल) बनाउने अध्ययनबाट थाहा पाउन सकिन्छ। अत्यधिक पोर्न भिडियो हेर्न रुचाउने ‘होमोसेक्सुअल’हरूले सुरक्षित यौन साधन अपनाउन रुचाउँदैनन्। यस्ता साधनलाई उनीहरू झन्झटका रूपमा हेर्छन्। विभिन्न अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो।

    सुरक्षित यौनसम्पर्कका लागि कन्डम निकै चर्चित छ। केही वर्षपहिले पोर्न इन्डस्ट्रीहरूले कन्डम लगाएर पोर्न भिडियो खेल्न नपाइने नियम नै बनाए। अब खतरा झनै बढेर गयो। भिडियो खेल्नेहरूले दैनिकजसो सरुवा रोगको उपचार गर्नुपर्ने भयो। रोगहरूबाट बच्न यौन साधन अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

    सन् २००२ देखि २००४ सम्मको अनुसन्धानबाट के निष्कर्ष निकाल्न सकिन्छ भने पोर्नोग्राफी अत्यधिक हेर्नेहरूका सेक्स पार्टनर धेरै हुन्छन्। उनीहरू सेक्सका लागि जेसुकै गर्न र जति पनि पैसा खर्च गर्न तयार हुन्छन्।

    निष्कर्ष

    पोर्न भिडियो हेर्नुलाई समाजको विभिन्न समस्यासँग जोडिन्छ। तर, अनुसन्धानहरूले यो कुरालाई काट्दै आएको छ। अनुसन्धानका पनि केही सीमितता नभएका होइनन् तर प्रत्येक अनुसन्धानले पोर्न र समाजका समस्यालाई अलग राख्छ। यसो हो भने समाजका तमाम समस्यालाई लिएर पोर्नसँग जोड्नुको औचित्य के ?

    भविष्यमा आउने नयाँनयाँ पोर्न भिडियोले समाजमा झनै धेरै समस्या ल्याउँछ त ? त्यो अहिले नै भन्न गाह्रो छ। पोर्नले दाम्पत्य जीवनमा पार्र्ने प्रभावदेखि यौन अपराधका बारेमा थुप्रै प्रश्न ज्यूँदै छन्। ठोस निष्कर्ष नआएसम्म यसको अध्ययन हुन जरुरी छ। पोर्नले समस्या निम्त्याउँछ भन्ने कुराचाहिँ यसलाई कसरी लिइन्छ भन्नेमा भर पर्छ। यो व्यक्तिपिच्छे फरक हुनसक्छ।

    (बीबीसीमा प्रकाशित यस लेखलाई किरण दहालले अनुवाद गरेका हुन्।)

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.