काठमाडौँ, पुस १६ गते । साली नदीमा एक महिने साँखु महोत्सवको आयोजना गरिने भएको छ । साँखुमा पुस १७ गतेबाट एक महिनाका लागि माधवनारायण र स्वस्थानी व्रत सुरु हुँदैछ । मेलाका लागि साजसज्जा कार्य सकिएको छ । आइतबार व्रतालुले नित्य स्नान गर्ने र पोखरी बनाउने कार्य सकिने छ । शङ्करापुर नगरपालिकाका मेयर सूवर्ण श्रेष्ठका अनुसार महोत्सवमा समग्र साँखुको साँस्कृति झाँकी, परिकार, भेषभुषा, जात्रापर्व र खेतीपातीका बारेमा प्रदर्शन हुनेछ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाका अनुसार हालसम्म ८० व्रतालु व्रतमा सहभागी हुन तयार भएका छन् । भक्तपुरको हनुमानघाटमा पनि पानी छेकेर पोखरी बनाउने कार्य भइरहेको छ । गुठी संस्थान कालमोचन कार्यालय प्रमुख वैकुण्ठ रेग्मीका अनुसार शाली नदीका लागि एक लाख ५० हजार रुपियाँ निकासा भएको छ ।


