×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

श्रीमतीले पोलेर खाइन श्रीमानको चार वटा औँला

  •  
  • बिहिबार, पुष १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     देवेन्द्र बस्नेत

    दाङ – श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्।

    जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि आश्चर्य लाग्ने यो घटना दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने गाउँको हो । ६४ वर्षीया वृद्धा रिसमी महतराले श्रीमान चन्द्रबहादुरको चारवटा औँला काटेर पोलेर खाएकी छन् । ‘यो आश्चर्य चकित पार्ने घटना भएको छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले भने ‘श्रीमानको हातका चार वटा औँला काटेर श्रीमतीले खाएकी छिन् ।’ यो घटनाको मूल कारण घरायसी विवाद थियो।

    प्रहरीका अनुसार चन्द्रबहादुरले श्रीमती रिसमीलाई मदिरा सेवन गरेर जहिल्यै कुटपीट गर्थे । लामो समयदेखि मदरा सेवन गरेर भकुर्ने श्रीमान देखि रिसमी आजित बनिसकेकी थिइन् । ‘जहिल्यै रक्सी खाएर आउने अनि मलाई कुट्ने गर्थे,’रिसमीको भनाई उद्धृृत गर्दै डिएसपी सापकोटाले भने ‘धेरै लामो समय देखि लोग्नेको अत्याचार सहिरहेको थिएँ ।’

    बुधबार राती पनि चन्द्रवहादुर मदिरा सेवन गरेरै घर फिरे । पहिले जस्तै उनी श्रीमतीसँग बाझ्न थाले । रिसमीले आफूलाई रोक्ने प्रयास गरिन् । तर चन्द्रबहादुर उनिमाथि जाई लाग्न थाले । श्रीमानले आफूलाई भकुर्न थालेपछि रिसमीले होस गुमाइन् । नजिकै रहेको अचानोमा श्रीमानको दायाँ हात राखिन् अनि नजिकै रहेको गराँसी (मासु काट्ने धारिलो हतियार) ले उनको चारवटा औँला जरैबाट छिनालिदिइन्।

    ‘सुरुमा विवाद हुँदासम्म श्रीमतीले सहेकी रहिछन्,’सापकोटाले भने ‘पछि कुटपिट हुन थालेपछि उनले होस गुमाएकी रहिछन् ।’ प्रहरीका अनुसार रिसमीले छुट्टिएका चार वटा औँला दन्किरहेको आगोमा पोलिन्, अनि खाइन् । ति महिलाले रिसको चरम सीमामा रहेकाले पोलेर खाएको प्रहरीलाई बयान दिएकी छिन् । ‘रिसले केही सोचिन र यसको मासु खान्छु भनेर औँला पोलेर खाएकी हुँ,’ ति महिलाको भनाई उद्धृत गर्दै डिएसपी सापकोटाले भने ‘चारवटै औँला पोलेर खाएको भन्ने बयान दिएकी छिन्।’

    यो घटनाबारे गाउँलेहरूले जानकारी पाएपछि प्रहरी घटनास्थल पुग्यो । औँला पोलेर खाएको भन्नै महिलाको बयान प्रति आशंकामा रहेको प्रहरीले चन्द्रबहादुरका चार वटा औँलाको खोजी गर्यो तर कतै फेला पारेन । ‘आगो दन्किरहेको थियो, औँला काटेर त्यही आगोमा पोलेर खाएकी हुँ भनेर औँला नखोज्नुस् भनेर ति महिलाले भनिन्,’ डिएसपी सापकोटाले भने।

    श्रीमानको ज्यादती सहन नसकेर औँला काटेर खाएको बताएकी ति महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । अहिलेसम्म रिसको सीमा पार भएपछि औँला पोलेर खाएको भन्ने मात्रै ति महिलाले बयान दिएकी छिन् । ‘खाली रिसको सीमा चरमचुलीमा पुगेपछि यो घटना भएको भनेर ति महिलाले बयान दिएकी छिन्,’सापकोटाले भने ‘हामी थप अनुसन्धानमै छौँ ।’ ‘हामीहरूले गाउँलेहरूलाई पनि ति महिलाको मानसिक सन्तुलनबारे सोधपुछ गर्यौँ,’डिएसपी सापकोटाले भने ‘तर ति महिला मानसिक रुपमा ठिक छिन् ।’ औँला काटिएका चन्दबहादुरलाई तुलसीपुर स्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.