×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दमकमा तीन खर्ब ३३ अर्बको लागतमा औद्योगिक पार्क बन्दै, चिनियाँ टोलीद्वारा स्थलगत अवलोकन 

  •  
  • बिहिबार, पुष १३, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अर्जुन राजवंशी

    दमक — झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको एक उच्चस्तरीय टोलीले बिहीबार स्थलगत अवलोकन गरेको छ । टोलीले दमक नगरपालिका १० स्थित प्रस्तावित औद्योगिक क्षेत्रको चार वटा ब्लकमध्ये ‘ए’ ब्लकको स्थलगत अवलोकन गरेको हो ।

    चीन सरकारले ‘वान रोड वान बेल्ड’ (ओबर) अन्तर्गत दमकमा औद्योगिक क्षेत्र बनाइदिने भएको हो । उक्त परियोजनाको बिस्तृत अध्ययनका लागि चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरु स्थलगत अवलोकनमा आएका हुन् । ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको हो । उक्त टोलीलाई दमक नगरपालिकाले भब्य स्वागत गरेको छ ।
    स्वागत कार्यक्रममा बोल्दै लिउ रुपेङले दमकमा स्थापना हुने औद्योगिक क्षेत्रले नेपालको आर्थिक क्रान्तिलाई सफल बनाउने बताए । उनले यो क्षेत्रले चीन र नेपालको सम्बन्धलाई लगानीको हिसाबले पनि बलियो बनाउन चाहेको बताए । उनले नेपालमा उद्योग र रोजगारी विकासको लागि औद्योगिक पार्कमा लगानी गर्न लागेको बताए ।
    नेपालको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले चीनको उच्चस्तरीय टोलीको भ्रमणले औद्योगिक क्षेत्र निर्माणको कार्यले अझ तीव्रता पाउने विश्वास व्यक्त गरे । इन्डस्ट्रिज पार्कका अध्यक्ष गोविन्द थापाले दमकमा निर्माण हुने औद्योगिक क्षेत्रले नेपाल–चीन–भारत र बंगलादेशलाई व्यापारीक माध्यमबाट अझ प्रगाढ बनाउने बताए । उनले मुलुकको आर्थिक समृद्धिको एजेण्डालाई कार्यान्वयनका लागि पनि यो औद्योगिक क्षेत्रको निर्माण जरुरी रहेको बताए ।
    ओबर अन्तर्गत चीन सरकारले तीन खर्ब ३३ अर्बको लागतमा औद्योगिक पार्क बनाइदिने सम्झौता यसअघि नै भइसकेको दमकका कार्यकारी अधिकृत युवराज दाहालले बताए । दाहालका अनुसार दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क बनाउने प्रक्रिया अघि बढेको हो । उनका अनुसार पार्क निर्माणका लागि अहिलेसम्म ५ सय ४२ बिघा जग्गा प्राप्त भईसकेको छ । बाँकी जग्गा प्राप्तिको लागि अधिग्रहणको काम भइरहेको उनले बताए ।
    उनका अनुसार ‘चीन नेपाल यूई इन्डस्ट्रियल पार्क’ निर्माणका लागि समझदारीपत्र (एमओयू) समेत भइसकेको छ । उनले तीनदेखि ४ महिनाभित्रमा औद्योगिक पार्कको शिलान्यास गराउने तयारी तीव्र पारिएको छ । उनले पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) फास्ट ट्रकमार्फत बनाएर नेपाल र चीनको शीर्ष तहबाट शिलान्यास गराउने गृहकार्य भइरहेको बताए ।
    चिनियाँ टोलीले मंगलबार र बुधबार गरि दुई दिनमा राजधानीमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उद्योग मन्त्री सुनीलबहादुर थापा, सचिव यमकुमारी खतिवडा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीलगायतका उच्च अधिकारीहरुलाई भेटगरि छलफल गरेको थियो । बिहीबारको अवलोकनपछि यहाँ स्थापना गर्न सकिने उद्योगहरु, भौतिक पूर्वाधार विकासलगायत विषयमा थप छलफल हुनेछ ।
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.