×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कतारका नेपाली भन्छन्- गोलभेडा खान छाडियो !

  •  
  • बुधबार, पुष १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • नाकाबन्दीको असर आप्रवासी नेपालीसम्म
    ओमप्रकाश बानियाँ

    १२ पुस, कतार । विगतमा नेपालले भारतीय नाकाबन्दी खेपेजस्तै कतारले यतिबेला छिमेकी देशहरुको नाकाबन्दी खेपिरहेको छ । र, यो नाकाबन्दीको असर नेपालीहरुलाई समेत परेको छ ।

    कतारलाई साउदी अरेबियाको नेतृत्वमा युएई, बहराइन लगायत ९ वटा देशले संयुक्तरुपमा नाकाबन्दी लगाएको करिब ६ महिना बितिसक्यो ।

    आतंककारीलाई संरक्षण र आर्थिक सहयोग गरेको भन्दै जून ६ देखि १३ बुँदे शर्तसहित औपचारिक रुपमा जल, स्थल र हवाई नाकाबन्दी खेपेको कतारले अहिलेसम्म पनि नाकाबन्दीलाई खुकुलो पार्ने सफलता पाएको छैन । यद्यपि कतारका उच्चअधिकारीहरु आफ्नो देशमाथि लगाइएको आतंकवादलाई सहयोग गरेको आरोप निराधार र कपोकल्पित रहेको बताउँछन् ।

    मिनी नेपाल भनेर चिनिने कतारमा ४ लाख नेपालीको बसोबास छ । २०१४ को तथ्यांकअनुसार कतारमा २३ लाख मानिस बसोबास गर्दै आएका छन् । कतारको आˆना नागरिक ३ लाख १३ हजार रहेको तथ्यांकले देखाउँछ ।

    नेपालले प्राप्त गर्ने रेमिटेन्समा पछिल्लो समयमा कतारको योगदान १०.१८ प्रतिशत रहदै आएको छ । नेपाल श्रम मन्त्रालयले दिएको तथ्यांक अनुसार अहिलेसम्म साढे १२ लाखले कतारमा रोजगारको श्रम स्वीकृति लिएका छन् । हाल कतारमा रहेको अप्रावासीको संख्यामा नेपाल दोस्रो नम्बरमा आउँछ । पहिलो नम्बरमा भारतीय नागरिक छन्, उनीहरू ६ लाखको हाराहारीमा रहेका छन् ।

    कतारको ‘फिगर’

    जब तपाईं आˆनो मेहनत र परिश्रमले अगाडि बढ्ने कोशिश गर्नुहुन्छ, तब तपाईंलाई पछाडिबाट खुट्टा तान्नेहरु धेरै हुन्छन् । चाहे त्यो एक व्यक्तिले अर्को व्यक्तिलाई होस् या एउटा देशले अर्को देशलाई होस् ।

    कुल ११ हजार ५ सय ७१ वर्ग किलोमिटर क्षेत्रफल रहेको कतारमा २३ लाख जनसंख्या छ । अर्थात् १३.५ प्रतिशत मात्रै कतारीहरु बसोबास गर्छन् । बाँकी सबै रोजगारीका लागि कतार आएका आप्रवासीहरु यहाँ बसोबास गर्छन् ।

    यहाँको प्रतिव्यक्ति आय १ लाख ४५ हजार ८ सय ९४ डलर छ, जुन संसारकै सबैभन्दा बढी प्रतिब्यक्ति आय भएको देश पनि हो । कतारको तुलनामा नेपालको प्रतिव्यक्ति आय निकै न्यून छ अर्थात् ८३७ डलरमात्रै छ ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययन अनुसार नेपालमा प्रतिपरिवार ६ हजार ५ सय १४ रुपैयाँ मासिक रेमिटेन्सका रुपमा भित्रिने गरेको छ ।

    कतारमा गर्मीमा ५५ डिग्रीसम्म तापक्रम हुन्छ भने जाडोमा असाध्यै जाडो हुन्छ । सरदर यहाँ कामदारहरुको तलब ९ देखि १५ सय कतारी रियल रहेको छ । नेपाली २८ देखि ३५ हजारसम्म हुन्छ । तर धेरै नेपालीहरु ठूला-ठूला पद र आˆनै कम्पनीसमेत खोलेर नबसेका भने होइनन् । यहाँ कामदारहरु क्याम्प सनैया, साहनिया, दुखान, रसलाफान आदिमा छन् ।

    यस्तै यहाँका घुम्ने ठाउँहरु मल अफ कतार, पर्ल कतार, भिलाजु, कर्नेच, कतार जु, एसपाएर पार्क, कटरा कल्चरल भिलेज, एटेट ग्रेन्ड मस्जिद, सेफ खलिफा, म्युजियम ईस्लाम आर्ट आदि यहाँका प्रमुख पर्यटकीय स्थलको रुपमा चिनिन्छ । अहिले यी ठाउँहरुमा प्रायः भिड देखिँदैन । यहाँ ईस्लाम ६८.२५, क्रिश्चियन १५.८५, हिन्दु ११.३५, बौद्ध धर्मावलम्वी ३.१५ र अन्य धर्मावलम्बीहरु ०.७५ छन् ।

    विश्वकपलाई असर पार्ने डर

    सन् २०२२ मा विश्वकप सञ्चालनका लागि दोहाका विभिन्न ठाउँमा आधा दर्जन स्टुडियम धमाधम बनिरहेका छन् । स्टुडियमसँग जोडन मेट्रो रेल, आकाशे पुल, लगायत सडकहरुको काम धमाधम भैरहेको छ । यी काममा नेपाली कामदारहरु उल्लेखनीय संख्यामा छन् ।

    तर, नाकाबन्दीले गर्दा समयमा यी कामहरू समयमै नसकिने हो कि भन्ने चिन्ता पनि गर्दै आएका छन् । तर, कतारी अधिकारीहरु भने अहिले धेरै काम सकिएकाले समयावधिभित्र नै काम सकिने बताउँछन् ।

    नेपालीसमेत मारमा पर्न थाले

    दोहामा कार्यरत नेपालीहरु आफू पनि नाकाबन्दीको मारमा परेको बताउँछन् । दुबई, साउदी अरबबाट आउने सामान रोकिएको र हवाई मार्ग प्रयोग गर्दा मूल्य महंगो पर्ने भएकाले नेपाली व्यवसायीहरु बढी मारमा परेका छन् ।

    नाकाबन्दीले गर्दा महंगी बढेपछि नेपाली कामदारमा समेत यसको सोझो असर परेको छ ।

    कतारसँग साउदी अरबको जमीनी नाका जोडिएको छ । त्यो बन्द हुँदा ताजा तरकारी फलफूल आयात हुन पाएको छैन । हवाई मार्ग बाट आउँदा महंगो पर्छ ।

    कतारमा रेस्टुरेन्ट ब्यवसाय गर्दै आएका एक नेपाली भन्छन्- लामो समयको नाकाबन्दीले गर्दा हाम्रो व्यवसाय धरापमा परेको छ, एउटा सामान भेटिए पनि अर्को आईटमको सामान पाइँदैन, पाए पनि महंगो पर्छ । ग्राहकलाई महंगोमा बिक्री गरौं, उनीहरू मान्दैनन् । यतिबेला नाफा भन्दा पनि आˆनो स्टाफ पाल्नलाई धौ-धौ परेको गुनासो छ ।

    ग्यास र तेलमा मनग्य आम्दानी गरेको कतारले खाद्यान्नमा भने छिमेकी देशको पर्नुपरेको छ । खाद्यान्न आयात गर्दा स्थलमार्ग समेत छिमेकीको प्रयोग गर्नुपर्छ । तर, कतारले प्रमुख रुपमा स्थल मार्ग प्रयोग गर्ने साउदी अरेबिया नै यतिखेर नाकाबन्दी गर्ने राष्ट्रहरुको नेतृत्वकर्ता बनेको छ ।

    ठूला-ठूला सुपर मार्केटमा समेत सामानको भाउ महंगो हुन थालेको छ । १ रियल पर्ने सब्जी अहिले ७-८ रियलसम्म पर्छ । कागती, गोलभेडा, धनियाँको दाम बढेकोले एक महिनामा २०० रियलले खाना खाने गरेकोमा अहिले ३५०/४०० रियलसम्म पर्न थालेको कतारमा कार्यरत नेपालीहरु बताउँछन् । एक नेपाली भन्छन्- गोलभेडा त सटेजजस्तै हुन्छ, पाइहालियो भने पनि महंगो पर्नर्े भएकाले अचेल सब्जीमा गोलभेडा हाल्दिनँ ।

    त्यसो त कतारमा मात्रै होइन, छिमेकी साउदी अरब, युनाईटेड अरब ईमीरेट्स युएई, बहराइनका आधा दर्जनभन्दा ठूला कम्पनी अहिले बन्द हुने अवस्थामा छन् । अरु विभिन्न ठूला तथा साना कम्पनीले पछि सहज भएपछि बोलाउने आश्वासनमा कामदारलाई आˆनो मुलुक पठाउन थालेका छन् ।

    कति कम्पनीले रिलिज पेपर दिँदै अर्को कम्पनीमा पठाउँदैछन् । रेमिटेन्सले चलेको नेपालमा रोजगार गुम्दा नेपाल र नेपालीहरुलाई धेरै घाटा हुने देखिन्छ ।

    कहिले खुल्ला नाका ?

    त्यसो त नाकाबन्दीले गर्दा यहाँका नागरिक र अप्रवासीमाथि पर्ने गएको असर बुझ्न अहिले राष्ट्रसंघको उच्चस्तरीय टोली र विभिन्न देशका प्रतिनिधिहरु कतार आएका छन् ।

    नेपाली नियोगका द्वीतीय सचिव हरिप्रसाद अर्याल अब नाकाबन्दीको असर चाँडै नै हटेर पहिलाकै अवस्थामा आउने दाबी गर्छन् । यो टोलीले नाकाबन्दी खुलाउन प्रयास गरिरहेको अर्याल बताउँछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.