×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अर्को हप्तादेखि नारायणगढ–मुग्लिन सडक राती बन्द

  •  
  • बुधबार, पुष १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रमेशकुमार पौडेल

    चितवन – आउँदो हप्तादेखि नारायणगढ मुग्लिन सडक रातमा बन्द हुने भएको छ । बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गतेदेखि नारायणगढ मुग्लिन सडक राती १० बजेदेखि बिहान चार बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।

    निर्माण व्यवसायीहरूले कम्तिमा आठ घण्टा सडक बन्द गरेर काम गर्न दिनु पर्ने माग गर्दै आएको नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । देशको बाँकी भागका बासिन्दा राजधानी काठमाडौं आउ जाउ गर्ने मुख्य सडक भएका कारण यात्रुलाई ठूलो मर्का नपर्ने गरेर गाडी रोक्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

    यात्रु बस मात्रै नभएर राजधानीलाई चाहिने खाद्यन्न लगायतका सबैखाले उपभोग्य वस्तु बोकेका मालवाहक गाडीहरू गुड्ने मुख्य मार्ग पनि यही हो । त्यसैले सो सडकलाई राजधानीको जीवन रेखा अर्थात लाइफ लाइन भन्ने गरिन्छ। सन् २०१५ को अप्रिलदेखि सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने काम सुरु भएको छ।

    सुरुको सम्झौता अनुसार गएको वैशाखमै निर्माणको काम सकिनु पर्ने थियो । तर काम हुन नसकेका कारण म्याद थप गर्दै आउँदो फागुन पहिलो हप्तासम्म काम सक्ने भनिएको छ । तर लक्ष्य अनुसार प्रगति भएको छैन । अहिलेसम्म जम्मा ६८ प्रतिशत मात्रै काम पुरा भएको छ। त्यसैले गाडी रोकेर काम गर्नु पर्ने दवाब बढेको आयोजना प्रमुख यादवले बताए।

    ‘अहिलेलाई पुस १८ गतेदेखि राती १० बजेदेखि बिहान चार बजेसम्म पुरै गाडी बन्द गरौं । त्यो बेलामा पहाड काट्ने र गर्न सकिने अरु कामहरु पनि गरौं । बिहान र दिउँसो कालोपत्रे लगायतका काम गरौं । कालोपत्रे गर्दा प्राय दुई तर्फी गाडी बन्द गर्न पर्दैन । समन्वय गरेर सबै खण्डमा एकतर्फी यातायात रोकेर काम गरौं’ प्रमुख जिल्ला अधिकारी भट्टले भने। यसो गर्दा यात्रुलाई पनि केही राहत हुने र काम पनि हुने उनले बताए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.