×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

वन कार्यालयले सर्वोच्चको आदेश कार्यान्वयन गरेन

  •  
  • बुधबार, पुष १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अब्दुल्लाह मियाँ

    काठमाडौँ — भद्रकाली, भवानी र हिमाल रोजिन कम्पनीलगायतले खोटो संकलन तथा निकासीको माग गर्दै दायर गरेको रीट सर्वोच्च अदालतले खारेज गरे पनि वन कार्यालयहरुले तीनै कम्पनीलाई भटाभट अनुमति दिएको पाइएको छ ।

    भद्रकाली, भवानी र हिमाल रोजिनीलगायतको नीजि क्षेत्रका खोटो कम्पनीहरुले खोटो संकलन र निकासी माग गर्दै दायर गरेको रीट सर्वोच्च अदालतले १९ मंसीरमा खारेज गरेको थियो । अदालतले दिव्या रोजिन एण्ड टर्पेनटाईन कम्पनी प्रालिलाई खोटो संकलनका लागि ७ नम्बर प्रदेशका ४ वटा जिल्लामा वन क्षेत्र उपलव्ध गराउन आदेश दिएको थियो ।
    ७ नम्बर प्रदेशका बैतडी, कैलाली र डोटी वन कार्यालयले सर्वोच्चको फैसला अनुसार नीजि क्षेत्रका कम्पनीको खोटो छोपूर्जी निकासी रोक लगाएका छन् । डडेलुधरा जिल्ला वन कार्यालयले भने आदेशको बेवास्ता गर्दै भद्रकाली, भवानी र हिमाल रोजिनले संकलन गरेको खोटो निकासी गर्न भटाभट छोडपूर्जी दिइरहेको पाइएको छ । डडेलधुराका वन अधिकृत (डीएफओ) इन्द्रमणी भण्डारीले आदेशपछि पनि पटक–पटक ती कम्पनीका नाममा खोटोको छोडपूर्जी निकासीको अनुमति दिएका हुन् । मंसीर २८ र २९ तथा २ पुसमा भण्डारी आफैंले ती कम्पनीको नाममा छोडपूर्जी निकासी दिएका छन् । उनी काठमाडौं आएपछि निमित्त वन अधिकृत प्रकाश जोशीले पनि ४ र ५ पुसमा तीन कम्पनीलाई निकासी अनुमति दिएका छन् ।
    डीएफओ भण्डारीले भद्रकाली, भवानी र हिमाल रोजिन कम्पनीले दायर गरेको रीट सर्वोच्च अदालतबाट खारेज भएको जानकारी आफूलाई भए पनि पूर्ण पाठ नआएकाले संकलन र निकासी अनुमति दिइरहेको तर्क गरे । ‘सर्वोच्चको पूर्ण पाठ नआउन्जेल पहिले जे गरेको हो त्यसै गर्ने हो,’ भण्डारीले कान्तिपुरसित भने, ‘सामुदायिक वनहरुसंग सम्झौता गरेर खोटो संकलन भइरहेको हो, त्यसैले छोडपूर्जी दिएको हुँ ।’
    सर्वोच्च अदालतले भने विगतमा सरकारसंग भएको सम्झौता अनुसार दिव्या रोजिन एण्ट टर्पेन्टाईन कम्पनी प्रालिलाई ७ नम्बर प्रदेशका ४ जिल्ला डडेलधुरा, बैतडी, कैलाली र डोटीमा खोटो संकलनका लागि ३० वटा प्लट (वनक्षेत्र) उपलव्ध गराउन भनेको छ । चार वटै वन कार्यालयहरुले झण्डै १० वर्षदेखि दिव्यालाई नै दिनुपर्ने वन क्षेत्रमा नीजि क्षेत्रका अरु कम्पनीहरुलाई खोटो संकलनका लागि अनुमति दिएका थिए ।
    ती क्षेत्र सामुदायिक वनमा हस्तान्तरण भएकाले ऐनमा भएको व्यवस्थाअनुसार अरु कम्पनीहरुलाई संकलन अनुमति दिइएको वन कार्यालय र वन विभागले भन्ने गरेको गरेको छ । सरकारले आफू मातहतको नेपाल रोजिन एण्ड टर्पेनटाईन कम्पनी दिव्यालाई विक्रि गर्दै उसले उपभोग गरेको ४ हजार मेट्रिक टनका लागि ३० वटा प्लट र १ हजार दुई सय ८ मेट्रिक टनका लागि पूर्वका ५ जिल्लामा दिब्यालाई खोटो संकलन गर्न दिने सम्झौता २०६३ सालमा गरेको थियो । सम्झौता अनुसार खोटो संकलनका लागि वनक्षेत्र नपाएपछि दिव्या सर्वोच्च गएको थियो । १९ मंसीरमा सर्वोच्चले विगतमा भएको सम्झौताअनुसार दिव्यालाई वनक्षेत्र उपलव्ध गराउन भनेको हो ।
    वन विभागले सर्वोच्चको फैसला कार्यान्वयनका लागि ७ नम्बर प्रदेशका कैलाली, डडेलधुरा, डोटी र बैतडीलाई ६ पुसमा पत्राचारसमेत गरिसकेको छ । दिव्या कम्पनीका ट्यापिङ मेनेजर खडक बमले डडेलधुरा बाहेकका वन कार्यालयले भने फैसला कार्यान्वयन गरेको जानकारी दिए । ‘बैतडी, कैलाली र डोटीका डीएफओ साबले पूर्ण पाठ नआउन्जेल नीजि क्षेत्रका कम्पनीको खोटो निकासी र छोडपूर्जी रोकेका छन्,’ बमले भने, ‘डडेधलधुराका डीफओसाबले भने आदेशको कार्यान्वयन गर्नुभएको छैन ।’
    भद्रकाली, भवानी र हिमाल रोजिनले तत्कालिन पुनरावेदन अदालत, महेन्द्रनगरको अन्तरिम आदेश अनुसार २०७२ असोज भन्दा पहिला संकलन गरेको खोटो जंगलबाट उठाईसकेका छन् । २०७३ जेठ १७ गते न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले सामुदायिक वनहरुसंग सम्झौता गरे अनुसार नीजि कम्पनीहरुलाई खोटो संकलन तथा निकासी गर्न दिएको अन्तरिम आदेशसमेत सर्वोच्चले १९ मंसीरमा खारेज गरिदिएको छ ।
    दिव्या कम्पनीलाई खोटो संकलन दिने भनी भएको मन्त्रीपरिषद् निर्णयविरुद्ध रीट दायर गरेको हिमाल रोजिन एण्ड टर्पेन्टाईन जडिबुटी प्रशोधन कम्पनीका चित्रप्रसाद कुईँकेलले सर्वोच्चको फैसलाको सम्मान गर्ने बताएका छन् । ‘बजार पनि खस्केको छ,’ कुइँकेलले भने, ‘सर्वोच्चको पूर्ण पाठ ननआएसम्म चुप लागेर बसेका छौं ।’
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.