×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रानीपोखरी पुनःनिर्माणको विवाद उत्कर्षमा

  •  
  • बुधबार, पुष १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राधा चालिसे

    काठमाडौँ, पुस १२ गते । रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको मौलिक स्वरूप बिगारेको भन्दै स्थानीयले विरोध गरेर मङ्गलबार निर्माणस्थालमा तालाबन्दी गरेका हुन् ।
    रानीपोखरी पुनःनिर्माणको प्रक्रियाका विषयमा महानगरपालिका प्रमुख र उपप्रमुखबीच पनि मतभेद देखिएको छ । काठमाडौँका सम्पदा संरक्षण अभियान नामक स्वयम्सेवी संस्थाले रानीपोखरी पुनःनिर्माण गलत तरिकाबाट भएको भन्दै विरोध गर्दै आएको छ ।
    पुनःनिर्माण भइरहेको रानीपोखरीको विवाद विभिन्न सञ्चार माध्यममा आएपछि महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मङ्गलबार बिहान स्थालगत भ्रमण गरेपछि त्यहाँ कङ्क्रिटको वाल लगाउने कार्य रोक्न निर्देशन दिनुभएको थियो । त्यसपछि त्यहाँ भेला भएका स्थानीयले स्वःस्फूर्त रूपमा तालाबन्दी गरेको सम्पदा संरक्षण अभियानका संयोजक आलोक तुलाधरले बताउनुभयो ।
    उपप्रमुख हरिप्रभा खड्गी ऐतिहासिक सम्पदा जथाभावी तरिकाले पुनःनिर्माण गर्न नहुने भन्दै सम्पदाविद्सँग छलफल गरेर विवादरहित ढङ्गले काम अगाडि बढाउनुपर्ने बताउनुभयो । महानगरपालिकामा यस विषयमा छलफल हुँदा आफूलाई जानकारी समेत नदिने गरिएको उहाँको आरोप छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दुई वर्षअघि नै राष्ट्रपतिले शिलान्यास गर्नुभएको योजनालाई आफूले अगाडि बढाएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यसको निर्माणको प्राविधिक पक्षबारे मलाई त्यति धेरै थाहा छैन । मैले नीतिगत निर्णय गर्ने हो, त्यो गरेँ । प्राविधिक पक्षबारे महानगरपालिकाका वरिष्ठ इन्जिनियर डा. उत्तमकुमार रेग्मीलाई राम्रो जानकारी होला । ’
    उहाँले आफू मङ्गलबार मात्र पहिलो पटक रानीपोखरीको पुनःनिर्माण हेर्न गएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, म त्यहाँ पुग्दा काम गरिरहेका मानिसलाई पन्छाएर ताला लगाइएको पाएँ तर कसले किन तालाबन्दी गरे भन्ने विषयमा कोही कतैबाट जवाफ पाइनँ ।
    पोखरी पुनःनिर्माणको तरिका गलत भएको भन्दै बारम्बार विरोध भएपछि पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग छलफल गरेर काम अघि बढाइने उहाँले बताउनुभयो । सम्पदाविज्ञले भने रानीपोखरी पुनःनिर्माण गर्दा पहिलेकै जस्तो इँटा र कालिमाटीको पर्खाल लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । कङ्क्रिटबाट पर्खाल लगाएमा पोखरीको अस्तित्व छिट्टै नासिने पोखरीभित्रको पर्यावरणीय चक्र बिग्रने उनीहरूको भनाइ छ ।
    रानीपोखरी नेपाल संवत् ७८९ मा खनिएको थियो भन्ने तथ्य इतिहासकारले प्रस्तुत गर्दै आएका छन् । पोखरीको मध्यभागमा रहेको बालगोपालेश्वरको मन्दिर भने पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको चारैतर्फबाट अतिक्रमण गरेपछि साँघुुरिँदै गएको छ । पछिल्लो समयमा महानरपालिकाले रानीपोखरीको पुनःनिर्माण गरेर त्यसवरपर क्याफे सञ्चालनमा ल्याउने योजना पनि अगाडि सारेको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.