×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अध्ययन प्रतिवेदन भन्छ–‘सुमार्गीको २२ अर्ब अवैध’

  •  
  • आइतबार, पुष ०९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • उच्च नेताहरूसँग निकट सम्बन्ध राख्न सफल सुमार्गीमाथि अनुसन्धान नै हुन सकेको छैन

    कृष्ण आचार्य

    काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुन: ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीले गरेको अनुसन्धानले विदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अवैध रहेको पुष्टि गरेको हो । उक्त अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउन भने आलटाल भइरहेको छ । अवैध सम्पत्ति आर्जनबारे अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीका विषयमा बहानाबाजी गर्दै यसलाई टुंग्याउन अलमल गरिरहेको हो ।
    अध्ययनअनुसार करिब ११ अर्ब ५० करोड रुपैयाँ उनले विदेशबाट भित्र्याइसकेका छन् । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति दिने निकायहरू– उद्योग विभाग, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन् । विदेशी विनियम ऐन, २०१९ अनुसार विदेशबाट कुनै लगानीकर्ताले रकम भित्र्याउँदा डलर खाता खोल्नुपर्ने हुन्छ । सुमार्गीले कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन् । एक पटक विदेशबाट आफैंले समेत रकम नेपाली बैंकमा जम्मा गरेको देखिन्छ । जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट करिब साढे दुई अर्ब रुपैयाँ आफैंले जम्मा गरेका थिए । ‘रकम पठाउने कम्पनी दर्ताको प्रमाणपत्र, वित्तीय विवरणलगायत कागजातसमेत नपाइएकाले पठाउने कम्पनीको वास्तविक लगानीकर्ता स्वयं सुमार्गी नै हुने सम्भावना देखिन्छ,’ स्रोत भन्छ, ‘सुमार्गीले नेपालमै अवैध तरिकाले आर्जन गरिएको रकम विदेश लगेको र त्यसैलाई विदेशी लगानी भन्दै नेपाल भित्र्याएर ह्वाइट मनी बनाउन खोजेको देखिन्छ ।’
    योसहितका दर्जन आधार देखाउँदै सुमार्गीले संगठित रूपमै सम्पत्ति शुद्धीकरण गर्न खोजेको प्रारम्भिक जाँचबुझबाट देखिएको छ । ‘यति छोटो अवधिमा उनलाई यति ठूलो रकम विदेशी लगानीकर्ताले ऋणका रूपमा दिन सक्ने अवस्था छैन,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो । उद्योग विभागमा विदेशी लगानी भित्र्याउन प्रस्ताव गरेको कागजातअनुसार साढे पाँच प्रतिशत ब्याजमा ऋण लिन लागिएको हो । विदेशी विनिमय ऐनको दफा १० अनुसार राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था भए पनि उनले पालना गरेका छैनन् ।
    राष्ट्र बैंक तथा नेपालस्थित निजी बैंकका अधिकारीहरूसमेतको मिलेमतोमा करिब साढे आठ अर्ब रुपैयाँ भने बैंक खाताबाट निकालेर उनले प्रयोग गरिसकेका छन् । थप रकम आउने क्रम जारी रहेपछि राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले बाँकी तीन अर्ब रुपैयाँ बैंक खातामै रोकिदिए । त्यसपछि उनको अवैध रकमबारे अनुसन्धान गर्न सरकारलाई दबाब परेको थियो ।
    तीन वर्षअघि विभागका तत्कालीन महानिर्देशक केवल भण्डारीले प्रारम्भिक अध्ययनका लागि फाइल खडा गरेका थिए । फाइल खडा गरेलगत्तै भण्डारी सरुवा भएपछि अनुसन्धान हुन सकेको थिएन । मुख्य राजनीतिक दलका उच्च नेताहरूसँग निकट सम्बन्ध राख्न सफल सुमार्गीमाथि गहन अनुसन्धान हुन सकेको छैन । अध्ययनबारे जानकार एक अधिकारीका अनुसार उनले टयाक्स हेवन (करका लागि अनुकूल स्थान) मानिने ब्रिटिस भर्जिन आइल्यान्ड्स, साइप्रस, बेलारुस, इजिप्टलगायत मुलुकबाट अवैध रूपमा रकम भित्र्याएका हुन् । तीमध्ये नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिको खातामा २ करोड १४ लाख ५६ हजार ४ सय अमेरिकी डलर (करिब २ अर्ब २१ लाख रुपैयाँ) र मुक्तिश्री सिमेन्ट प्रालिका नाममा ७० लाख डलर (७२ करोड रुपैयाँ) भने राष्ट्र बैंकले रोकिदिएको छ ।
    सुमार्गीका १२ कम्पनी र परिवार तथा आफन्तका नाममा तीन वर्षको अवधिमा ४२ पटक रकम आएको छ । सबभन्दा बढी ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता गरिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड कम्पनीबाट भित्र्याइएको छ । साइप्रसको एरवेल सर्भिसेज लिमिटेड, टिपोलोजिया लिमिटेड, कायरोको ओरासकम टेलिकम नामक सेल कम्पनीका नामबाट पनि रकम ल्याइएको छ । बेलारुसका मारिया युकी अब्दो नामबाट समेत रकम आएको देखिन्छ ।
    सुमार्गीले उद्योग विभागमा करिब ११ अर्ब रुपैयाँ एफडीआई भित्र्याउन निवेदन दिएका छन् । ती प्रस्तावहरू वैधानिक नदेखिएको भन्दै राष्ट्र बैंक र विभागले विदेशी लगानी स्वीकृत गरेका छैनन् । भित्र्याइसकिएको रकम र विभागसमक्ष पेस गरेको प्रस्ताव एउटै हो वा फरक–फरक भन्नेबारे खुल्न सकेको छैन । यस आधारमा उनले नेपालबाट बाहिर लगेर राखेका केही रकम उतै प्रयोग भइरहेको हुन सक्ने अनुमान गरिएको छ । त्यसका लागि सम्बन्धित देशबाटै सूचना लिनुपर्ने हुन्छ । ‘हाललाई रोकिएको भन्दा पनि भित्र्याइसकेको शंकास्पद रकम निकै धेरै देखिन्छ,’ ती अधिकारीले भने, ‘त्यसैले उनीमाथि तत्काल सबै प्रकृतिका अनुसन्धान पूरा गर्न जरुरी छ ।’
    बिनाअनुमति भित्र्याइएको रकम नेपालको बैंकमा जम्मा भइसकेपछि उनले अन्य बैंकमा सार्ने, कर्जा लिने अन्य संस्थाहरूमा राख्ने, परिवारका कम्पनीहरूमा रकमान्तर गर्ने, तोकिएभन्दा बाहेकको अर्को कम्पनीमा लगानी गरेको देखिएको छ । जबकि बिनाअनुमति लगानीकर्ताले यी काम गर्न पाउँदैनन् । त्यसो गर्न आवश्यक भए सरोकारवाला निकायसँग स्वीकृति लिनुपर्ने तथा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने हुन्छ । ‘१५ वर्षअघि र हालको उनको धनसम्पत्तिमा ठूलो अन्तर देखिन्छ,’ ती अधिकारीले भने, ‘त्यसकारण उनको परिवारको नाममा नेपालभित्र घरजग्गा, धितोपत्र, सवारी साधन, बिमा वा अन्य कम्पनीमा भएको लगानीको अध्ययन जरुरी छ ।’
    सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले सुमार्गीको सम्पत्तिबारे थप अनुसन्धान अघि बढाउन चाहेका छैनन् । धेरैवटा देश जोडिएकाले यसको अध्ययन सक्न दसौं वर्ष लाग्न सक्ने उनको तर्क छ । ‘प्रारम्भिक जाँचबुझको चरणमा छौं, राष्ट्र बैंकको वित्तीय जानकारी इकाई र सम्बन्धित बैंकमा रकमबारे पुन: प्रमाणित गर्ने काम भइरहेको छ,’ सिटौलाले भने, ‘अर्को देशसँग सूचना लिन पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता गर्नुपर्ने हुन्छ । ती मुलुकसँग हाम्रो सम्झौता नभएका कारण पनि समस्या भएको हो ।’
    तर उनले सम्बन्धित देशसँग सूचना माग्नुपूर्व गर्नैपर्ने कामसमेत अघि बढाएका छैनन् । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार ‘प्रारम्भिक अध्ययनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुर भएको वा हुन सक्ने आधार देखिए विभागका प्रमुख आफैंले अनुसन्धान गर्ने वा कुनै सरकारी अधिकृतलाई अनुसन्धान अख्तियारी दिन सक्ने’ व्यवस्था छ । ‘कसुरको प्रकृतिका आधारमा दुई वा दुईभन्दा बढी निकायसमेतको सहभागितामा अनुसन्धान गर्नुपर्ने देखिए विभाग प्रमुखले सम्बन्धित निकायका प्रमुखसँग परामर्श गरी संयुक्त अनुसन्धान टोली गठन गर्न सक्नेछ,’ ऐनको दफा १५ को ४ मा भनिएको छ । महानिर्देशक सिटौलाले ऐनको कुनै पनि अधिकार प्रयोग नगरी अनुसन्धान प्रक्रिया थाती राखेका हुन् । नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिको पक्षधर भएकाले अनुसन्धानका लागि सूचना आदानप्रदानमा अप्ठेरो नपर्ने जानकारहरूको भनाइ छ ।
    सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले सुमार्गीको मामिला अनुसन्धानका क्रममा रहेको बताए । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगको समन्वयमा एक चरणको अनुसन्धान पूरा भइसकेको छ । त्यसपछि हामीलाई केही जानकारी आएको छैन,’ उनले भने, ‘विभागसँग समन्वय गरेर अर्को चरणको अनुसन्धान हुनेछ ।’
    सम्पत्ति शुद्धीकरणसँग जानकार कतिपय सरकारी अधिकारीले भने महानिर्देशक सिटौलालाई ऐनको दफा १५ को अधिकार प्रयोग गरी विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाउन सुझाव दिइसकेका छन् । अर्थ सचिवको नेतृत्वमा रहेको सम्पत्ति शुद्धीकरण राष्ट्रिय समन्वय समितिको बैठकमा सुमार्गीको अध्ययनबारे चर्चा चलेको थियो । ‘विभागका महानिर्देशकले कानुनी जटिलताकै कारण प्रक्रिया अघि बढाउन नसकेको जानकारी गराउनुभयो,’ समितिको बैठकमा सहभागी एक अधिकारीले भने । उनको रोकिएको रकम खुलाउन हरेकजसो सरकारले पहल गर्दै आएका छन् । रकम रोकिएपछि बनेको तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले पनि सुमार्गीको रकम खुलाउन पहल गरेको थियो । दाहाल नेतृत्वको सरकारको पालामा समेत यस्तो पहल भयो ।
    सुमार्गीले रकम ल्याउन प्रयोग गरेका मुलुकमा कम्पनी दर्ता गर्न, बैंकमा रकम जम्मा गर्न र ती देशबाट विदेश तथा विदेशबाट ती देशमा पैसा पठाउन सहज मानिन्छ, स्रोत खोजिँदैन । त्यसैले ती मुलुकलाई ‘टयाक्स हेवन’ भनिन्छ । यस्ता मुलुकमा सेल कम्पनी खडा गरी विदेशी लगानी भन्दै कालो सम्पत्तिलाई सेतो बनाएर शुद्धीकरण गर्ने चलन बढेको छ । सेल कम्पनी भन्नाले भौतिक उपस्थितिबिनाको कागजी संस्था हो । यस्तो कम्पनीको आफ्नै मौलिक व्यापार व्यवसाय हँ‘दैन ।
    सम्पत्ति तथा दायित्वहरूसमेत हुँदैन, ठेगाना र नाममात्रै हुन्छ । यस्तो कम्पनी अपारदर्शी कारोबार गर्नेहरूले खासगरी कर नलाग्ने वा कम लाग्ने, सम्पत्तिको स्रोतमाथिको निगरानी कम भएका मुलुकमा दर्ता गरिन्छ । ‘सुमार्गीले यही प्रक्रियाबाट अवैध आर्जन शुद्धीकरण गर्न खोजेको देखिन्छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘यसको गहिराइसम्म छानबिन गर्न दिइएमा नेपाल राज्यलाई छलेर जम्मा पारिएको रकमको स्रोतसम्म पुग्न सकिन्छ ।’
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.