×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रदेशसभा समानुपातिकतर्फको सिट बाँडफाँट

  •  
  • शनिबार, पुष ०८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं, पुस ८ गते । पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सातै प्रदेशमा दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको छ ।

    देशका सात प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको जम्मा २२० सिटमा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच तीन सिटको मात्रै फरक देखिएको छ । प्रत्यक्षतर्फ भने एमाले ठूलो सङ्ख्याले अगाडि छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा (एमाले) ७५ र नेपाली काँग्रेसले ७२ सिट प्राप्त गरेका छन् ।
    यसैगरी, नेकपा माओवादी केन्द्रसहितका दलको समूहले ३५ सिट प्राप्त गरे भने सङ्घीय समाजवादी फोरम नेपाल १३ सिट र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा विवेकशील पार्टीले बराबर अर्थात् तीन तीन सिट प्राप्त गरेका छन् ।
    प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग बैठकले प्रदेशसभामा समानुपातिक तर्फको २२० स्थानका लागि दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई अन्तिम रूप दिएको हो । समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो । आयोगमा रहेका समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले १ देखि ७ प्रदेशमा विभिन्न दलहरूले प्राप्त गरेको सिट सङ्ख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा (थ्रेसहोल्ड) डेढ (१.५) प्रतिशतभन्दा बढी मत ल्याउने दलहरूको सङ्ख्या र न्यूनतम मतसीमा कटाउन नसक्ने दलहरूको विवरणसहितको प्रस्ताव आयोगमा प्रस्तुत हुँदा आयोगले स्वीकृति प्रदान गरेको हो ।
    दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई सम्बन्धित राजनीतिक दललाई उपलब्ध गराउने निर्णयसमेत आयोग बैठकले गरेको छ । आयोगको निर्णयलाई सचिव एवम् समानुपातिक निर्वाचन अधिकृत वेगेन्द्रराज शर्मा पौड्यालले पत्रकार सम्मेलनमार्फत शुक्रबार सार्वजनिक गर्नुभयो ।
    उहाँले यही पुस २ गते समानुपातिकतर्फको मत गणना सकिएको र परिणामहरू आयोगमा प्राप्त भएपछि प्रादेशिक स्तरमा तथ्याङ्क केन्द्रीकृत गरी सिट बाँडफाँट गरिएको बताउनुभयो ।
    राजनीतिक दलहरूले २०७४ कात्तिक २७ गते समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको उम्मेदवारहरूको संशोधित बन्द सूचीअन्ुसार प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ५६५ जना उम्मेदवार कायम छन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.