×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

विचरा बाबुराम !

  •  
  • बुधबार, कार्तिक ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कृष्णमुरारी भण्डारी

    मोही माग्ने ढुंग्रो लुकाउने !

    विद्वान् बाबुराम भट्टराई भडकिएका छन् । हुन त यसअघि पनि उनलाई भड्काउवादी नै भनिन्थ्यो । तर एमाले र माओवादी केन्द्रसँगै प्रारम्भमा चुनावी एकता र त्यसपछि पार्टीहरू एक हुने सहमतिका हस्ताक्षरकर्ता बनेका थिए, नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराई ! तर दुई साता नबित्दै उनी मोर्चाबाट बाहिरिएका छन् !

    krishna-murari-bhandari_14भनिन्थ्यो- यो ध्रुवीकरणबाट कसैलाई फाइदा भयो भने त्यो डा. बाबुराम भट्टराईलाई मात्रै भयो । त्यसैले उनले वाम ध्रुवीकरणको जोडदार रूपमा समर्थन गरेको अड्कल गरिएको थियो ।

    हस्ताक्षर भएको मसी पनि नसुक्दै किन उनी नै सबैभन्दा पहिले गठबन्धनबाट बाहिरिए ? केपी ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराई राजनीतिक रूपमा एकीकृत भएको खबर सार्वजनिक भएपछि छक्क परेकाहरूको मुख बन्द नहुँदै भएको फुटले अर्कै अन्योल उत्पन्न गरेको छ । त्यसमाथि जसको ज्यादतीविरुद्ध तीन पार्टीका अध्यक्षहरू ध्रुवीकृत भएका थिए, त्यही पार्टी अर्थात् नेपाली कांग्रेससँग बाबुराम एकता गर्न पुगेपछि अनेक अड्कल गर्न थालिएको छ ।

    भागवत्गीतामा एउटा सान्दर्भिक श्लोक छ । जसको अर्थ हो- कुनै पनि विषयवस्तुसँग एकोहोरो आसक्ति भयो भने त्यसैमा उसको दिमाग हरबखत घुमिरहन्छ । त्यसबाट काम उत्पन्न हुन पुग्छ । कामबाट क्रोध उत्पन्न हुन्छ । क्रोधले त्यो सम्मोह ठीक हो कि बेठीक भन्ने पनि छुट्ट्याउन नसक्ने हुन्छ । सम्मोहले विवेकलाई धमिल्याइदिन्छ । त्यसले स्मृति ध्वंस पार्छ । स्मृति ध्वंस भएपछि बुद्धि नास हुन्छ र बुद्धि नास भएपछि सर्वनास हुन्छ !

    डा. बाबुरामले दुई साताभित्रै जुन फन्को मारेका छन्, त्यसले बाबुरामलाई बाबुराम मात्र सावित गरेको छ, राजनीतिक प्राणी होइन । उनलाई चिन्नेहरू भन्छन्, बाबुराम राजनीति गर्न चाहन्छन् । राजनीतिको केन्द्रमा बस्न पनि उत्कट अभिलाषा राख्छन् र आफूले चाहेजस्तो शासन गर्न पनि चाहन्छन् । तर कहिल्यै ढंग पुग्दैन !

    बाबुरामले नयाँ पार्टी खोले देशमा आफू एकछत्र छाउने सपना देखे । त्यसैले सबै पद, पहिचान र संलग्नता छोडे । तर यिनलाई भने कसैले पनि आफ्नो ठाउँ छोडेन । फलस्वरूप बाबुराम न यताको रहे, न कतैको भए ।

    राजनीतिशास्त्रका एक प्राध्यापकले भने, राजनीति गर्नेहरूले शक्ति समूहहरूबीचको सम्बन्ध, त्यसको ‘क्याल्कुलेसन’ र राजनीतिक संगठनलाई नियन्त्रण गर्न नसकुन्जेल राजनीतिक केन्द्रमा गएर थुपुक्क बस्न असम्भव छ । यो ज्ञानचाहिँ बाबुराममा कहिल्यै पलाएन । जबकि राजनीतिका कुरा मात्र होइन, इतिहासका अप्ठेरा मोडहरूलाई व्याख्या गर्न पनि उनी माहिर छन् । कसको भनाइ के छ, त्यसलाई तत्कालीन समयानुकूल उद्धरण गर्न र त्यसको धुवाँदार व्याख्या गर्न पनि उनी काविल छन्।

    केही कुरा कसैलाई भन्नु छ भने यिनी यति हत्तारिन्छन् कि भनिसाध्य छैन । ती प्राध्यापकले भने, अहिले बाबुराम हतारिएर ओली र प्रचण्डसँग जसरी एकता गर्न पुगे यो देखेर कुनै आश्चर्य लागेको छैन किनभने यी तिनै बाबुराम हुन्, जसले माओवादी जनयुद्ध सुरु हुँदा प्रधानमन्त्री शेरबहादुरसमक्ष ४० सूत्रीय माग पूरा गराउन सात दिनको म्याद दिएका थिए । तर यिनलाई सात दिन कुर्न पनि हतारो भयो र ०५२ साल फागुन १ गते नै पुलिस चौकीमा आक्रमण गरेर हतियार युद्ध सुरु गरिहाले । जब आफैंले दिएको म्याद नसकिँदै आक्रमण गर्नु थियो भने किन अल्टिमेटम दिएको ? यसले उनी ऐनमौकामा केटाकेटीपन देखाएर अपरिपक्वता प्रदर्शन गर्छन् भन्ने पुष्टि हुन्छ ।

    यिनी अरूलाई भत्काउन जसरी दिलोज्यानले लाग्छन्, त्यसैगरी आफूमा पहिरो गइरहेको भने कहिल्यै पत्तो पाउन सक्दैनन् । राजनीति बुझेका भए यस्तो ब्लन्डर कदापि गर्ने थिएनन् । शेरबहादुरलाई जेजे आरोप लगाएर हतारमा जनयुद्ध सुरु गरे, त्यही शेरबहादुरले प्रचण्ड र बाबुरामको टाउकाको मूल्य तोक्दै भने, झोलामा हालेर तिनको टाउको ल्याऊ र बोरामा पैसा लिएर जाऊ ! तर अहिले उनै बाबुराम तिनै देउवासँग प्रचण्ड र ओलीले आफूलाई गोरखामा लड्न टिकट नदिने भए भनेर एकता गर्न पुगेका छन् ।

    प्राध्यापकले गम्भीर प्रश्न गरे- के त्यही गोर्खा निर्वाचन क्षेत्रको एउटा सिट जित्नका लागि उनले जनयुद्ध सुरु गरेका हुन् ? हुन् भने उनी अलमलमा छन् । किनभने जनयुद्ध सुरु गर्न जानुअघि नै उनीहरूका हातभरि सांसद थिए । जब अवस्था त्यस्तो थियो भने एउटा निर्वाचन क्षेत्रको टिकटका लागि किन आफूले आफैंलाई भड्काउन पुगेका होलान् बाबुराम ? यसको पनि कारण छ ।

    के भने, बाबुराम खासमा ‘आइडोलग’ हुन्, पार्टी संगठक होइनन् । पार्टी संगठक आफ्ना कार्यकर्ता र विरोधीसँग नङ र मासुको झैं सम्बन्धमा रहिरहने हुनाले उसलाई सतहमा भइरहेका हरेक गतिविधि अवगत हुन्छ । तर बाबुराम पार्टीका विचारक भएकाले कल्पनामा उडान भरिरहने नै भए । यिनले पार्टी, समाज र देशमा के भइरहेको छ, त्यो भने कत्ति पत्तो पाएको देखिएन ।

    यिनको पार्टीका जुन बुद्धिजीवीसँग सम्पर्क हुन्थ्यो, तिनले आफूलाई समर्थन गरेको भन्ठाने । बाबुराम माओवादी आइडोलग भएकाले किताबका कुरा बोल्ने र सिद्धान्तका कुरा दोहोअयाउन माहिर मानिन्छन् । जहाँसुकैका आइडोलग हुने यस्तै हुन् । नेपाली मिडियाले अलिबढी नै बाबुरामलाई समर्थन गरेका भने हुन् (यसको कारण उनले राजनीतिमा खेलेको भूमिकाले गर्दा होइन, उनी जीवनभर जसरी प्रथम भइरहे, त्यसको कारणले हो ।) । यस्तैकारणले बाबुरामले आफूलाई देशकै बुद्धि, विवेक र कार्यक्रम भएको पहाड नै ठान्न पुगे ।

    जसले गर्दा उनमा दम्भ बढ्दै गयो । व्यक्तिवादी त यिनी छँदै थिए । पहिला बोलिहाल्ने र पछि विचार गर्ने पनि यिनको मौलिक विशेषता भएको नजिकबाट चिन्नेहरू भन्ने गर्छन् ।

    आफ्नो बौद्धिकता र प्रखरताको अगाडि पाट्ने पालुंगो झैं देखिने पार्टीका नेता र संगठनका कार्यकर्ताको अरनखटनमा बस्नुपर्दा बाबुरामलाई ठूलो लघुताभास भइरह्यो । उचाल्ने र पछार्ने देशी-विदेशी तत्वको कमी हुने कुरै भएन । त्यसैले बाबुरामले सिद्धान्त, आदर्श र अहिलेको विश्व घटनाक्रमका कुरा गरेर परिवर्तनको लागि नेकपा माओवादी छोडे । जितेको निर्वाचन क्षेत्र पनि छोडे ।

    सबैलाई समावेश गरेर नयाँ पार्टी बनाएर अगाडि बढ्ने यिनको सोचका सैद्धान्तिक-आदर्शपूर्ण आधारबारे राजनीतिक वृत्तमा भएका चर्चाले यिनै झनै हौसिए । आफू एकछत्र देशमा छाउने देखे । त्यसैले सबै पद, पहिचान र संलग्नता छोडे । तर यिनलाई भने कसैले पनि आफ्नो ठाउँ छोडेन । फलस्वरूप बाबुराम न यताको रहे, न कतैको भए । बोक्रे प्रशंसकले घेरिएर पेन्डुलम हुन पुगे ।

    सर्वसाधारण अहिले पनि भन्छन्, विचरा बाबुराम ! कठै !! कति तीक्ष्ण ? सधैं पहिला भएर पढ्ने !!!
    बाबुरामलाई नजिकबाट हेरिरहेका एक विश्लेषकले भने, कुरो नलुकाइ भन्ने हो भने बाबुराम आफ्नो स्वभाव र क्षमताबाट चलेका भए यिनले केही गरेर देखाउने नै थिए । उनले सोधे- बाबुरामका विशेषतालाई वर्गीकरण गरेर हेर्नुभएको छ ? उनले गरेको पाँच वर्गीकरण भने यस्ता छन् ः

    १. यिनले जिन्दगीभर स्कलरसिपमा पढे । राज्यले पढायो । यिनी पढ्दै, काम गर्दै पढ्दै अनुभव हासिल गरेर खारिएका व्यक्ति होइनन् । त्यसैले यिनी न व्यावहारिक छन् न त हेलमेल हुन सक्छन्!

    २. सधैं बढी नम्बर ल्याएर पास भएकाले समाजमा यिनको हेजेमोनी नै बन्यो । अरू त कृत्रिम, ढोंगी, सामन्ती, अनपढ, टण्डनहरि मात्रै देखाइए । नेपाली समाज कि धनपतिलाई मान्छ कि शक्तिलाई मान्छ कि त पढैयालाई टेर्छ । दृष्टिकोण दिनसक्ने, इमानदार, परि श्रमी, सिर्जनशील, उद्यमी होइन, यहाँ त कि पैसा भएकाको सान र मान छ कि त धेरै पढेको र पीएचडी गरेकाको इज्जत छ । तर यो नै उत्कृष्ट हुने आधार होइन, एउटा पाटो मात्र हो ।

    ३. बाबुराम जुन दलसँग सम्बद्ध भए, तिनका संगठक होइनन् । धेरै पढेकाले टपक्क टिपेर पार्टीको उच्च पदमा राखिएका व्यक्ति मात्र हुन् । उनले पदीय हैसियत पाए । प्रधानमन्त्री र अर्थमन्त्री त बने, तर पार्टी सञ्चालन गर्ने हैसियत कहिल्यै राखेनन् ।

    ४. बाबुराम सैद्धान्तिक कुरामा रजगज गरेका व्यक्ति हुन् । किताब बेपत्ता पढेका छन् । कुन कुरालाई पुष्टि गर्न के भन्नुपर्छ र कसको भनाइ उपयोगी हुन्छ, उनलाई पानी छ । सशस्त्र जनयुद्धका यिनी आर्किटेक्ट र प्रचण्ड कुशल संगठक हुन् । प्रचण्डले सधैं यिनलाई उच्च पद दिएर राख्नुको कारण आइडोलग भएरै हो । तर विश्वकै कम्युनिस्ट पार्टीहरूको इतिहास हेर्ने हो भने आइडोलग जहिल्यै द्वितीय पदमा हुन्छ, पहिलोमा होइन । रूस, चीन, अमेरिका, बेलायत सबैतिर यही नै हो ।

    ५. बाबुराम सिद्धान्तकार भएकाले उनलाई थाहा हुनु मात्र होइन, प्रचण्डलगायत पार्टी नेतृत्वलाई सचेत गराउनु पर्दथ्यो, जुन यिनले आफूले त स्वीकारे तर अरूलाई बुझाउन र आफ्नो व्यवहार प्रदर्शन गर्न सकेनन् ।

    दोस्रो जनआन्दोलन सफल क्रान्ति नै हो । यसले ठूलो फड्को मारेको पनि हो तर यथार्थ सत्य केहो भने यो क्रान्ति सम्झौतामार्फत सम्पन्न भएको हो । यसलाई त्यसैगरी संवेदनशील बनेर अगाडि बढाउनुपर्ने थियो, त्यसमा बाबुराम स्वयं पनि चुके ।

    बाबुराम र प्रचण्डहरू आन्दोलनको सफलतापश्चात् काठमाडौंमा अवतरण गरेपछि भनेका थिए, हामी सत्तामा जाँदैनौं, चुनाव लड्दैनौं र देश विकासमा लाग्छौं ! तर यी तीनै कुरालाई उनीहरूले पालना गरेनन् र राजनेता बन्नबाट चुके ।

    अहिले एमाले माओवादीसँगको ध्रुवीकरणले बोलेका कुरा पूरा गर्ने ठूलो अवसर राजनेता केपी ओलीले जुराइदिएका थिए । तर बाबुराम बाहिरिएर फेरि अर्को अवसर गुमाएका छन् । यो बाबुराम जस्तो व्यक्तिको लागि किन अवसर थियो भने बृहत् शान्तिसम्झौता गर्दा हस्ताक्षरकर्ता प्रचण्ड र गिरिजाप्रसाद थिए, बाबुराम त त्यतिबेला किनाराका साक्षी मात्र थिए । तर अहिलेको सहमतिमा ओली, प्रचण्ड र बाबुराम एउटै हरफका हस्ताक्षरकर्ता थिए ।

    बाबुराम कम्युनिस्ट पार्टी छोडेर नयाँ पार्टीका नेता भएकाले उनलाई कम्युनिस्ट पार्टीहरूको नाम फेर्ने अभियान अगाडि बढाउने अवसर पनि थियो । उनी यो ध्रुवीकरणमा रहिरहेका भए, एमाले र माओवादीका नाम फेरेर नयाँ नामाकरण गर्ने मात्र होइन, समृद्ध नेपाल बनाउने आर्किटेक्चरको रूपमा स्थापित हुन सक्थे ।

    पूरै नेपाललाई रूपान्तर गरेर देखाउने अभिलाषा बोकेका बाबुराम गोरखामा मलाई टिकट नदिने भए भनेर ओली-प्रचण्डको एकताबाट शेरबहादुर देउवाको कित्तामा पुग्नुले स्वयं बाबुरामले बाबुरामकै अवहेलना गरेका छन् । वामदेव गौतमले कतै भनेछन्, हामीलाई बाबुरामको बुद्धि चाहिएको हो, शरीर होइन ! बुद्धि फिराउ बाबुराम, अझै समय छ !

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.