गोरखा समाचारदाता
मानअधिकार तथा शान्ति समाज गोरखाले १७ औं साधारण सभा सम्पन्न गरेको छ । समाजका जिल्ला सभापति श्याम प्रसाद लामिछानेको अध्यक्षतामा भएको सभामा केन्द्रिय सदस्यता अपिल समितीका संयोजक स्थानेश्वर दुवाडीको उपस्थिती रहेको थियो ।
सनिबार जिल्ला सदरमुकाममा भएको समाजको साधारण सभामा सभापति लामिछानेले एक बर्षभरि शाखाले गरेका गतिबिधि समेटिएकोे प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै सचिव सिताराम तिवारीले भावी कार्ययोजना र कोषध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा प्रस्तुत भएका प्रतिवेदन माथी छलफल गरी पारित समेत गरिएको समाजले जनाएको छ ।
कार्यक्रममा समाजका निवर्तमान सभापति यदु अधिकारी, रामचन्द्र पाण्डे, गोमा दुवाडी, सविना पोखरेल, रविचन्द्र दवाडी लगायतले मन्तब्य ब्यक्त गरेको सचिव तिवारीले जानकारी दिएका छन् । शान्ति समाज गोरखामा ५५ जना सदस्य आवद्ध रहेका छन् ।


