×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

खुला ठाउँको अतिक्रमण कसरी रोक्ने ?

  •  
  • सोमबार, असोज २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    न्हुंछेनारायण श्रेष्ठ

    विश्वका विभिन्न देशले आपतकालीन (दैवी प्रकोपको लागि) खुला स्थानको व्यवस्था गरिएको हुन्छ । ती स्थानमा कुनै संरचना बनाउन, भवन, फुटपाथ राख्न नपाइने र दैवी प्रकोप परेको खण्डमा ती स्थानको सहजै प्रयोग गर्न सकिने हुन्छन् । ती स्थानको संरक्षण, सम्बद्र्धन गरी भावी पुस्तालाई समेत खुला ठाउँको महŒव, आवश्यकता र औचित्यको बारेमा ज्ञान दिइने गरिएको पाइन्छ । नेपालमा पनि नेपाल सरकारले केही स्थानलाई खुला ठाउँ भनेर घोषणा गरेको छ । मानिसलगायत पशुपक्षी, जलचरलाई समेत खुला स्थान चाहिन्छ । पृथ्वीमा रहेका जीवजन्तु र मनुष्यको आयुमा समेत खुला स्थानले फरक पार्छ । भनिन्छ नि खुला दिमाग भएमा मूर्ख पनि सुध्रन्छ किनभने मनुष्यको दिमाग सानो र सोच्ने प्रवृत्ति सानो भएमा मानिस स्वयंको जीवन स्तरको विकास हुन सक्दैन । राष्ट्र, राष्ट्रियताको समेत विकास हुन सक्दैन ।

    nuhuchchhe narayanपरापूर्वकालदेखि नै खुला स्थानको प्रयोग गरिएको हामीले हामीले पाउँछौँ उदाहरणका लागि महाभारत युद्ध लिन सकिन्छ । कुनै पनि पर्व, जात्रा, युद्ध र अन्तरिक्ष अन्वेषण, विभिन्न खाले परीक्षणका लागि, रकेट, क्षेप्यास्त्र लगायतका परीक्षण, युद्धकला सिक्नका लागि पनि खुला स्थानको उपयोग गरेको पाइन्छ । त्यसैगरी, विपतको बेला खुला ठाउंँ अमृत समान नै हुन जान्छ । पछिल्लो समय खुला ठाउंँमा सामुदायिक एकीकृत बस्ती बसाल्ने, बसपार्क, पार्क निर्माण गरिने क्रम तीव्र रूपमा हुँदै गइरहेको छ ।

    पृथ्वीनारायण शाहले बाइसी चौबीसे राज्य एकीकरण गरेपश्चात् देशका विभिन्न स्थानमा खुला ठाउँमा सभा, कार्यक्रम गरेको पाउँछौँ । विभिन्न स्थानमा कोट बनाई चारैतिरबाट पर्खालले घेरी सरकारी काम, काज, सभा आदि गर्नुका साथै शत्रुबाट बच्नका लागि सुरक्षित स्थानको व्यवस्था अपनाएको पाइन्छ । त्यसैैगरी मल्लकाल, किरांँतकालमा समेत खुला स्थान राखी सरकारी कार्यक्रम सम्पन्न गर्ने गरिन्थ्यो भने दण्ड, सजाय दिनका लागि समेत सार्वजनिक स्थल प्रयोग गरिएको किंवदन्ती हामीसामु नभएका होइनन् । विभिन्न धर्मग्रन्थमा समेत लडाइँ गर्दा सर्वसाधारण जनताको सुरक्षामा ध्यान राखी खुला स्थानमा गरिनुपर्ने नियम बनाई युद्ध गरेको प्रमाण हामीसामु छन् । जस्तै महाभारत युद्ध, रामायण युद्ध आदि ।

    सरकारले सार्वजनिक जग्गा अधिग्रहण गर्न बन्देज लगाएको छ र सार्वजनिक जग्गा मास्न, खान नपाइने तर सार्वजनिक हितका लागि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । परापूर्वकालदेखि नै सार्वजनिक स्थानमा रहेको मठ, मन्दिर, पाटी पौवा, पोखरी र ढुङ्गेधारा, ढोकाको समेत संरक्षण गर्दै हालसम्म रहिआएकै छन्, उदाहरणका लागि खुलामञ्च, काठमाडौँ, भक्तपुर र ललितपुर दरबार स्क्वायरलाई विश्व सम्पदा सूचीमा समेत राखी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाल र नेपालीको परिचय दिने कार्य भएको छ भने मौलिक सम्पदा जोगाउने कार्यमा सरकारले प्रयत्न गरिरहेको पाइन्छ । परापूर्वकालदेखि चल्दै आएको हाम्रा चाडपर्वसमेत खुला स्थानमा नै गरिने प्रमाण हामीसामु रहेका छन्, जस्तै इन्द्रजात्रा, काक नाँच, फूलपाती बढाईं गर्नका लागि खुलामञ्च आदि ।

    देश विकासमा अग्रणी भूमिका खेल्ने अर्को पक्ष भनेको खेल हो । खेल खेल्न र खेलको विकासका लागि पूर्वाभ्यास गराउन समेत खुला स्थानका आवश्यकता पर्छ । विश्वका सबै देशले खेलको लागि रङ्गशालाको व्यवस्था गरेको हुन्छ र राष्ट्रिय, अन्तर्राष्ट्रियलगायत देशभित्र खेलिने खेलका लागि आन्तरिक खेल मैदानको व्यवस्था गरिएको पाइन्छ ।

    खुला स्थानको संरक्षण, सम्बद्र्धन, सदुपयोग गर्दै अघि बढ्न सकेको खण्डमा हाम्रा भावी पुस्तालाई समेत इतिहासबारे जानकारी दिलाउन सकिने कुरामा दुईमत हुन सक्दैन । सरकारले मानिसका लागि मात्र नभई जीवजन्तु चोरी निकासी, लोपोन्मुख जातिका चराचुरुङ्गी र जलचर, जीव, वनस्पतिको संरक्षण र सम्बद्र्धन गर्नका लागि समेत विभिन्न क्षेत्रमा निकुञ्ज र संरक्षित क्षेत्र घोषणा गरी राम्रो शुरुवात गरेको छ । चोकी शिकारी रोक्नका लागि सरकारले चालेको यसप्रकारको कदमलाई सकारात्मकै मान्नुपर्छ ।

    सरकारले शुल्क लिई केही आरक्षणमा शिकारी खेल्ने प्रबन्ध मिलाएको छ । विभिन्न समयमा अपर्झट आइपर्ने दैवी प्रकोपबाट बच्न खुला स्थानको आवश्यकता पर्छ । सरकारी ऐन, नियम र नीतिमा कडाइँ हुन नसक्दा हालको समयमा सार्वजनिक जग्गा, खुला स्थान, सार्वजनिक मठ, मन्दिर, पाटी पौवा मासिने क्रम बढ्ढै गइरहेको छ र हाम्रा प्राकृतिक स्रोत साधनको समेत अभाव हुँदै गइरहेको छ । कतिपय स्थानमा सरकार आफैँले सार्वजनिक पोखरी भत्काउने, पुर्ने कार्य गरी नयाँ संरचना बनाउने कार्य भएको छ । उदाहरणका लागि जस्तै ललितपुर महानगरपालिका कार्यालय रहेको हालका स्थानमा पहिले पोखरी पुरिएका थिए, त्यसैगरी हाल दशरथ रङ्गशाला भएको स्थानमा पोखरी रहेको थियो । सरकारी र व्यक्तिगत रूपमा सार्वजनिक जग्गा हडप्ने प्रवृत्तिले गर्दा सरकार आफैँले बनाएको नियमानुसारका खाली जग्गा, सार्वजनिक जग्गा हाल आएर ढड्डामा मात्र सीमित हुन पुगेका छन् ।

    काठमाडौँ, भक्तपुर र ललितपुरका धेरै स्थानमा सार्वजनिक जग्गा मिचेर ठुल्ठूला महल ठडिएको भनेर स्थानीयबासीले बेलाबेलामा विरोध गरिरहेकै छन् । देशभित्रका सार्वजनिक मठ मन्दिर, पाटी पौवा जीर्ण हुँदै गइरहेका छन्, तिनको मर्मत सम्भार हुनसकिरहेको छैन भने सार्वजनिक धारामा पानी आउन छोडिसकेको छ । काठमाडौँको सुन्धारा, पाटनको सुन्धारा लगायतका धारा धेरै वर्षअघिदेखि बन्द भएका छन् । सरकारी ठोस नीति कार्यान्वयमा कडाइँ नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । जसका शक्ति उसैको भक्ति भनेझैँ ठूलाबडाले सार्वजनिक जग्गा, मठ, मन्दिरका सार्वजनिक जग्गा मिच्ने क्रम बढ्ेता पनि सरकारले कानुनी कारबाही गर्न नसक्नु विडम्बनाको विषय हो । सरकारले सार्वजनिक स्थलको संरक्षणका साथसाथै सरसफाइ लगायतका कार्यक्रम सञ्चालनमा ल्याएको छ । सार्वजनिक भवन, संरचनाको नियमित मर्मत सम्भार र सरसफाइ हुन नसक्दा २०७२ वैशाख १२ गतेको भूकम्पले हाम्रा धार्मिक तथा सांस्कृतिक सम्पदा भत्किन पुगेको तथ्य हाम्रा अगाडि प्रष्टै छ । उदाहरणका लागि काष्ठमण्डप मन्दिर, धरहरा र नुवाकोटको साततले दरबार ।

    भूकम्पले गर्दा हाम्रा थुप्रै सांस्कृतिक सम्पदा नष्ट भएका छन्, तीनको मर्मत कार्य पुनःनिर्माण हुने क्रम जारी नै छ । सम्पदा संरक्षणका लागि पुरातŒव विभागबाट समेत कार्य शुरु गरिसकेको छ । काठमाडौँ उपत्यकाभित्रका पुराना स्थान जस्तै वसन्तपुर, भक्तपुर, ललितपुर, बौद्ध र साँखु क्षेत्रका पुराना बस्ती पुनःनिर्माण गर्ने कार्यमा सरकारले ढिलाइ गरिनुहुन्न । पुरातात्विक बौद्धनाथ मन्दिरको हाल जीर्णद्धार भइसकेको छ भने अन्य मन्दिर पुनःनिर्माणको पर्खाइमा छन् । ऐतिहासिक र पुरातात्विक क्षेत्रमा रहेका बासिन्दा आफ्नो बस्ती र शहरको पुनःनिर्माणको पर्खाइमा रहेका छन् ।

    भूकम्प, बाढी पहिरोलगायतका दैवी विपत्तिबाट बच्नका लागि सबैभन्दा उत्तम उपाय भन्नु नै खुला स्थान नै हो, तिनको अलावा खेलकुद, ठुल्ठूला परीक्षण गरी सफलता हात पार्न समेत खुला स्थानको आवश्यकता पर्छ । हामीले अहिलेको स्थान, बाटो, धारा, स्कुलको कुरा होइन, बीस वर्षपछिको भविष्यलाई हेरेर भवन निर्माण गरौँ । आगलागी, बाढीपहिरोलगायत जोखिम न्यूनीकरणका लागि पहल आफैँबाट शुरु गरौँ । त्यसैले खुला ठाउँको सुरक्षा, सरसफाइ, सम्बद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो । सरकारले राजधानीका विभिन्न स्थानलाई खुला स्थान घोषणा गरेको छ तर ती स्थानमा पहुंँचवालाको दादागिरीका कारण विभिन्न पेसा र पार्किङ राखिएका छन् ।

    कुनै पनि बेला दैवी प्रकोप पर्दा शरण लिनुुपर्ने स्थानमा जथाभावी जग्गा हडप्ने प्रवृत्ति र अतिक्रमण हुनु कुनै हालतमा सही मान्न सकिँदैन । जग्गा हडप्नेविरुद्ध सरकारले कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ । भूकम्पीय दृष्टिकोणले अति संवेदनशील क्षेत्र नेपालमा कुनै पनि बेला भूकम्प आउन सक्ने हुनाले पूर्वतयारी गर्नु अति आवश्यक छ । सरकारले दक्ष प्राविधिकलाई समयसापेक्ष तालिमको व्यवस्था गरी उनीहरुको निर्देशनअनुसार भूकम्प प्रतिरोधी घर बनाउन सकेको खण्डमा सम्भावित दुर्घटना न्यून गर्न सकिन्छ ।

    सरकारले राजधानीलगायतका विभिन्न स्थानमा तोकिएका सार्वजनिक स्थलको संरक्षण, सम्बद्र्धन गर्नुपर्छ । विश्व सम्पदा सूचीमा रहेका हाम्रा सम्पदाको संरक्षण र जर्गेना गरी भावी पुस्तासम्म जीवित राख्नका लागि हामी सबैले पहल गर्नुपर्छ । नेपाल सरकारले बर्सेनि विश्व बसोबास दिवस अक्टोवरको ९ तारिखमा मनाउने गरेको छ । जनसङ्ख्या वृद्धिसँगै उचित बसोबासको प्रारूप सरकारले तयार गरी बढ्ढो शहरीकरणलाई व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.