×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बडादसैंको भित्री रहस्य

  •  
  • बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     रमेश नेपाल

    भौतिक सम्पत्ति, बौद्धिक सम्पत्ति र आफ्नो अस्मिताबाट सिर्जित अहंकार त्याग्नु नै वास्तविक बलि

    नेपालीको महान् चाड बडादसैं आफैंमा हर्ष, खुसी, उत्साह, उमंग र आनन्दको प्रतीक हो । नेपाली मनलाई प्रफुल्लित र आल्हादित बनाउने पर्व हो यो । वर्षापछि उघ्रिएको आकाशको मोहकता, बालीनाली र गोडमेलपछिको वि श्रामले यस चाडमा रसपूर्ण माधुर्य थप्छ । दसैंको रमाइलो त छँदैछ, महिनौंदेखि दसैंको कल्पनाले मन रमाइरहेको हुन्छ । पूजा-प्रार्थना, मन्दिर मूर्तिको सजावट, मान्यजनबाट टीका आशीष ग्रहण, नयाँ लुगा र मीठा खानेकुरा र पिङ खेल्ने इत्यादिको कल्पनाले निरन्तरको एकनासे कर्मबोझले बिरक्तिएको मनमा हर्षको सञ्चार गरेको हुन्छ ।

    मनोवैज्ञानिक दृष्टिबाट असन्तुलित मनलाई सन्तुलित र व्यवस्थित गर्ने सर्वाेत्तम औषधीभन्दा अतिशयोक्ति नहोला । टीका र आशीष थाप्ने परम्पराले कटुता र घृणाबाट आक्रान्त मनको घाउमा श्रद्धा, प्रेम र स्नेहको मलम लगाउने विषय झनै महत्वपूर्ण छ । बडादसैं केही खर्चिलो पनि छ किनभने वर्षभरिको मेहनतको कमाइ खर्च गरेर भए पनि आफ्ना आफन्तसँग प्रेमपूर्ण जीवनको वास्तविक स्वाद लिने अवसर यही चाडले दिन्छ । ऋणै गरेरै भए पनि दसैं मनाउँदा यसबाट प्राप्त हुने आनन्दले ऋण कसरी तिर्ने भन्ने चिन्तासमेत बिर्साइदिन्छ ।

    देश-विदेश जहाँ भए पनि दसैंमा घर फर्कन मन लाग्नु, आफ्नो परिवारको साथमा रमाउन मन लाग्नु स्वाभाविक हो । पारिवारिक प्रेम, एकता, सद्भाव र श्रद्धाका अनुभूतिहरू नै हाम्रो जीवनका प्रमुख शान्तिशक्ति र खुसीका स्रोतमा नै हाम्रो जीवनको सफलता र विकास सम्भव छ । यति सुन्दर पक्ष हुँदाहुँदै पनि समयको बहाबसँगै दसैंमा केही विकृति र विसंगतिले पनि ठूलै स्थान लिएको पाइन्छ । बडादसैंको मूल परम्परामा जुवा, तास, मदिरा या मासुको कुनै स्थान भेटिँदैन । यी चीजवस्तु भने समयक्रमसँगै उब्जिएका विकृति हुन् । यी विकृतिले संस्कृतिकै रूप धारण गर्दै जानु विडम्बनापूर्ण नै हो ।

    यस पर्वका धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक पाटा छन् । यी तीनै क्षेत्रमा अग्रजहरूको चेतनाको विकास र उनीहरूको विवेकपूर्ण सहयोगले मात्र यी विकृतिबाट पार पाउन सम्भव देखिन्छ । दसैं आफ्नो मात्र नभएर परिवारको खुसीको लागि पनि हो भन्ने चेत प्रत्येक व्यक्तिमा हुन जरुरी छ । खासगरी पुरुषमा यस्ता कुलत र विवेकशून्यता बढ्दै गएको पाइन्छ । बिहान घरबाट निस्केको मानिस मदिरा र जुवातासका कारण राति अबेरसम्म घरमा फर्केको हुँदैन । घरमा केकस्ता समस्या छन्, उसलाई बुझ्ने फुर्सदसम्म हुँदैन ।

    श्रीमान् आफ्नो साथमा होओस्, काममा साथ देओस् र प्रशंसा गरोस् भन्ने सोच्छन् श्रीमतीहरू । छुट्टीका दिन सपरिवार रमाइलोसँग बिताउन पाइयोस् भन्ने पत्नीको इच्छा हुन्छ । आमाको इच्छा पनि यस्तै रहन्छ, तर छोरा र लोग्नेहरू मदिरामा लट्ठिएर वा जुवातासको खाल रमेर बसेको हुन्छ । यस्तो चेतनाशून्यताले हाम्रा पर्व विषाक्त बन्छन् ।

    एकैछिन विचार गरौं- ‘मैले जसरी रात दिन जुवातासमा समय बिताउँछु, उसैगरी श्रीमती र मेरा सन्तान जुवा खालमा बसे र जाँडरक्सी खाए के हाल होला ? त्यस्तो अवस्थामा मेरो मनोदशा कस्तो होला ? फलानाका घरमा तेरा स्वास्नी र छोराछोरी मदिरामा लट्ठिएर तास खेल्दैछन् भन्ने सुन्दा मलाई कस्तो होला ? ‘ दसैंको सुन्दरतालाई कुरूप बनाउने अर्को पक्ष हो- बलि प्रथा । बलि राजाको नाउँबाट उत्पन्न गराइएको यो गलत संस्कारको वैदिक आधार के हो त ? हामी सबैका मनमा उठ्ने प्रश्न हो यो ।

    पुराणअनुसार बलि नाम गरेका विद्वान् दानी, दयालु, सहयोगी, वचनका पक्का, संकल्पवान्, धार्मिक आदि मानवीय सद्गुणले पूर्ण एक राजा थिए । यिनै सद्गुणहरूका कारण सम्पूर्ण जगत्मा र तीनै लोकमा उनको प्रभाव र राज थियो । बलि राजाको त्यस प्रभावलाई निस्तेज गर्न भगवान्ले वामन रूप धारण गरेर भिक्षादान दिन बलि राजालाई आग्रह गरे । दानी र दयालु राजाले तत्क्षण वामन भगवान्लाई जे मागे पनि दिनेछु भनेर वाचा गरे । बलि राजाको संकल्पपूर्ण आग्रहपछि वामन भगवान्ले भिक्षामा आफ्ना पैतालाले नापेर तीन पैताला अर्थात् तीन पाउ जमिन मागे । राजाले वामन भगवान्को माग स्वीकार गरे । वामन भगवान्ले आफ्नो पाउ विराट बनाए र एक पाउले पूरै पृथ्वी ढाक्यो, अर्को पाउले आकाश ढाक्यो । त्यसपछि भने, ‘बलिराजा तिमीले मलाई तीन पाउ जमिन दिने संकल्प गरेका थियौ, तर मेरा दुई पाउले नै तिम्रो सम्पूर्ण साम्राज्य सकियो अब अर्को पाउ के दिन्छौ ? दानी राजाले भगवान्लाई अर्काे पाउ आफ्नो शिरमा राख्न भने र शिर दिए अर्थात् आफंैलाई चढाए, आफंैलाई दान दिए ।

    यही कथाको प्रभावमा आज पनि कसैको लागि आफूलाई नै अर्पण वा प्राण दिने व्यक्तिलाई बलिदानी दिने व्यक्ति भनेर चिनिन्छ । यसबाट प्रस्ट हुन्छ- बलि भनेको आफूलाई चढाउनु हो, कुखुरा, बोका, हाँसजस्ता पशुलाई मार्नु या चढाउनु हैन । राजा बलिको तीन पाउ जमिनको अर्थ त फरक छ, जुन अर्थको ज्ञान बौद्धिक वर्गमा पनि कमै पाइन्छ । हरेक व्यक्तिसँग तीन प्रकारको अहंकार हुन्छ । पहिलो- भौतिक सम्पत्तिबाट सिर्जित अहंकार, दोस्रो- बौद्धिक सम्पत्तिबाट सिर्जित अहंकार र तेस्रो- म अर्थात् आफ्नो अस्मिताबाट सिर्जित अहंकार ।

    हामीले धन अथवा भौतिक सम्पत्ति आर्जन गर्‍यौं भने धाकधक्कु लगाउन सुरु गर्छौं मैले कमाएको सम्पत्ति भनेर । जबकि परिवार, साथीभाइ सहकर्मीको सहयोग नभई त हामी केही पनि कमाउन सक्दैनौं । जसले यो सम्पत्ति मेरो एकल प्रयासले मात्र हैन, सबैको सहयोगले प्राप्त भएको हो भन्ने बुझेर सम्पत्ति मोहबाट आफूलाई अलग राख्छ र ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पयेत्’ अर्थात् तिम्रो वस्तु तिमीलाई नै अर्पण गर्छु भनेर सबैमा अर्पित गर्दछ, त्यही बलिदानी व्यक्ति हो । अर्थात् दानी व्यक्ति हो । बलि राजाले वामन भगवान्को एक पाउ जमिनमा भौतिक सम्पत्तिको अहंकार भाव दान गरे ।

    पढीलेखी जान्ने भएपछि व्यक्तिमा म बौद्धिक व्यक्ति भन्ने अहंकार बढ्छ । आफूले पाएको ज्ञान आफैंबाट स्वतः उत्पत्ति भएको हो त ? एउटा व्यक्तिले ज्ञान पाउन धेरै मानिसको मेहनत हुन्छ । ज्ञान आर्जनमा हामीले मातापिता, परिवार, साथीभाइ, गुरुजन, वनस्पति, जनावर, मानिसलगायत सम्पूर्ण अस्तित्वबाट केही न प्राप्त गरेका हुन्छौं । आफ्नो एकल प्रयासले मात्रै कसैलाई ज्ञान र विद्वता प्राप्त हुँदैन भन्ने सत्यबोधबाट निर्देशित भएर ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पयेत्’ अर्थात् तिम्रो वस्तु तिमीलाई नै अर्पण गर्छु भन्ने भावमा स्थिर भएर आफ्नो विद्वताको अहंकारलाई जसले चढाउँछ, उही व्यक्ति बलिदान गर्नेवाला हो ।

    म अर्थात् अस्मिताबाट सिर्जित अहंकार पनि हुन्छ । म आफ्नो लागि सबैभन्दा ठूलो सम्पत्ति हुँ । किनभने सबै कुरा मेरो लागि चाहिने रहेछ । धनसम्पत्ति, घर परिवार, ज्ञान, दान, धर्म, भगवान्, स्वर्ग, वैकुण्ठ, सम्पूर्ण सर्वस्व मेरा लागि चाहिने रहेछ । पाप कर्म, धार्मिक कर्म, संसारी कर्म पनि मेरा लागि । सम्पूर्ण पाप र धर्म उत्पत्तिको बीज त ‘म’ पो रहेछु । जबसम्म म छु, तबसम्म पाप र धर्मबाट मुक्ति असम्भव रहेछ भन्ने तत्वबोधबाट निर्देशित भएर सबैभन्दा कठिन ‘म’ रूपी अस्मिता अन्तिम अहंकारलाई चढाउनु वा दान दिनु बलिदानी हो, यही नै बलिको जस्तो दान दिनु हो । बलि राजाले यही ‘म’ रूपी टाउको अर्थात् मेरो अस्मिताबाट उत्पन्न अन्तिम अहंकार भाव दान दिएका थिए ।

    देवी हाम्री आमा हुन् भने बोका, राँगा, कुखुरा र हाँसजस्ता निरीह प्राणीकी पनि आमा हुन् । हामी सम्पूर्ण प्राणी उनै मातृस्वरूपा देवी भगवतीका सन्तान हाै‌ ।

    शास्त्रले बलिको यति लाक्षणिक र तार्किक व्याख्या गरेको छ । तर यहाँ त कोही व्यक्ति मर्नु या निर्र्दोष र असहाय जनावरलाई मार्नुलाई चाहिँ बलिदान ठानियो । यो अज्ञानताबाट सिर्जित कुसंस्कार र कुप्रथाले गरेको हालीमुहाली नै हिन्दु सनातन संस्कृति र धर्मको दुर्भाग्य हो । देवीको स्तुति मन्त्रले भन्छ- या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः । या देवी सर्वभूतेषु दयारूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

    हे देवी तिमी सर्वभूतेषु अर्थात् सम्पूर्ण जगत्- थलचर, जलचर, नवचर सबैकी आमारूप हौ । हे देवी तिमी सम्पूर्ण जगत्की दयारूप हौ । देवी सबैका लागि शक्तिस्वरूपा, आमास्वरूपा र दयाप्रेम, करुणा स्वरूपा हुन् । जबकि एउटाको लागि मात्र हैन, सबैका लागि समान हुन् । देवी हाम्री आमा हुन् भने बोका, कुखुराजस्ता निरीह प्राणीहरूकी पनि त आमा हुन् नि । हामी सम्पूर्ण प्राणीहरू उनै मातृस्वरूपा देवी भगवतीका सन्तान हांै । तर यहाँ त शक्तिस्वरूपा देवीलाई प्रसन्न गराउन जनावरको बलि अथवा हत्या गरिन्छ । अब आमाको काखमा लगेर उनैका छोराछोरीलाई काटेर रगत खान दिइयो भने आमाको कस्तो अवस्था होला ? यो त क्रूरताको पराकाष्ठा भएन र ?

    त्यसैले आफ्नो बुद्धि, विवेक प्रयोग गरौं, विचार गरौं, यस विषयमा आत्ममूल्यांकन गरौं, कसले के भन्छ- त्यसलाई छोडिदिऔं । समाजमा बलि दिनु राम्रो भन्ने पनि र नराम्रो भन्ने पनि छन् । तर आफ्नो बुद्धिविवेकले चाहिँ के भन्छ, त्यतातिर ध्यान दिऔं । एकातिर दयास्वरूपा, आमास्वरूपा भन्ने अनि कसैको घाँटी रेटेर कोही दयास्वरूपा होला र ? हामीले हाम्रा देवीदेवताको मानमर्दन गरेका छौं, बद्नाम गरेका छौं । देवीदेवता र सार्वजनिक देवस्थल हामी सबैको श्रद्धाका केन्द्र हुन् । त्यहाँ मूलशास्त्रविपरीत देवीदेवताका नाउँमा असहाय प्राणीको हत्या गरेर देवीदेवताको बद्नाम गर्ने र कसैको आस्था अनि विश्वासमा आघात पुर्‍याउने छुट कसैलाई छैन । अत ः पूजा, प्रार्थना, पारिवारिक मेलमिलाप तथा खुसी, उत्साह र आनन्दको पर्याय बडादसैंलाई मूल शास्त्रीय मान्यताअनुरूप मनाउन हामी सबैलाई दुर्गा भवानीले सत्प्रेरणा दिऊन् । महान् चाडको शुभकामना ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.