मोहसिन अलि मियाँ/गोरखा
असोज ४ गते । गोरखामा बिभिन्न कार्यक्रम गरि संविधान दिवश मनाइएको छ । दिबसको अवसरमा गोरखामा आयोजित कार्यक्रममा सहभागीहरुले संविधानको कार्यन्वयनमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । संविधानको मर्म अनुरुप स्थानीय तहको निर्वाचन भईसकेको र अब संघिय, प्रादेशिक तहको निर्वाचनका लागि पनि विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला मुल समारोह समितिका संयोजक एवम जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अ धिकारी जितेन्द्र बस्नेत, स्थानीय बिकास अधिकारी नारायण आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य मानप्रसाद धिताल, आदीबासी जनजाती महासंघका अध्यक्ष विष्णु राना मगर, मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारी, ब्यवाब्सन गोरखाका अध्यक्ष सिताराम तिवारी, नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, पत्रकार महासंघका सचिव नरहरि सापकोटा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका सभापति भगबानबाबु मास्के, लगायतले धारणा राखेका थिए । सदरमुकामको ठुलो आगनबाट सुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको हलमा पुगेर सभामा परिणत भएको थियो ।

संबिधान र सुशासनका बिषयमा छलफल
त्यस्तै संविधान दिबसकै अवसरमा नागरिक साझा सवाल गोरखा र लोकतान्त्रीक महिला समाज गोरखाको संयुक्त आयोजनामा गोरखा सदरमुकाममा छलफल कार्यक्रम भएको छ । नेपालको संविधान र सुशासन बिषयक छलफल कार्यक्रममा नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अशोक गुरुङ, उपप्रमुख जनुका अधिकारी, मानव अधिकारी सञ्जालका यदु अधिकारी, पत्रकार महासंघका उपाध्यक्ष दिपक श्रेष्ठ, लोकतान्त्रीक महिला समाजकी अध्यक्ष सरुणा पोखरेल, प्याप्सनका सिताराम तिवारी, गोरखा नगरपालिकाका बिजयभक्त उपाध्याय, भगवती कडेंल, कमल लामिछाने, राजेन्द्र न्यौपाने, सबिना पोखरेल, सावित्री भट्ट, एकदेव अधिकारी, सबिना धिताल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पारस्पारिक जवाफदेहिता अभियान अन्तरगत सोच नेपालको सहयोगमा भएको आयोजकले जनाएको छ ।

यस्तै दिबसकै अवसरमा पालुङ्टार नगरपालिका वडा नं २ ले पनि संबिधान र यसको समसमयीक बिषयमा छलफल कार्यक्रम गरेको थियो । पानपा वडा नं २ का अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा भएको कार्याक्रममा समाजसेवी बिकला के.सी, निर्मल श्रेष्ठ, सित्तल चन्द्र मरहट्टा लगायतले मन्तब्य राखेका थिए ।


