गोरखा समाचारदाता
असोज ३ गते । पालुङटार नगरपालिका ४ माल्तिगैरा एक साता देखि अन्धकारमय छ । ट्रान्समिटर जलेर विद्युत आपुर्ति ठप्प भएपछि सो क्षेत्रका १२० घर एक साता देखि अन्धकारमा बस्न बाध्य छन् ।
गाउँ नै अध्यकारमय भए पछि स्थानियले बारम्बार विद्युत प्राधिकरण शाखा कार्यलय गोरखामा ट्रान्समिटर उपलब्ध गराईदिन माग गरे पनि कार्यलयले वेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् । जलेको ट्रान्समिटर मर्मतका लागि लगिएको जिल्लामा जगेडा ट्रान्समिटर नहुँदा समयमै विद्युत आपुर्ति गर्न नसकिएको विद्युत प्राधिकरण शाखा कार्यालय गोरखाले जानकारी दिएको छ ।
विद्युत प्राधिकरण शाखा कार्यालय गोरखाका प्रमुख माधव न्यौपानेले नयाँ ट्रान्समिटर आउने बित्तिकै पठाउने आस्वासन दिएको स्थानीय दिपेन्द्र गिरीले बताए । विजुली बत्ती नहुँदा दैनिक जनजिवन प्रभावित हुनुका साथै खबर आदान प्रदानमा समस्या भएको छ ।


