गोरखा समाचारदाता
असोज ३ गते । पन्थडिही कटहरे सडक मर्मतका लागि सरोकारवाला निकायले पहल नगरेको भन्दै हर्मीका स्थानीयले आपत्ती जनताका छ । ११ किलो छेवेटार बारपाक सडक आयोजनाको कार्यालयमा पुगेका स्थानीयहरुले दशै नजिकिदै गर्दा समेत सडक मर्मतको पहल शुरु हुन नसकेको भन्दै आक्रोश पोखेका छन् ।
केही दिन अघि जिल्ला समन्वय समितिमा बसेका सरोकारवालाहरुको बैठकले जिल्लाका सबै सडक मर्मत गर्ने भनि निर्णय गरेको तर उक्त सडकको कसले गर्ने भन्ने एकिन नभएको भन्दै उनीहरुले आयोजनाका प्रमुख इन्जिनियर अमृतमणी रिमालको ध्यानार्कषण गराएका हुन् । हर्मी जाने सडकलाई पछाडी पार्ने उदेश्यले सरोकारवालाले मर्मत गर्न समेत चासो नदिएको स्थानीय होमनाथ सापकोटाले गुनासो गरे ।
२०६८ साल देखि स्तरउन्नतीका लागि महालक्ष्मी नाना कन्सक्सनले जिम्मा लिएको सडक ७ वर्ष बितिसक्दा समेत हाल सम्म काम हुन सकेको छैन् । डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको रातो किताबमा समेत परेको उक्त आयोजना ठेकेदार र सरकारी निकायाको गैरजिम्मेवारी पनले हामल सम्म स्तरउन्नतीको काम हुन सकेको छैन् ।




















