गोरखा समाचारदाता
असोज २ गते । नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा गोरखाले सिरानचोक गाउँपालिका वडा नम्बर ७ सिम्लेमा निमार्ण गरको नमूना भवन समुदायलाई हस्तान्तरण गरिएको छ । भुकम्प प्रतिकार्य कार्यक्रम अनुसार करिब ९ लाख लागतमा बनेको नमूना घर निर्माण सम्पन्न भएपछि समुदायलाई हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले रेडक्रश उपशाखाका श्रीथानकोट अध्यक्ष मेघबिलाश ढकाललाई उक्त घर हस्तान्तरण गरेका हुन । जिल्ला शाखाका सभापती भगवानबाबु मास्के अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ, रेडक्रश सोसाईटी भुकम्प पुर्नलाभ कार्यक्रममा प्रमुख उमेश ढकाल, जिल्ला शाखाका उपसभापती शंकर बहादुर कुँवर, श्रीनाथकोट उपशाखाका सभापती मेघविलाश ढकाल,जग्गा दाती चन्द्र बहादुर भुजेल,चन्द्रदय माध्यामिक विद्यालयका प्रधानाध्यापक इमानसिह गुरुङ लगायतले मन्तव्य राखेका थिए । २०७३ कार्तिक १६ गते बाट निर्माण थालिएको उक्त भवन २०७४ जेठ १६ गते निर्माण सम्पन्न भएको हो ।
कुल ८ लाख १८ हजार २ सय २७ रुपयाँ लागतमा बनेको उक्त भवन सामाजिक प्रयोजनका लागि उपयोग गर्ने र त्यहाँ प्रयोग भएका प्रविधिलाई हेरेर भुकम्प पिडितले घर बनाउन सहयोग पुग्ने विश्वास लिईएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाले भुकम्प पछि साविका ९ गाविसमा विभिन्न खालका कार्यक्रमहरु गरिरहेको छ ।
जसअनुुसार आवास,खानेपानी तथा सरसफाई जिविको पार्जनका कार्यक्रमहरु भईरहेको भुकम्प पुर्नलाभ कार्यक्रमका जिल्ला प्रमुख शिव सुवेदीले जानकारी दिए । रेडक्रशले जिल्ला शाखाको भवन पुर्ननिर्माण,साबिकका ती ९ गाविसहरुमा १÷१ वटा नमूना घर,उपशाखाहरुको कार्यालय भवन,२५ वटा विद्यालयहरुमा सुविधा सम्पन्न शौचालय र ५२ वटा खानेपानी आयोजनाहरु निर्माण गरिरहेको सुवेदीको भनाई छ ।


