गोरखा समाचारदाता
असोज २ गते । बर्खा सकिए पनि कच्ची सडक मर्मतको काम प्रभावकारी नभएको भन्ने गुनासो बढिरहेका बेला गोरखा नगरपालिका वडा नम्बर २ ले आफ्नो क्षेत्रको सडक मर्मत सकेको दाबी गरेको छ । गोरखा आरुघाट सडक अन्र्तगत वडा नम्बर २ पर्ने सडक,वडा कार्यलयले आफ्नै पहलमा मर्मत गरेको अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए ।
हाल एसियाली बिकास बैङ्कले स्तर उन्नती गर्ने चर्चा चलिरहेको उक्त सडकमा अन्य कुनै निकायले मर्मतको लागि चासो नदिए पछि वडा कार्यालयकै पहलमा सडक सफा गरिएको मियाँले बताए । केही दिन अघि जिल्ला समन्वय समितिमा बसेको सरोकारवालाहरुको बैठकले ठुला आयोजना अन्र्तगत काम भएको क्षेत्रमा सोही कार्यक्रम मार्फत मर्मत गर्ने र अन्य स्थानमा सडक, जिल्ला समन्वय समिति, स्थानीय तह र गैरसकारी सस्थाहरुले सडक एक साता भित्र मर्मत गर्ने निर्णय भएको थियो ।
तर उक्त समय गुज्रिसके पनि सडक मर्मतको काम प्रभावकारी ढङ्गले अगाडी बढ्न नसक्ने यात्रुहरुको गुनासो छ । दशै नजिकिएकाले सडक मर्मत हुँदा घर फर्कनेहरुलाई निकै समस्या भएको छ । ग्रामिण कच्ची सडकमा सबारी सञ्चालन नहुँदा जिल्लाका विभिन्न ठाउँमा खाद्यन्न अभाव समेत भएको खवरहरु सार्वजानकि भइरहेको छ । तर जिल्लाका सरोकारवालाहरुले सडक मर्मतको काम दुर्त ढङ्गले भइरहेको दाबी गरेका छन् । केही दिन भित्र यस अघि गाडी चलेका सबै रुटमा सवारी सञ्चालन गर्ने तयार छ ।


