गोरखा समाचारदाता
भाद्र ३० गते । धार्चे गाउँपालिकामा नेतृत्व तथा क्षेमता बिकास तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय जनप्रतिनिधिलाई सक्षम बनाउने उदेश्यका साथ ३ दिन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । गाउँ कार्यपालिकाको पहिलो बैठकले निर्णय गरे अनुसार वडा अध्यक्ष र सदस्यहरुलाई उक्त तालिम दिइएको हो ।
७ वडा ३९ जना सहभागी तालिममा गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले गाउँपालिका योजना के हो र कसरी छनोट गर्ने,उपाध्यक्ष फुलमायाँ गुरुङले महिला हक हित र अधिकार, कार्यकारी अधिकृत शेषकान्त पौडेल गाउँपालिका तथा वडा कार्यालय समन्वय र खरिद ऐन सम्बन्धी, तालिमका संयोजक एवं सामुहिक जनसेवा केन्द्र खोर्ला अध्यक्ष डिल बहादुर गुरुङले सञ्चार माध्यम, नेता र नेतृत्व के हो, पैरवी र सबालका बारेमा सहजिकरण गर्ने अध्यक्ष गुरुङले बताए ।
नेतृत्व तथा क्षमता बिकास तालिम
नेतृत्व तथा क्षमता बिकास तालिम
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


