गोरखा समाचारदाता
राष्ट्रिय बाल दिवश ‘बाल मैत्री शासन, बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ गोरखामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय, गोरखा नगरपालिका र नगर बाल संरक्षण समितीको संयुक्त आयोजनामा सदरमुकाममा कार्यक्रम सम्पन्न भएको हो । बालमन्दिर मावि छहेरमा भएको कार्यक्रममा नगर भित्रका आधारभूत तहका बिद्याल स्तरिय बाल गीत प्रयिोगिता भएको छ ।
प्रतियोगीतामा महालक्ष्मी मा.वी ताप्ले प्रथम, बालमन्दिर मा.वी छहरे द्धितिय, महालक्ष्मी मा.वी लक्ष्मीबजार तृतिय भएका छन् त्यस्तै सहभागि अन्य बिद्यालय सान्त्वना भउका छन् । युनिसेफ, चेस गोरखा, कारितास लगायतका संस्थाहरुको सहयोगमा भएको कार्यक्रममा नगर बाल सञ्जालका अध्यक्ष गौरब रानाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख अतिथ्यतारहेको थियो । कार्यक्रममा गोरखा नगरपालिकाकी कार्यकारी प्रमुख बिना श्रेष्ठ, युनिसेफका श्यामराज घिमिरे, बालकल्याण समितीका सुचना ब्यवस्थापन अधिकृत सरोज कोइराला, सदस्य बिष्णु राना, यदु अधिकारी,ले मन्तब्य राखेका थिए । त्यस्तै नगर बाल संरक्षण समितीका सदस्य पुष्पा श्रेष्ठ, मोहसिन अलि मियाँ, जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुली, शिक्षा कार्यालयका श्रीकृष्ण आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका चेस गोरखाका भोजराज धितालले जानकारी दिएका छन् ।
यता बाल दिवशको अबसरमा सिरानचोकमा पनि कार्यक्रम भएको छ । सिरानचोक गाउँपालिकको आयोजना तथा स्थानिय मण्डली माविको समन्वयमा बाल अधिकार सरक्षण स्थानिय तहको भुमिक विषयके वक्तृकला प्रतियोगिता भएको हो । प्रतियोगितमा मण्डली माविकी कुमारी नेपाली पहिलो, महेन्द्रलिला माविकी रन्जु बस्नेत दोश्रो, परोपकार आर्दश माविका प्रतिक दवाडी तेश्रो भएका छन् । विजेता विद्यार्थीहरुलाई गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, कार्यकारी अधिकृत शिव गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
बाल दिवशकै अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य प्रकाश चन्द्र दवाडीले सुलिकोट गाँउपालिका ३ स्वाँँरा ठोट्नेरीको उलाजुङ आधारभूत विद्यालयलाई नगद ५० हजार रुपैँया सहयोग गरेका छन् ।
बाल दिवशका अवसरमा बिभिन्न कार्यक्रम
बाल दिवशका अवसरमा बिभिन्न कार्यक्रम
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


