गोरखा समाचारदाता
भाद्र ३० गते । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ मा एक खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि स्थानिय खुसी भएका छन् । पानीको निकै समस्या रहेको साबिको गाखुँ गाविस अन्र्गत पर्ने नयाँबजार क्षेत्रका घरघरमा खानेपानी आएपछि उनी दङ्ग छन् ।‘हामीलाई निकै खुसि लागेको छ, अथक प्रयास पछि घर÷घरमा पानी आएको छ’ खानेपानी अयोजनाका अध्यक्ष समेत रहेको स्थानीय दिपक भट्टले भने ।

केयर नेपाल र एकिकरण नेपालको साझे दारीमा स्थानीयले खानेपानी आयोजना निर्माण गरेका हुन् । १४ लाख ७३ हजार लागतमा बनेको उक्त खानेपानी आयोजनाको एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका संयोजक अशोक कुमार गुरुङले उद्घाटन गरेका हुन् । खानेपानीको निकै समस्या भएको सिरानचोक ६ गाँखुका नयाँ बजारमा निर्माण भएको खानेपानी आयोजना बाट ६६ घर परिवार लाभाविन्त भएका छन् ।

हरेक घरमा एक धारा जोडिएको छ । नयाँबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपक भट्टको अध्क्षयतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अशोक कुमार गुरुङ,स्थानिय बिकास अधिकारी नारायण आर्चाय, सिरानचोक गाउँपालिकाकी उपप्रमुख रीता देवकोटा, वडा नम्बर ६ का अध्यक्ष नारायण दानी, सदस्य नारायण जोशी, पत्रकार महासघका जिल्ला अध्यक्ष किशोरजंग थापा, स्थानिय नबराज पुढासैनी लगायतले मन्तव्य राखेका थिए ।


