कैलाशबाबु श्रेष्ठ/गोरखा
भाद्र २ं५ गते । मान्बुका डिल बहादुर न्यौपाने सदरमुकामबाट घर जादै थिए । बस चढेर घर जादै गरेको न्यौपाने बाटोमा कन्डक्टरले भाडा मागेपछि झसङ भए । त्यक्ति बेला उनी छेवेटार पुगिसेका थिए । बल्ल उनले थाहा पाए आफ्नो महत्वपुर्ण सामान रहेको ब्याग हराएछ भनेर ।‘यता खोज्छु उता खोज्छु झोला छैन्, कहाँ खस्यो थाहै पाइन’ न्यौपानेले भने ।

हतारिदै उनी ब्याग खोज्न थाले डिक्कीमा राखिएको ठुलो रकम नगद सहित महत्वपुर्ण कागजपत्र भएको उनको झोला खसेको बारे उक्त बसका चाकल र सहचालक समेत अकमकमा परे । त्यत्तिकैमा उनले प्रहरीलाई घटना बारे जानकारी गराए गाँखु पुगेपछि न्यौपानेको अनुरोधमा बसका कन्डक्टरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थाल्यो ।
तर २३ गते चितवनबाट एक अपचित ब्यक्तीले फोन गरेर न्यौपानेलाई ब्याग आफु संग रहेको र २४ गते सकुशल बुझाउने आउने खबर आयो । न्यौपानेलाई फोन गर्ने ब्यक्ती भने ट्रक चालक हरी बहादुर बिश्वकर्मा थिएँ । न्यौपानेको हराएको ब्याग फेला पारेका उनले डायरी भेट्टाए र उनलाई फोन गरिदिए । हरीले फेला पारेको कालो ब्यागमा के थियो उनलाई थाहा त थिएन ।
शनिबार जिल्ला प्रहरी उक्त ब्याग बोकेर हरी गोरखा आए र प्रहरीलाई उनले पाएको ब्याग बुझाए ।प्रहरी तथा सामुदायिक सेवा केन्द्रका प्रतिनिधी रोहवरमा ब्याग खोल्दा नगद १ लाख ४१ हजार १ सय तथा महत्वपूर्ण कागजपत्र सुरक्षित फेला परेको थियो । टूक चालक हरी २२ गते साँझ ५ बजे तिर सामान लिनका लागि नारायणगढ जाँदै थिए । छेवेटार र १२ किलो बजारको विचमा उनले एउटा कालो झोला देखे र कोही कसैको होला हेरेर खबर गरौला भनेर ट्रकमा राखे ।
२३ गते बिहान ३ बजे सामान लोड गरेर टूकको मर्मतमा ग्यारेज गएका बेला उनी फुर्सदिला भए सोही मौकामा उनले उक्त झोला खोले । झोलामा खोल्ने बित्तिकै एउटा टेलिफोन डायरी भेटियो, त्यहा भएका नम्बरहरुमा उनले धमाधम फोन हाने ।‘झोला खोल्ने बित्तिकै एउटा डायरी पाए त्यहाँ भएका सबै नम्बरमा पालो पालो फोन गर्न थाले’ हरीले भने । ५ पटक फोन गरे पछि झोला हराएका न्यौपानले फोन उठाए । त्यसपछि झोला भेटियो । गाडी मर्मत सकिएपछि उनी सरासर गोरखा आए ।
सामान हराएका न्यौपाने पनि जिल्ला सदरमुकाम आए दुबैको भेट जिल्ला प्रहरी कार्यालयमा भयो । प्रहरीको रोहबरमा न्यौपानले सामान बुझे र आफ्नो सामान सुरक्षित साथ उपलब्ध गराएका हरीलाई नगद पुरस्कार सहित, घडी र स्टकोट लगाएर उनले सम्मान समेत गरे । भिमसेन गाउँपालिका वडा नम्बर १ मसेल पुखर्ली घर बताउने चालक हरी बहादुर विश्वकर्मा हाल उनी चितवनको गौरीगञ्ज बस्दै आएका छन । हराएको सामान र पैसा पाएर फिर्ता गरेको गोरखामा यो नै पहिलो र ठुलो घटना हो ।


