नरेन्द्र ढकाल/गोरखा
भाद्र २५ गते । लुइँटेल भञ्जाङ, हर्मी, नयाँगाउँ सडक निर्माणका लागि हचुवामा सूचना प्रकाशन गरिएको स्थानीयले आरोप लगाएका छन् । भुकम्प आपत्तकालिन सहायता आयोजना अन्र्तगत एसियाली बिकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडकको जग्गा अधिग्रहणका लागि निकालिएको सुचनामा बास्तविक पिडितको जग्गा नपरेको उनीहरुले गुनासो छ । ‘पर्नु पर्ने मान्छेको जग्गा सुचनामा निस्किएको छैन्, नपर्नेको नाम आएको छ’ सिरानचोक ३ हर्मीका स्थानीय तेजनाथ सापकोटाले भने ।
केही दिन अघि अधिकरण गर्नुपर्ने जग्गाको सुचि गोरखापत्रमा प्रकाशित भएको थियो । उक्त सुचिमा बास्तविक भन्दा अन्यत्रको जग्गा परेको भन्दै केही स्थानियले जिल्ला आयोजना कार्यन्वयन इकाईमा निवेदन समेत बुझाएका छन् । ‘बास्तविक पिडितलाई अन्याय गरेर हचुवाको भर सुचना निकालिएको छ’ निवदेन दर्ता गराउन आएका स्थानीय जनार्दन ढकालले भने ।
सडकको दुबैतिर ५÷५ मिटर जमिन अधिकरण गरी मुआब्जा दिने आयोजनाले तयारी गरेको छ ।संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्र्तगतको केन्द्रिय आयोजना कार्यन्यवन ईकाइले स्वीच डेभलपमेन्ट कन्सल्टेण्ट मार्फत प्रभावित जग्गाको लगत निकालेर दावी÷ विरोधका लागि सुचना प्रकासित गरेको हो । १५ दिनका लागि दाबी बिरोधको समय छुट्याइएकोमा २० भन्दा बढि स्थानीयले जिल्ला कार्यान्यवन इकाईमा निवेदन दर्ता गराएका छन् । ‘हामीले दाबी बिरोधका लागि समय दिएका थियौं, उहाँहरुले निवदेन दिनुभएको छ’ जिल्ला प्राविधिक कार्यालयका डिभिजन इन्जिनियर होमनाथ पौडेलले भने । अहिले सम्म साबिकको हर्मी गाविस मात्र ३० भन्दा बढि कित्ता जग्गा अधिकरणमा पर्नुपर्ने भए पनि नपरेको स्थानीयको गुनासो छ ।
यता उक्त निवेदनलाई आधार बनाएर प्राविधिकहरुको टोली खटाई छिट्टै उक्त जग्गाको पुर्नजाँच गरिने केन्द्रिय आयोजना कार्यन्वय ईकाइका आयोजना निर्देशक ईश्वरचन्द्र मरहट्टा जानकारी दिएका छन् । गोरखा समाचारसँग कुराकानी गर्दै मरहट्टा भन्छन् ‘हामीले प्रभावितहरुको जानकारीको लागि मात्र यो सुचना प्रकाशित गरेका हौ, अब प्राविधिक टोली आएर बास्तविकता पहिचान गर्छ’ मरहट्टाले भने । सबै भन्दा बढि गुनासो सिरानचोक ३ हर्मी क्षेत्रबाट आएको जिल्ला प्राविधिक कार्यलयका डिभिजन इन्जिनियर पौडेलको भनाई छ ।
भुकम्प पछि निर्माण हुन लागेको सडकलाई निकै महत्वको साथ हेरिएको छ । गत असार १८ गते बाट काम सुरु भएको उक्त आयोजना अन्र्तगत अहिले विभिन्न खण्डमा कटिङको काम भईरहेको छ । आगामी असार मसान्त सम्म पालुङटारको लुइँटेल देखि सिरानचोकको नयाँगाउँ सम्मको सडक कालोपत्रे पुरा हुने आयोजना निर्देशक मरहट्टाले दावी गरे ।
द्रव्यशाह राजमार्गः हचुवामा सूचना प्रकाशन गरिएको स्थानीयको आरोप
द्रव्यशाह राजमार्गः हचुवामा सूचना प्रकाशन गरिएको स्थानीयको आरोप
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


