मोहसिन अलि मियाँ/गोरखा
पालुङ्टार नगरपालिकाको एक बिद्यालयमा शिक्षक नियुक्तीमा बिबाद भएको छ । वडा नम्बर ७ च्याङ्ली स्थित जिवनज्योती माध्यामिक बिद्यालयमा प्रावि राहत शिक्षक नियुक्तीमा एकल निर्णय भएको भन्दै अभिभावकहरुले बिरोध जनाएका हुन् । केही महिना अघि शिक्षण पेशाबाट राजिनामा दिएर स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेवार सन्तोष पाण्डेलाई बिद्यालयले पुनः थमौती गरेको छ ।
वडा अध्यक्षमा पराजित भएपछि विद्यालय व्यवस्थपान समिति र प्रशासनले प्रक्रिया नै नपु¥याई थमौती गरेका आरोप स्थानीयले लगाएका छन् । ‘पढाउन छोडेर उहाँ चुनावमा उठ्नु भएको थियो, अहिले हारे पछि कसैलाई थाहै नदिई हेडसर अध्यक्ष मिलेर उहाँलाई राख्ने निर्णय गर्नुभएछ’ विद्यालयका अभिभावक समेत रहेको एक स्थानीयले भने । सार्वजानिक सुचना नै जारी नगरी विद्यालयले पाण्डेलाई गोप्य रुपमा विद्यालयमा हाजिरी गरार्ईएको छ । राहत कोटाको दरबन्दीमा रहेका पाण्डेले राजिनामा लगाएको लामो समय सम्म शिक्षक नराखी बसेको विद्यालय प्रशासन र व्यवस्थापन समितिले उनले चुनाव हारेपछि उनलाई थमौती गरेको हो ।
नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवार बनेका पाण्डेले बिद्यालय ब्यवस्थापन समिती र प्रधानाध्यापकलाई हातमा लिएर आफुखुसी निर्णय गरेको अभिभावकहरुले आरोप लगाएका छन् । केही समय यता प्रावि तहमा पद रिक्त रहेपछि बिद्यालयले शिक्षक पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो । तर पदपूर्तिको प्रक्रिया एक पक्षिय र सुनियोजित भएको भन्दै बिवाद भएको छ ‘म वडा अध्यक्षलाई नै थाहा छैन, कसरी गरे, कहिले गरे, मलाई केही खबरै छैन’ वडा अध्यक्ष बसन्त श्रेष्ठले भने ।
विद्यालय ब्यवस्थापन समितीको पदेन सदस्य समेत रहेका वडा अध्यक्ष श्रेष्ठले यस प्रक्रियामा आफ्नो असहमती रहेको बताएका छन् । शिक्षक नियुक्ती गर्दा बिद्यालयले सुचना समेत प्रकाशित नगरी आफु खुसी एक पक्षिय रुपमा निर्णय गरेको वडा अध्यक्ष श्रेष्ठको आरोप छ । ‘शिक्षक आवश्यकता भनेर सुचना नै प्रकाशित नगरी शिक्षक कसरी राख्न पाइन्छ, यसमा मैले सुरुदेखि नै असहमती जनाउदा जनाउदै पनि एकल निर्णय गरेर उहाँलाई हेडसरले नियुक्ती गरे’ वडा अध्यक्ष श्रेष्ठ असन्तुष्टि व्यक्त गरे ।यता जिल्ला शिक्षा कार्यालयले भने यस बिषयमा केही जानकारी नभएको बताएको छ । ‘हामीलाई केही जानकारी छैन, बिद्यालयले शिक्षक राख्न पाउछ तर प्रक्रिया भने पुरा गर्नु अनिवार्य छ’ जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने ।
शिक्षक नियुक्ती गर्दा स्थानीय रेडियो पत्रपत्रिका र बिद्यालयमा समेत सुचना प्रकाशित गर्नुपर्ने नियम रहेको जिशिअ सुवेदीले बताएका छन् । ‘रेडियो, पत्रपत्रिका र बिद्यालयको सुचनापाटीमा सुचना प्रकाशित गरेर जिल्ला शिक्षा कार्यालयलाई मुचुल्का उपलब्ध गराएर मात्रै प्रक्रिया अघि बढाउन पाइन्छ, त्यो भएन भने कुनै हालतमा मिल्दैन’ उनले भने ।
बिद्यालयले त्यसो नगरेको पाइएमा हालको प्रक्रिया सबै रद्ध हुने उनले बताएका छन् । यस बिषयमा आफुलाई जानकारी नभएकाले केही दिन भित्र बुझेर सत्यतथ्य बाहिर ल्याउने सुवेदीको प्रतिवद्धता व्यक्त गरेका छन् ।
यता शिक्षक नियुक्तीका बिषयमा विद्यालयले आफुहरुलाई समेत जानकारी नगराएको पालुंटार नगरपालिकाको कार्यालयले जनाएको छ । यस बिषयमा जानकारी लिन खोज्दा विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष दुवैको मोबाइलमा सम्पर्क भने हुन सकेन ।
राजनितिक मिलेमतोमा शिक्षक थमौती, वडा अध्यक्षमा हारेका पाण्डे पुनः शिक्षक नियुक्त
राजनितिक मिलेमतोमा शिक्षक थमौती, वडा अध्यक्षमा हारेका पाण्डे पुनः शिक्षक नियुक्त
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















