मोहसिन अलि मियाँ/गोरखा
भाद्र २१ गते । गोरखाको दरौँदी नदिमा रयाफ्टिङ सञ्चालनका लागि सम्भाब्यता अध्ययन भएको छ । लामो समयदेखि भोटेकोशी नदिमा रयाफ्टिङ गराएका रयाफ्टिङ स्टार कम्पनीका तिनजनाबाट सम्भाब्यता अध्ययन गराइएको हो ।
गोरखा नगरपालिकाको समन्वयमा रोट्रयाक्ट क्लब अफ गोरखाले दरौँदी नदिमा सिजनेवल रयाफ्टिङको सम्भाब्यताको सुरुवात आरम्भ गरेको हो । काठमाण्डौबाट हेमकुमार माझिको नेतृत्वमा आएका मोहन राना र कुमार तामाङले दरौँदीमा सिजनल रयाफ्टिङका बारे अध्ययन गरेको क्लबले जनाएको छ । ‘दरौदी नदिमा रयाफ्टिङ गराउन सकिनेबारे हामीले बिभिन्न चरणमा क्लबमा छलफल चलायौ, यसमा हामीललाई नगरपालिकाले साथ दिने भएपछि हामीले सम्भाब्यता अध्ययनको काम सुरु गरेका हौ’ क्लबका निवर्तमान अध्यक्ष सुरज श्रेष्ठले भने ।
सिराञ्चोक गाँउपालिकाको भालुस्वाँराबाट गोरखा नगरपालिकाको अबुवासम्म सिजनेवल रयाफ्टिङको लागि अध्ययन भएको कलबले जनाएको छ ।
गोरखालाई पर्यटकिय हब बनाउने नगरपालिकाको योजना अनुसार दरौदी नदीमा रयाफ्टिङको परिक्षण गरिएको हो । ‘हामी गोरखालाई टुरिजम हब बनाउने योजनामा छौ, त्यसलाई दरौदीको रयाफ्टिङले ठूलो टेवा पुरयाउछ’ नगरप्रमुख राजनराज पन्तले भने ।
मंगलबार भालुस्वाँरादेखि करिब २० किलोमिटरको दुरीमा पर्ने अबुवासम्म कायाक परिक्षण गरिएको छ । परिक्षणका क्रममा दरौदी नदिमा प्रचुर सम्भावना देखिएको अध्ययनमा संलग्न टोलीका एक सदस्यले बताएका छन् । रोट्रयाक्टले गरेको सम्भाब्यता अध्ययनका क्रममा दरौँदी नदिमा ३ देख ४ घण्टासम्म रयाफ्टिङ गर्न सकिने बताइएको छ ।
अब केही समय पछि नै दरौँदी नदिमा सिजनेवल ¥याफ्टिङको सुरुवात हुने रोट्रयाक्ट क्लब अफ गोरखाले जनाएको छ । यस कार्यमा क्लबका संस्थापक अध्यक्ष अजितरवण खनाल, निवर्तमान अध्यक्ष श्रेष्ठ र सदस्य निरञ्जन कट्टेलले नेतृत्वदायी भुमिका निर्वाह गरेको क्लबका अध्यक्ष बुद्धि जोगीले बताएका छन् ।
दरौँदी नदिमा रयाफ्टिङ सञ्चालनको लागि सम्भाब्यता अध्ययन
दरौँदी नदिमा रयाफ्टिङ सञ्चालनको लागि सम्भाब्यता अध्ययन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


